Home » » रका नजिकैको क्षेत्र कुर्द फौजको नियन्त्रणमा

रका नजिकैको क्षेत्र कुर्द फौजको नियन्त्रणमा

कुर्द फौजहरुले जिहादीहरुको पकड रहेको उत्तरी सिरियास्थित रकाको ५० किलोमिटर नजिकको क्षेत्रलाई इस्लामिक स्टेटबाट आफ्नो नियन्त्रणमा लिएका छन्।

कुर्द फौजको पपुलर प्रोटेक्सन युनिट्स (वाइपिजी) का प्रवक्ताले आइन इसा र नजिकैका गाउँहरु आफ्नो नियन्त्रणमा आइसकेको बताएका हुन्।
उनीहरुले सोमबार मध्य राति सो शहर नजिकैको इस्लामिक स्टेटको महत्वपूर्ण सैन्य आधारक्षेत्रमा आक्रमण सुरु गरेका थिए।
वाइपिजीका प्रवक्ताले मंगलबार साँझसम्म रका नजिकैको आइन इसा र अरु गाउँहरुलाई कुर्द फौजले पूर्ण नियन्त्रणमा लिइसकेको रोयटर्स समाचार संस्थालाई बताएका हुन्।

अभियान

उनले इस्लामिक स्टेटको रक्षात्मक बल रका शहरको बाहिरी भेगसम्म धकेलिएको बताएका छन्।
कुर्दहरुलाई स्वतन्त्र सिरियाली सेना र अमेरिकी नेतृत्वको गठबन्धनको हवाइ हमलाले विद्रोहीहरुसँग लड्न मद्दत गरिरहेको छ।
अघिल्लो साता टर्कीसँगको सिमाक्षेत्र नजिकैको तेल अबयेद शहरमा आफ्नो नियन्त्रण जमाएपछि कुर्द फौजको अभियानले गति लिइरहेको छ।
गत जेनवरीमा कुर्द फौजहरुसँगको चार महिना लामो संघर्षपछि कोबाने शहरबाट हट्न बाध्य भएका जिहादी समूहले एकपछि अर्को हार ब्यहोरिरहेको छ।
संयुक्त राष्ट्रसंघको प्रतिवेदनले सिरियामा जारी द्वन्दमा नागरिकहरुले व्योहोर्नु परिरहेको उसकै शब्दमा अभिव्यक्ति गर्नै नसकिने पीडाको लागी सबै पक्ष दोषी रहेको आरोप लगाएको छ।

असफल

प्रतिवेदनले सरकार र विपक्षी दुबै तर्फबाट सिरियाको शहरी क्षेत्रमा अन्धाधुन्ध आक्रमण भइरहेको, त्यहाँका नागरिकलाई जानाजान निशाना बनाइएको र घरहरु घेराउ गरिएको जनाएको छ।
उक्त प्रतिवेदनले सिरियाली फौजले एलिप्पो शहरमा यो वर्ष दैनिक रुपमा बम खसालेको र त्यो पनि असफल भएको बताएको छ।
संयुक्त राष्ट्रसंघका अनुसन्धानकर्ताहरुले यस्ता युद्धकौशल युद्ध अपराध सरह भएको भन्दै शंकाका सूची तयार गरेका छन्।
तर सिरियाले भने उक्त प्रतिवेदनलाई अस्वीकार गरेको छ।
सिरियामा जारी पाँच वर्ष लामो युद्धमा करिब २० हजार मानिसहरुको ज्यान गुमेको र झन्डै एक करोड मानिसहरु विस्थापित भएका छन्।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf