Home » » नेपाली चेली मीरा फ्रान्समा च्याम्पियन बनिन् पूर्व लडाकू यसरी बनिन् अल्ट्रा धावक

नेपाली चेली मीरा फ्रान्समा च्याम्पियन बनिन् पूर्व लडाकू यसरी बनिन् अल्ट्रा धावक

Mira-Rai-Win-Marathon-du-Mont-Blanc,-France
१२ असार, काठमाडौं । नेपालकी मीरा राई फ्रान्समा भएको ८० किलोमिटरको मोन्ट ब्लंक म्याराथनको उपाधि जितेकी छिन् ।
शनिबार भएको ८२ किलोमिटरको मोन्ट ब्लंक म्याराथनमा मीरा महिलातर्फ पहिलो भएकी हुन् । पूर्व माओवादी लडाकू समेत रहेकी मिराले निर्धारित दुरी १२ घन्टा ३२ मिनेट ३२ सेकेण्डमा पुरा गरेकी छन् ।
Mira-Rai-Win-Marathon-du-Mont-Blanc,-France-1
म्याराथनमा स्पेनकी अन्ना कोमिट दोस्रो र अमेरिकीकी हिलारी एलिन तेस्रो भएकी छिन् । ६० किलोमिटरसम्म अन्ना अगाडि थिइन् । तर, त्यसपछि मीराले उनलाई पछि पारिन् र उपाधि जितिन् ।
Mira-Rai-Win-Marathon-du-Mont-Blanc,-France-3
भोजपुरमा जन्मिएकी मीरा १४ वर्षको उमेरमा माओवादी बनेकी थिइन् । लडाकू रहेकी उनलाई माओवादी शान्ति प्रक्रियामा आएपछि सुरु भएको सेना समायोजनका क्रममा अयोग्य भन्दै निकालियो ।
निराश भएर गाउँ फर्किएकी मिरालाई कराते खेलाडी साथी पुर्निमा मगरले काठमाडौं बोलाइन् । सन् २०१३ मा ५० मिलोमिटरको पुल्चोकी अल्ट्रा म्याराथन जितेपछि मिराको जीवनले नयाँ मोड लियो ।
उनले गत वर्ष हङकङ आइल्याण्ड ट्रेल रेस जितेकी थिइन् । लगतै साउथ चाइना मर्निङ पोष्टमा उनको जीवन सर्घषका कथा आएपछि उनी अन्तराष्ट्रिय स्तरमै चर्चाको विषय बन्न पुगेकी थिइन् ।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf