Home » » १६ दिनपछि अमेरिकी हेलिकोप्टरमा राहत आइपुग्यो

१६ दिनपछि अमेरिकी हेलिकोप्टरमा राहत आइपुग्यो

सिन्धुली : सिन्धुलीको दुर्गम गाविसका भूकम्प पीडितका लागि भूकम्प गएको १६ दिनपछि तीनवटा अमेरिकी हेलिकोप्टरमा राहत सामग्री आइपुगेको छ । 
 
जिल्लाको हरिहरपुरगढी र शान्तेश्वरी गाविसमा सोमबार हेलिकोप्टरबाट राहत सामग्री पुर्‍याइएको हो । सडक सञ्जाल नभएका कारण ती क्षेत्रमा अहिलेसम्म राहत पुग्न सकेको थिएन । हेलिकोप्टरबाट राहत पुर्‍याउने योजना एक साताअघि नै भए पनि अहिलेसम्म संभव भएको थिएन।
 
आइतबार राहत सामग्री बोकेर त्यहाँ पुगेको अमेरिकी विमान ओस्प्रे सिन्धुलीमा ल्यान्ड गर्न नसकेपछि राजधानी फर्केको थियो । तर, सोमाबार त्यही ओस्प्रो र अन्य दुईवटा अमेरिकी हेलिकोप्टर यहाँ आइपुगेका छन्।

तीनवटा हेलिकोप्टर राहत लिएर आएको सिन्धुलीस्थित चण्डीदल गणका प्रमुख सेनानी तथा गणपति मनोज थापाले जानकारी दिए । ढिलै भए पनि राहत पाएकोमा स्थानीय केही खुसी देखिन्थे । 
 
 
‘सोमबार जिल्लाको अति दुर्गम गाविसका रुपमा रहेको हरीहरपुर गढी र शान्तेश्वरी गाविसका लागि जिल्ला दैवि प्रकोप उद्धार समितिले हेलीकोप्टर मार्फत खाद्यान्न पुर्‍याएर वितरण गरिएको हो,’ प्रमुख सेनानी थापाले भने।
 
अमेरिकी विमान ओस्प्रेले हरिहरपुरगढीका लागि २ हजार किलोग्राम र साना दुईओटा मरिन हेलिकोप्टरले पाँच पाँच सय केजीका दरले शान्तेश्वरी गाविसका लागि चामल लगायतका खाद्यान्न ढुवानी गरेको छ।
 
 
उक्त खाद्यान्न वितरणका लागि नेपाली सेना लगायतका सुरक्षाकर्मी र कर्मचारीहरु त्यस स्थलमा पुगी सकेका छन् ।

जिल्लाका अन्य क्षेत्रमा भने छिटफुट खाद्यान्न लगायतका त्रिपालहरु राहत स्वरुप वितरण गरिएको भएपनि जिल्लाका अझै अन्य दुर्गम क्षेत्रमा राहत वितरण गर्न सकिएको छैन्। हरीहरपुरगढी र बस्तिपुर गाविस जिल्लाको अति प्रभावित गाविसहरु हुन् ।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf