असार, काठमाडौं :गैरआवासीय नेपाली संघ एनआरएनका अध्यक्ष एवं अष्ट्रेलियाली धनाड्य शेष घलेले अष्ट्रेलियाको मेलबर्नस्थित फ्ल्यागस्टाफ गार्डेन र क्वीन भिक्टोरिया मार्केट नजिकै ४५० मिलियन डलरको विशाल ट्वीन टावर अपार्टमेन्ट र होटल परियोजना अघि बढाउनका लागि स्वीकृति पाएका छन् ।
उनको परियोजना त्यहाँको योजना मन्त्रालयबाट स्वीकृति हुने चरणमा पुगेको छ। अष्ट्रेलियाली योजनामन्त्री रिचार्ड वाइनले शेष घलेको परियोजना अघि बढाउन स्वीकृति दिइसकेको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् ।
अष्ट्रेलियाली धनाड्यको सूचीमा १०० जनाको ९९ औं नम्बरमा रहेका मेलवर्न इन्स्टिच्यूट अफ टेक्नोलोजी एमआइटीका संस्थापक मालिक शेष घलेले यो विशाल परियोजनाका लागि स्वीकृति पाएपछि उनी त्यहाँका सञ्चार माध्यममा हेडलाइन बनेका छन् ।
चर्चित आर्किटेक्ट एलेन फार्सरले डिजाइन गरेको यो परियोजनामा ट्वीन टावरमा ४७० अपार्टमेन्ट र २१० कोठा भएको होटल हुनेछ । त्यसैगरी त्यसको तल्लो भागमा क्याफे र खुद्रा पसल समेत हुनेछन् ।
यो परियोजना अघि बढाउनका लागि स्वीकृत पत्रमा हस्ताक्षर हुन बाँकि रहेपनि यो परियोजनामा कुनै बाधा नपर्ने निश्चित रहेको अष्ट्रेलियाको चर्चित अखबार दी एजको अनलाइन संस्करणले जनाएको छ ।
यो परियोजना अघि बढाउनका लागि स्वीकृत पत्रमा हस्ताक्षर हुन बाँकि रहेपनि यो परियोजनामा कुनै बाधा नपर्ने निश्चित रहेको अष्ट्रेलियाको चर्चित अखबार दी एजको अनलाइन संस्करणले जनाएको छ ।
शेष घलेले परियोजना स्वीकृति पाएको समाचार हेडलाइन
केही दिन अघि मात्र नेपाल सरकारले एनआरएन अध्यक्ष घलेलाई भूकम्पले तहस नहस भएको देशको पुनःनिर्माणका लागि विश्वभरीबाट सहयोग जुटाउनका लागि सद्भावना दुत नियुक्त गरेको थियो ।
एमआइटङ ग्रुपले पछिल्लो समयमा रियलस्टेट क्षेत्रमा ब्यापक लगानी बढाइरहेको उल्लेख गरेको दी एजका अनुसार यो समूहले सन् २००९ मा १६ दशमलव २ मिलियन डलरमा ३९ हजार वर्ग मिटर क्षेत्रफलसहितको एरिया खरिद गरेको थियो ।
चर्चित आर्किटेक्ट एलेन फार्सरले डिजाइन गरेको यो परियोजनामा ट्वीन टावरमा ४७० अपार्टमेन्ट र २१० कोठा भएको होटल हुनेछ । त्यसैगरी त्यसको तल्लो भागमा क्याफे र खुद्रा पसल समेत हुनेछन् ।

केही दिन अघी ‘विजनेस रिभ्यु विक्ली’ले सार्वजनीक गरेको सुचिमा शेष घले र उनकी श्रीमती जमुना घले अष्ट्रलियाका १ सय जना धनाढ्यभित्र रहेको उल्लेख छ । २ सय जनामध्ये ९९ औं स्थानमा पर्न सफल भएका घलेको सम्पत्ति ५२ करोड ८० लाख डलर पुगेको छ ।
यो टावरमा ५ सय ७४ वटा बाइक पार्क गर्न सकिनेछ भने १४५ वटा कार अटाउनेछन् । त्यसैगरी यहाँ जिमहल र पुलहाउस समेत हुनेछ । शेष घलेले शुरुमा ६०० अपार्टमेन्ट बनाउने योजना रहेपनि कम गरिएको तर त्यसको क्षेत्र भने कायम नै राखिएको जानकारी दी एजलाई दिएका छन् ।

केही दिन अघी ‘विजनेस रिभ्यु विक्ली’ले सार्वजनीक गरेको सुचिमा शेष घले र उनकी श्रीमती जमुना घले अष्ट्रलियाका १ सय जना धनाढ्यभित्र रहेको उल्लेख छ । २ सय जनामध्ये ९९ औं स्थानमा पर्न सफल भएका घलेको सम्पत्ति ५२ करोड ८० लाख डलर पुगेको छ । उनी गतवर्ष एक सय ५० औं स्थानमा थिए ।
अघिल्लो वर्ष धनाढ्यहरुको १ सय ५१ औं नम्बरमा रहेकी घलेकी पत्नी जमुना पनि १ सयौं स्थानमा उक्लिएकी छन् । गूरुङ अष्ट्रेलीयाको आठौं नम्बरकी धनाढ्य महिला हुन् । गतवर्ष उनीहरुको कुल सम्पत्ति ३३ करोड ५० डलर रहेकोमा यस वर्षमा १५ करोड डलर बढेको छ । अष्ट्रेलियाका धनाढ्यको सूची प्रकाशित गर्ने विजनेस रिभ्यु विक्ली (बि.आर.डब्लु) ले प्रकाशित गरेको सूचीमा अष्ट्रेलियाली धनी महिलाको ८ औं स्थानमा नेपाली चेली जमुना गुरुङको नाम छ ।

उक्त सूची अनुसार जमुनाको सम्पति २ सय ६४ मिलियन अष्ट्रेलियन डलर छ । नेपालबाट अष्ट्रेलिया गएकी जमुना विद्यार्थीको हैसियतबाट यहाँ सम्म पुगेको बि.आर.डब्लुले जनाएको छ ।
जमुनाको सम्पति १ वर्षमा दोब्बर भएको र उनको मुख्य आम्दानीको श्रोत उनको स्वामित्वमा रहेको कलेज रहेको समेत उक्त पत्रिकाले जनाएको छ । लमजुङमा जन्मिएकी जमुना पति शेषसँग विद्यार्थी भिसामा सन् १९९९ मा अष्ट्रेलिया गएकी थिइन् ।

घले दम्पतिले नेपालमा पनि निरन्तर सहयोग र लगानी बढाइरहेका छन् । भूकम्प पीडितका लागि विशाल सहयोग राशि घोषणा गरेका उनीहरुले काठमाडौं र पोखरामा विशाल ५ तारे होटल निर्माण गरिरहेका छन् ।
काठमाडौंमा बन्दै गरेको शेष घलेको शेराटन होटलको दृष्य