Home » » गर्भनिरोधक चक्कीले निम्त्याउँछ अनेक रोगहरु

गर्भनिरोधक चक्कीले निम्त्याउँछ अनेक रोगहरु


धेरैजसो महिलाहरु शारिरीक सम्बन्ध राख्ने क्रममा सावधानी अपनाउनु भन्दा गर्भनिरोधक चक्कीको प्रयोग गर्ने गर्छन्। यस्ता गर्भनिरोधक चक्कीहरुले तत्कालको समस्या त समाधान गर्ला तर विस्तारै उमेर बढ्दै गएपछि समयसँगै यसले थुप्रै रोगहरु निम्त्याउन सक्छ। यस्ता रोगहरुको उपचारमा निकै समय लाग्ने र कुनै त निको नहुन पनि सक्छन्। यस्ता गर्भनिरोधक चक्कीले खासगरी महिलको प्रजनन क्षमतामा ह्रास ल्याउने काम गर्छ। यसका साथै गर्भनिरोधक चक्कीका कारण उत्पन्न हुनसक्ने रोगहरुको बारेमा यहाँ जानकारी दिइएको छ। 
–हृदयघातः गर्भनिरोधक चक्कीको सेवन गर्नाले मुटुको रोगहरु लाग्ने सम्भावना अत्याधिक हुन्छ। गर्भनिरोधक चक्कीसँगै चुरोटको पनि सेवन गर्ने महिलाहरुलाई झनै मुटुमा समस्या सिर्जना गर्छ। बढि मात्रामा ३५ वा सोभन्दा माथि उमेरका महिलाहरुले गर्भनिरोधक चक्कीको सेवन गर्ने गरेको पाइन्छ तर डाक्टरहरुले यस्तो औषधीको प्रयोग नगर्न सल्लाह दिइरहेका छन् । 
–ब्लड प्रेसरः  गर्भनिरोधक चक्कीको सेवन गर्ने महिलाहरुको ब्लड प्रेसरमा उतार–चढाव आइरहने हुन्छ। यसको तत्काल असर नभएपनि केही समयमा ायसले ठूलो समस्याको रुप लिने पाइएको छ। 
–माइग्रेनः लगातार गर्भनिरोधक चक्कीको सेवन गर्ने महिला चाँडै माइग्रेनको शिकार हुने गरेका छन्। यस्ता औषधीको असर सिधै दिमागको नसामा पर्ने हुनाले लामो समयसम्म चक्कीको प्रयोग गर्दा नसाले पहिले जस्तो काम गर्न सक्दैन। नसामा रगतके प्रवाह पनि कम हुन थाल्छ र टाउको दुख्ने, वान्ता हुने, थकाइ लाग्ने, कमजोरी हुने आदि जस्ता समस्या आउँछन्। यस्ता लक्षणहरुलाई सामान्य मानेर वेवास्ता गरिन्छ तर यस्ता लक्षणहरु माइग्रेनको हुने गरेको छ। 
–डिप्रेसनः यस्ता चक्कीको प्रयोगले विस्तारै–विस्तारै डिप्रेसनको समस्या पनि हुने गरेको छ। यसको कारण चक्कीमा रहेको केमिकलहरुले हर्मोनलाई असन्तुलन गरिदिनु हो। 
–टाउको दुख्नेः यी चक्कीहरुको पहिलो साइड इफेक्टको रुपमा टाउको दुख्ने समस्या हो। 
–धेरै रगत बग्नेः औषधीको सेवन ज्यादा गर्नाले धेरै रगत बग्ने समस्या आउँछ। चोट लाग्दा वा महिनावारी भएको बेला बढि रगत बग्ने हुुन्छ र त्यो एनिमियाको कारण बन्न सक्छ। 
–मोटोपनः यो औषधीको सेवनबाट शरिरबाट एक किसिमको तरल पदार्थ निस्कासन हुन्छ जो पेट, कम्मर, हिपमा गएर जम्मा हुन्छ। यसले गर्दा विस्तारै महिलाहरु मोटाउँदै जाने र वजन पनि बढ्दै जाने हुन्छ।
–कालोपनः यसको असर शरिरभित्र मात्र नभएर बाहिर पनि देखा पर्छ। यसले अनुहार, आँखा र ओठको तल्लो भागमा कालो देखिन थाल्छ, जसलाई हटाउन निकै मुस्किल हुन्छ।
–मधुमेहः मधुमेहबाट पीडित महिलाहरुको लाागि चक्की सेवन गर्नु घातक हुन्छ। मधमेहको औषधी खाने महिलाले यो चक्की सेवन गर्दा, यी दुई औषधीमा भएका केमिकलको मिसावटले खतरा निम्त्याउँछ। 
–झाडापखालाः गभनिरोधक चक्कीका धेरै असरहरु पछि मात्र देखिएपनि तत्काल देखिने समस्या भनेको झाडापखाला हो । यसले पाचन क्रियामा पनि असर गर्छ। 
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf