Home » » आइएस लडाकू भागेपछि तल अबयाद सहर कुर्दीस सेनाको नियन्त्रणमा

आइएस लडाकू भागेपछि तल अबयाद सहर कुर्दीस सेनाको नियन्त्रणमा

काठमाडौं, आषाढ १ । इस्लामिक आतंकवादी समूह ‘आइएस’ले कब्जामा लिएको टर्कीको सीमासँग जोडिएको मुख्य सहर तल अबयाद सिरियास्थित कुर्द लडाकूले फेरि आफ्नो नियन्त्रणमा लिएका छन् ।

केही समय पहिले आइएसले सहर कब्जामा लिइ विभिन्न आतंकवादी गतिविधि गर्दै आएकोमा अहिले आइएस लडाकू सहर छाडेर भागेका छन् । कुर्दीस सेनाले आइएसविरुद्ध केही महिनादेखिचालेको कदमले सफलता पाउँदै गएको छ ।

अबयाद सहरबाट लखेटेपछि कुर्दिस सेना अब आइएसको अर्को गढ रक्का सहरतर्फ लागेको छ । तल अबयादमा आइएस र सरकारी सेनाबीचको भिडन्तका कारण हजारौं टर्किस नागरिक देश छाडी अन्यत्र पलायन भएका थिए ।

अन्तर्राष्ट्रिय गठबन्धन सेनाले गरेको कारबाहीका कारण पछिल्लो समय इराक र सिरियामा आइएसको पकड खुकुलो हुँदै गएको बताइएको छ । एजेन्सी
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf