Home » » अमेरिकी सेनाको आक्रमणमा आइएसका उच्च नेता मारिए

अमेरिकी सेनाको आक्रमणमा आइएसका उच्च नेता मारिए

काठमाडौं, जेष्ठ ३२ । अमेरिकी सेनाको आक्रमणमा इस्लामिक अतिवादी संगठन आईएसका एक उच्च नेता मारिएका छन् ।

पूर्वी लिवियाको अज्डावियामा भएको अमेरिकी सेनाको हवाई आक्रमणमा आइएसका एक शीर्ष नेता मोख्तर बेलमोख्तर मारिएका हुन् ।
उक्त आक्रमणको लिवियाका उच्च अधिकारीले पुष्टि गरेका छन् । हवाईआक्रमणमा मोख्तर सहित दर्जनौं लडाकु समेत मारिएका हुन् ।
लिवियाका अधिकारीले उनको मृत्युवारे पुष्टि गरेपनि अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले भने यसबारेमा कुनै जानकारी दिएको छैन ।
यद्यपी आक्रमणको मूख्य लक्ष्य बेलमोख्तर नै भएको अमेरिकाले स्पष्ट पारेको छ ।
बेलमोख्तर दुई वर्ष अघि अल्जेरियन ग्यास प्लान्टमा भएको आक्रमणको मूख्य योजनाकार थिए । आइएस प्रवेश गर्नुअघि उनी अलकायदाका शिर्ष नेता थिए । -एजेन्सी

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf