Home » » ६ दिनपछी मरेको लाशले थिचिरहेको अबस्थामा एक युवतीको जीवितै उद्दार (फोटो फिचरसहित)

६ दिनपछी मरेको लाशले थिचिरहेको अबस्थामा एक युवतीको जीवितै उद्दार (फोटो फिचरसहित)

लमजुङ,वैशाख १७ - गोंगबु बसपर्कस्थित जनसेवा लजबाट २४ वर्षिय एक युवतीको बिहीबार १ सय २८ घन्टापछि जीवित उद्दार गरिएको छ । त्यसका लागि इजरायली, नर्वेली, फ्रान्सेली र नेपाल प्रहरीको संयुक्त टोली ९ घण्टा अनवरत खटेको थियो ।

जयनगर–६, बर्दियाकी कृष्णकुमारी खड्का शनिबार दिउासो १२:५६ मा गएको ७.६ रिक्टर स्केलको महाभूकम्पमा लजको भूइा तल्लामा पुरिएकी थिइन् । विदेशी उद्धारकर्मीले उच्च प्रविधीको सहयोगमा उक्त स्थानमा दुईजना जीवित रहेको पत्ता लगाएपछि उद्धारको अथक प्रयास गरिएको थियो ।

नेपाल प्रहरीका डिएसपी आभुषण तिमलसिना र डेकेन्द्र खतिवडाको टोली सुरुमा त्यहाा खटिएको थियो । लजभित्रबाट कोही ‘अईया–अईया’ भनेर कराइरहेको आवाज आएको जस्तो लागेपछि प्रहरीलाई सघाउन तीन देशका उद्धारकर्मी त्यहाा पुगेका थिए ।

पााच तल्ले गेष्ट हाउस भासिएपछि उनी दुई तल्ला मुनी च्यापिएकी थिइन् । त्यहाा ३ जना पुरिएको सूचनाका आधारमा प्रहरीले खोजी कार्य अघि बढाएको थियो । ‘विदेशी टोलीसाग भएको उपकरणले त्यहाा दुईजना जीवितै भएको देखाएपछि हामीले खोजी सुरु गरेका हौं,’ डिएसपी तिमलसीनाले भने, ‘खोज्दै जाादा पछि एक महिलामात्रै जीवित रहेको भेटिएको हो ।’

उनका अनुसार कृष्णकुमारीलाई लासले थिचेको थियो । ‘लासले थिचेको थाहा भएपछि सुरुमा चिकित्सक टोली भित्र छिरेर उनलाई स्थिर अवस्थामा ल्याउने प्रयास गरेको थियो,’ उनले भने, ‘चिकित्सकले मात्र सम्झाउन असम्भव भएपछि ती महिलासाग चिनजान भएकी एक बालिकालाई भित्र लगेर केही बेर कुराकानी गर्न लगाइएको थियो ।’

धेरै दिनसम्म भित्र लासले च्यापिदाा मनोवैज्ञानिक असर पर्ने भएकाले उद्धार सहज बनाउन उनीसाग केहीबेर गफ गरेर औषधी दिएपछि मात्र निकालीएको तिमलसीनाले बताए ।
कृष्णकुमारीलाई उद्धार गर्नुअघि निकालीएको लास नारायणप्रसाद तिमलसीनाको भएको प्रहरीले पुष्टि गरेको छ । उनी होटल सञ्चालकका भाइ हुन् ।

कृष्णकुमारीकी ठुली आमा हिरा हमालका अनुसार उनी त्यस ठाउामा छोरीको शव हेर्न बसिरहेकी थिइन् । ‘हामीलाई ऊ जीवितै छे भन्ने कुनै आशै थिएन,’ उनले कान्तिपुरसाग भनिन्, ‘अहिले जीवितै निकोलेको देख्दा खुसीको सीमै छैन ।’

जनसेवा लजबाट कृष्णकुमारीलाई मात्र जीवितै निकालिएको हो । त्यहााभित्र अझै एकजना पुरिएको भए पनि रात परेको र जीवित नरहेकाले शुक्रबार बिहान मात्रै खोजी गर्ने डिएसपी तिमलसीनाले बताए ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf