Home » » नुवाकोट जस्तापाता प्रकरण : कांग्रेसमा महत भर्सेस् केसीको प्रतिफल ?

नुवाकोट जस्तापाता प्रकरण : कांग्रेसमा महत भर्सेस् केसीको प्रतिफल ?

काठमाडौं, जेठ १९ – जस्तापाता प्रकरणपछि चर्को आलोचनापछि अर्थमन्त्री रामशरण महतका स्वकीय सचिव रमेश महतले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । सोमबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी महतले राजीनामा दिएको जनाएका हुन् ।
पत्रकार सम्मेलनमा प्रधानमन्त्री एवम् पार्टी सभापति सुशील कोइराला र अर्थमन्त्री डा रामशरण महतलाई नामै उल्लेख गरी आफूले नुवाकोट काँग्रेसको सचिव र अर्थमन्त्रीको पिएको पदबाट राजीनामा दिएको बताए ।
महतले नुवाकोट काँग्रेसका सभापति एवम् सभासद जगदिशनरसिंह केसी र उनका दाजु अर्जुननरसिंह केसीले आफूविरुद्ध राजनीतिक इबी साँधेको आरोप लगाए । केसी परिवारले आफ्नो राजनीति सिध्याएको आरोप लगाउँदै उनले भने, ‘केसी परिवारले मेरो भविष्य सिध्याए, उनीहरुलाई भगवानले दया गरुन् ।’
उनले केसी समूहको उचित समयमा बदला लिने चेतावनी समेत दिए । ‘मेरो राजनीति सिध्याउनेलाई के गर्नु पर्छ मैले जानेको छु, समय आएपछि सबै गर्छु ।’

महतले नुवाकोट काँग्रेसको सभापतिमा उम्मेदवारी दिएको घोषणा यसअघि नै गरेका थिए । आफूलाई सभापति बन्न नदिन यस खालको आरोप लगाइएको समेत उनले बताए ।
नुवाकोटमा काँग्रेसमा महत र केसीबीचमा लामो समयदेखि विवाद रहँदै आएको छ । रमेश महतको अभिव्यक्तिले पछिल्लो जस्ता प्रकरणमा पनि सोही परम्परागत झगडाले काम गरेको छ ।
जे जस्को वर्चश्व रहेपनि अवैधानिक तवरले राजनीतिक आग्रह तथा पूर्वाग्रहमा वितरण गर्न लागिएको जस्ताप्रकरण सतहमा आएको छ ।
प्रधानमन्त्री सुशील कोइरालाले राहत वितरणमा अनियमितता गर्ने जो कोहीलाई पनि जेल हाल्ने बताएका थिए । यतिखेर अर्थमन्त्री डा महत र उनका भतिजा समेत रहेका पिए रमेश महत जस्ता प्रकरणमा जोडिएका छन् । उनलाई कारावाही गर्ने आँट प्रधानमन्त्रीले राख्छन् वा राख्दैनन् त्यो भने आगामी दिनमा देखिएला । तर जुन खालको प्रकरण बाहिर आएको छ त्यसले नेपालको अर्थतन्त्रमा भइरहेको ब्रम्हलुटलाई चित्रण गर्दछ ।
राहत वितरणमा राजनीतिकरण भएको भन्दै संसद सचिवालयमा उजुरी
एमाओवादीले नुवाकोटमा राहत वितरणको नाममा चरम राजनीतिकरण भएको भन्दै संसद सचिवालयमा उजुरी दर्ता गराएको छ ।
सो पार्टीका प्रमुख सचेतक एवम् गिरिराजमणि पोरखरेलले हिजो सचिवालयमा पुगेर उजुरी दर्ता गराएका थिए । उनले उक्त जिल्लामा जस्तापाता वितरणमा चरम राजनीतिककरण भएको र भूकम्प पीडित जनतालाई राहतभन्दा बढी आहत दिएको उल्लेख गरेका छन् ।
एमाओवादीले सञ्चालन गरेको राष्ट्रिय श्रम तथा पुर्ननिमाण अभियानमा सहभागी हुने क्रममा आफूले राहत वितरणको नाममा चरम राजनीतिकरण भएको र फरक आस्थामा रहेका कसैलाई पनि जस्तापाता नदिएको पाएको उजुरीमा उल्लेख गरेका छन् ।
थानसिंह १ को छहरेमा स्थानिय जनताले वा ३ ख ३८४४ नम्वरको ट्रिपरमा अर्थमन्त्री सम्वद्ध सदस्यको घरवाट काठमाडौ लैजान भनि ल्याएको नेपाल इन्भेस्टमेन्ट बैंककोे छाप लागेको दर्जनौ वण्डल जस्तापाता कव्जामा लिएको समेत उजुरी पत्रमा उल्लेख गरेका छन् ।
सरकारले एकद्धार प्रणाली मार्फत राहत वितरण गर्ने जनाएपनि नुवाकोटमा कार्यान्वयन नभएको र आफूले प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएपनि कुनै कारवाही नभएको एमाओवादीका प्रमुख सचेतक समेत रहेका पोखरेलले जानकारी दिए ।

राष्टिय विपद्ध व्यवस्थापन अनुगमन तथा निर्देशन विषेश समिति अन्तरगतको उप समितिको वैठकमा समेत अनियमितताको बारेमा जानकारी गराएको बताउँदै प्रमुख सचेतक पोखरेलले अर्थमन्त्री डा रामशरण महतसँग नै घटना जोडिएर आएकाले तत्काल स्पष्ट पार्न आग्रह गरेका छन् । उनले सरकारले सो घटनाको गम्भीर छानबिन गर्नुपर्ने माग समेत गरेका छन् ।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf