Home » » यी हुन् एसएलसी पास नगरिकनै नेपालका चर्चित भएकाहरु

यी हुन् एसएलसी पास नगरिकनै नेपालका चर्चित भएकाहरु

फलामे ढोकाको रुपमा लिइने एसएलसी परीक्षालाई निक्कै महत्वका साथ हेरिन्छ । उच्च शिक्षाका लागि प्रवेशद्वारका रुपमा पनि लिइने एसएलसी सबैका लागि भने महत्वपूर्ण नहुँदो रहेछ । एसएलसीको खुड्किलो पार नगरी पनि आ–आफ्नो क्षेत्रमा नाम कमाउनेहरु धेरै छन् । चर्चा र विवादमा परिरहने पत्रकार ऋषि धमलादेखि चर्चित फिल्म नायिका रेखा थापासम्मले एसएलसी पास गरेका छैनन् । पत्रकार धमला १४ वर्षको उमेरमै पत्रकारीतामा आए, उनले पढ्नै भ्याएनन् । नायिका थापाले पनि पढाईमा रुचि नभएपछि कलाकारीतामा संघर्ष गरिन् सफल पनि भइन् । अर्का फिल्म नायक धिरेन शाक्यले पनि एसएलसी पास नगरेको बताइन्छ । नायिका करिष्मा मानन्धरको पनि औपचारिक पढाई कक्षा ८ सम्म मात्रै हो । उनले यो तथ्य एक टेलिभिजन अन्तवार्ताका क्रममा खोलेकी थिइन् । तर करिष्माले आफुलाई चाहिँने ज्ञान अनौपचारिक ढंगबाटै लिइन् । औपचारिक अध्ययनमा उनी सफल हुन नसके पनि कलाकारीतामा भने जमिन् । राजनीतितर्फ जाने हो भने प्रधानमन्त्री सुशील कोइरालाले एसएसली पास गरे,नगरेको एकीन छैन । उनले संसद सचिवालयमा पेश गरेको व्यक्तिगत विवरणमा शैक्षिक योग्यता लेखेका छैनन् । कांग्रेस निकट पुराना मानिसहरुका अनुसार उनले सुरु सुरुमा कसैले अध्ययनबारे सोधि हाल्यो भने स्वअध्ययन भन्ने गर्थे । केहीले प्रधानमन्त्री कोइरालाले एसएलसी गरेको पनि भन्ने गर्छन् । नेकपा एमालेका नेता अमृत बोहोराको औपचारिक अध्ययन पनि १० सम्म मात्रै हो । एसएलसी पास नगरेको वा गर्न नसकेकाहरुको खोजी संविधानसभामा गर्ने हो भने धेरै पाउन सकिन्छ । संविधान निर्माण गर्ने तहमा पुगेका धेरैले एसएलसी पास गरेका छैनन् । केही त साक्षर मात्रै छन् । एमाले दैलेखका सभासद् अम्मरबहाुदुर थापा, रोल्पाबाट कांग्रेसका सभासद अमरसिंह पुन, तमसपा सर्लाहीकी अमेरिका कुमारी, धनुषाबाट तमलोपाकी इन्द्रा झा, धनुषाबाटै संघीय समाजवादीका उर्मिलादेवी साह, मोरङका एमाले सभासद चन्द्रबहादुर गुरुङलगायत धेरैको छन् । श्रम राज्यमन्त्री टेकबहादुर गुरुङको पनि औपचारिक अध्ययन १० कक्षासम्म मात्रै हो । संसदसचिवालयलाई बुझाएको विवरणमा उनले शैक्षिक योग्यता लेखेका छैनन् । एसएलसी पास नगर्दै पनि चर्चित र सफल हुनेमा समाजसेवी दिलशोभा श्रेष्ठ पनि हुन् । त्यस्तै एमालेबाट अघिल्लो संविधानसभामा सभासद् रहेकी शान्ता चौधरीले पनि एसएलसी पास गरेकी छैनन् । चौधरी अहिले कक्षा ८ मा अध्ययन गर्न विद्यालय भर्ना भएकी छिन् । पुर्वकमलरी रहेकी चौधरीले आफ्नै जीवनका संघर्षहरु समेटेर शान्ता चौधरी नामक किताब पनि लखेकी छिन् । 
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf