Home » » खुशीको खबर ! चोरीको मोबाइल सेटमा कुनै पनि सिम नचल्ने

खुशीको खबर ! चोरीको मोबाइल सेटमा कुनै पनि सिम नचल्ने


काठमाडौ । चोरी भएका या हराएका मोबाइल सेटमा अब नेपाल टेलिकमको सिमकार्ड नचल्ने भएको छ । टेलिकमले ग्राहकको गुनासोको आधारमा हराएका वा चोरीएका सेटमा सिमकार्ड नचल्ने बनाउन लागेको हो ।
टेलिकमले मोबाइल सेटको पहिचान दर्ता प्रणाली (इक्युपमेन्ट आइडेन्टिटी रजिस्ट्रार-ईआईआर) सेवा सुरू गर्न लागेको हो । ईआईआर सेवा सूरू भएपछी टेलिकमले हराएको वा चोरी भएको मोबवाइलको सेटको इन्टरनेशनल मोबाइल इक्युपमेन्ट आइडेन्टिटि(आईएमईई) नम्बरका आधारमा सिमकार्ड नचल्ने बनाइदिन्छ ।

यो सेवा सुरू भएपछी ग्राहकले आफ्नो चोरी भएको वा हराएको मोबाइलको ईआईआर नम्बरसहित टेलिकमलाई जानकारी दिनुपर्नेछ । टेलिकमले यसरी जानकारी दिँदा ग्राहकले मोबाइल सेट किनेको मूल्य अभिबृद्धी कर नम्बरसहितको बिल पेश गर्नुपर्नेछ नियम बनाउने भएको छ । ग्राहकले जानकारी दिएपछी त्यो आइएमईआई नम्बरयुक्त मोबाइल सेटलाई टेलिकमले कालोसूचीमा राख्नेछ ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf