Home » » प्रमुख नेताहरुले भने-अब मुलुक अघि बढ्यो

प्रमुख नेताहरुले भने-अब मुलुक अघि बढ्यो


केपी ओलीले भने- छ प्रदेशको अडान छोड्दा सहमित बन्यो
काठमाडौँ : संविधान निर्माणका लागि आज भएको १६ बुँदे सहमतिबारे प्रमुख दलका शीर्ष नेताले अब संविधान बन्ने तथा मुलुक राजनीतिक रुपमा अघि बढ्ने बताएका छन् । 
 
एकै ठाउँमा उभिएर औपचारिक प्रतिक्रिया नदिए पनि बैठकस्थल प्रधानमन्त्री निवास बालुवाटारबाट बाहिरिने क्रममा पत्रकारले घेरेपछि सङ्क्षिप्त जवाफ दिने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान बनाउन सबै दलले आआफ्ना ठाउँबाट लचकता देखाएको बताउँदै आफ्नो दलले प्रदेशको सङ्ख्यासम्बन्धी अडान छाडेर सहमति गरेको बताए । 
 
एमालेले सकेसम्म कम र बढीमा छ प्रदेशका अडान लिँदै आएको थियो । उनले आउँदो असारभित्रमा राष्ट्रिय सहमतिको सरकार गठन हुने जिकिर पनि गरे । 
 
काँग्रेसका वरिष्ठ नेता शेरहादुर देउवाले सहमतिले राजनीतिकरुपमा मुलुक अघि बढेको र संविधान बन्ने बढ्ने स्थिति आएको बताए । राष्ट्रिय सहमतिको सरकार कहिले बन्छ, काँग्रेसको महाधिवेशन अघि कि पछि भन्ने प्रश्नमा उनले भने, “त्यो त म भन्न सक्दिन, तर राष्ट्रिय सहमतिको सरकार बन्छ ।” 
 
एमाओवादी नेता नारायणकाजी श्रेष्ठले गतिरोध फुकेकाले सहमतिले संविधान आउने सुनिश्चित भएको बताए । उनले भने, “सिङ्गो देशलाई संविधान दिन चाहन्छौँ, दिन गइरहेका छौँ भन्ने सन्देश प्रवाह भएको छ ।” 
 
साँझ ५ बजेदेखि सहमतिको समाचार सङ्कलनका लागि बालुवाटारमा पुगेका स्वदेशी र विदेशी पत्रकार राति ११ बजे सो निवासको प्राङ्गणमा नेताका सङ्ख्याअनुसारका कुर्सी मिलाउँदै गर्दा उत्साहका साथ झुम्मिएका थिए । 
 
प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार एकैसाथ पत्रकार सम्मेलनमा उपस्थित हुने अपेक्षा गरिएको थियो । 
 
तीन प्रमुख दलका प्रमुख सचेतकले मात्रै पत्रकार सम्मेलन प्रारम्भ हुँदै गर्दा शीर्ष नेता क्रमशः बालुवाटारबार बाहिरिन थालेपछि पत्रकारले उनीहरुको प्रतिक्रिया लिने प्रयास गरेका थिए । आफ्ना प्रयासका बीच केही नेताले सङ्क्षिप्त प्रतिक्रिया दिए पनि सबै नेताका प्रतिक्रिया पत्रकारले पाउन सकेका थिएनन् ।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf