Home » » अमेरिकी सुरक्षा निकायले फोन रेकर्ड गर्ने अधिकार गुमायो

अमेरिकी सुरक्षा निकायले फोन रेकर्ड गर्ने अधिकार गुमायो

काठमाडौं, जेष्ठ १८ ।  अमेरिकी सुरक्षा निकायले सर्वसाधारणको फोन रेकर्ड गर्न सक्ने सम्बन्धि प्रति–आतंकवादी पेट्रिक कानूनको म्याद आइतबार रातिबाट सकिदैछ ।
अमेरिकी सिनेटमा स्वतन्त्रता सम्बन्धि ऐन संशोधन विधेयकमाथि छलफल चलिरहेकाले फोन रेकर्ड गर्ने प्रावधान तत्कालका लागि हट्न लागेको हो ।

सिनेटमा व्यापक रुपमा फोन डाटा संकलनमा नियन्त्रण गर्ने सम्बन्धि प्रावधानसहितकोकानूनमा मतदान हुन अझै केही समय लाग्ने बताइएको छ ।
ह्वाइट हाउसले यसलाई सिनेटको गैरजिम्मेवार कदमको संज्ञा दिएको छ ।
ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा राष्ट्रिय सुरक्षाको मामिलामा सिनेटरहरुले आफ्नो राजनीतिक उदेश्यलाई टाढा राख्नु पर्ने उल्लेख छ ।
सिनेटमा विधेयकका केही बुँदामा कुरा नमिलेपछि अमेरिकी सुरक्षा निकायले फोन रेकर्ड गर्ने अधिकार केही समयका लागि गुमाएको छ ।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf