Home » » ब्यारेकमा गोदाम, गाउँले भोकभोकै

ब्यारेकमा गोदाम, गाउँले भोकभोकै

काठमाडौं, वैशाख २०– ‘मर्ने त मरिहाले हामीलाई पनि मारिदेऊ सीमावर्ती हिमाली गाउँ लिस्तीका पूर्वजनप्रतिनिधि साङबु शेर्पा दाताले दिएको राहत सामग्रीले भरिएको चौतारास्थित सैनिक ब्यारेकमा आक्रोश पोख्दै थिए । महाभूकम्पबाट गाँसवास लुटिएका गाउँले पाँच दिनदेखि भोकभोकै परेपछि उनी राहतको बन्दोबस्ती गर्न तीद दिनअघ सदरमुकाम चौतारा आएका थिए ।
लामो कुराइमा पनि राहत गाउँ पुग्ने टुंगो नभएपछि उनी शनिबार जिल्ला दैविप्रकोप उद्धसमितिका सदस्यसचिव स्थानीय विकास अधिकारी युवराज कट्टेलसँग जंगिए । निकैबेर आक्रेश पोखेपछि उनी ३ सय केजी खाद्यान्न बोकेर हेलिकोप्टरमा गाउँ उडें । ‘बाहुबल हुनेले मात्र राहत पाउने ? सिधासिधा गाउँका मान्छे भोकै मर्नुपर्ने कस्तो बिडम्बना !’ शेर्पा भन्दै थिए । आजको नागरिक दैनिकमा खबर छ ।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf