नेपालमा गएको महाभूकम्प पछि राहात र उद्धारका लागि विभिन्न मुलुकबाट सुरक्षाकर्मी, मानव अधिकारकर्मी तथा राहातकर्मीहरु आउनका लागि विमानस्थलमा समस्या उत्पन्न भएको छ । भारतका जहाजले ठाउँ ओगटेपछि अरु मुलुकका राहातकर्मी र राहात सहितका जहाज फर्किनु परेको छ । यही समस्याका बीच अमेरीकी टोली काठमाडौं आइपुगेको छ । तर यहाँ आइपुग्न अमेरीकाले ठुलै सामाना गर्नुपरेको छ । चिनका हवाइजहाज फर्किएकै बेला आएका अमेरीकाका ४ वटा जहाजले भारतीय जहाजका कारण लामो समय अबरोध खेप्नु परेको थियो । नेपालमा ल्याइएका भारतीय हेलिकोप्टरका कारण अमेरिकाले समस्या भोग्न परेको हो । यो समस्याका बारे अमेरीकी टोली काठमाडौं अउनासाथ विश्व खाद्य कार्यक्रमकी उपप्रमुख इथारिन कजन र अमेरिकी राजदूत पिटर डब्ल्यु बोडीले प्रधानमन्त्री सुशील कोइरालासँग दुखेसो पोखे ।
विमानस्थलमा अमेरीकी जहाजले धेरैबेर होल्ड गर्नु परेको थियो । राहत सामाग्री बोकेको विमान धेरैबेर उत्रन नपाएको अमेरीकी राजदुतले बताए । तथापी समस्या छितोल्दै राहत सामाग्रीसहित ४ वटा अमेरिकी विमान काठमाडौं आइपुगेका छन् । अमेरीकी विमान नेपाल आउँदा भारतले असहयोग गरेपछि विमानस्थलमा निकैबेर ट्राफिक जाम परेको थियो । विमानस्थलमा विमान अवतरण गर्न समस्या भएपछि राहात सामग्री सहित आएका अरु केही विमान फर्काइएको छ । नेपालमा रहेका १४ वटा भारतीय हेलिकोप्टरले विमानस्थलमा समस्या खडा गरेका छन् । यो समस्या अहिले चौतर्फि बहसको विषय बनेको छ ।