Home » » सुटकेसमा प्याक गरेर फालिएको शवको पहिचान हुनसकेन, कतै तपाई हरुले चिन्नुहुन्छ भने खबर गर्नु होला ''नेपाल प्रहरी''

सुटकेसमा प्याक गरेर फालिएको शवको पहिचान हुनसकेन, कतै तपाई हरुले चिन्नुहुन्छ भने खबर गर्नु होला ''नेपाल प्रहरी''

लम्जुङ, जेठ २५ – काठमाडौंको हमुन्तेखोला र मनोहराखोलाको दोभानमा गत जेठ १८ गते फेला परेको लासको अझै पहिचान हुन सकेको छैन ।
गत जेठ १८ र १९ गते काठमाडौंको नरेफाँट हनुमन्तेखोला र मनोहराखोलाको दोभानमा रहेको फुटवल मैदान नजिकै पुर्व दक्षिण कुनामा रहेको ढलको मंगालमा नाम थर नखुलेको अन्दाजी ३० र ३५ वर्षको पुरुषको शव फेला परेको थियो ।

ती व्यक्तिको शव टाउको, हात र खुट्टाहरु छुट्याई प्लाष्टिकमा पोको पारी बाहिरबाट बोरामा हाली कलेजी रंगको सुटकेशमा प्याक गरेको र शरिरको भाग अर्को सुटकेशमा प्याक गरी फालेको अवस्थामा फेला परेको थियो ।
प्रहरीले दिएको विवरणका अनुसार फेला परेको शवको अनुहार गोलो, सेतो छाला,दाह्री जुँगा भएको शरिरको अन्य भाग हात र खुट्टामा समेत रौं बाक्लै रहेको ,दाहिने गालामा र बायाँ कानमुनी गर्धन तिरको भागमा कालो तिल कोठी भएको,कानको लोती अर्ध जोडिएको,नाक मध्यम,आँखी भौं ९कालो० रौं मिलाएको जस्तो बाक्लो रहेको छ ।
शवको साथमा साथमा कोठारी कम्पनीको घ्यु कलरको स्यान्डो आधा (च्यातिएको अवस्थामा) संगै जकि स्पोर्ट कटन लेखिएको पुरा बाउला भएको कफी कलरको पातलो टिसर्ट, दाहिने हातको नाडीमा पुजामा बाध्ने जस्तो धागोको डोरी बाँधिएको छ ।
पहिचान गर्ने व्यक्तिले महानगरीय अपराध महाशाखा,टेकु र महानगरीय प्रहरी वृत्त,वानेश्वरसँग सम्पर्क गर्न अनुरोध गरेको छ ।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf