Home » » केटीले धोका दिएको भन्दै मलेसियामा एक नेपालीले आत्महत्या गरे....

केटीले धोका दिएको भन्दै मलेसियामा एक नेपालीले आत्महत्या गरे....

प्रेमिकाले धोका दिएको भन्दै मलेसियामा एक युवकले गत जुन १२ मा आत्महत्या गरेका छन् । सिन्धुली जिल्ला लदाभिर ८ का सन्तोस भुजेलले ट्वाइलेटमा पासो लगाएर आत्महत्या गरेको जानकारी यूएईमा रहेका उनका छिमेकी कृष्ण भट्राईले जानकारी दिएका छन् । दुई वर्षअघि मलेसिया गएका भुजेल अत्यन्तै इमानदार, सोझा र परिवारमा कान्छा छोरा रहेको भट्राईले बताए । परिवारको गर्जो टार्ने छोराको आत्महत्याको खबरले परिवार मात्र नभइ गाउँनै शोकमा डुबेको भट्राईले जानकारी दिएका छन् ।
काठमाडौमा रहेकी रबिना (नाम परिवर्तन) नामकी पे्रमिका सँग लामै समयदेखिको प्रेमसम्बन्धमा खटपट उत्पन्न भएपछि आत्महत्याको बाटो रोजेको सुसाइड नोटमा उल्लेख छ । क्याम्पमा रहेका सुदिप र रमेश नामका दुई व्यक्तिलाई दाइको सम्बोधन गर्दै सन्तोषले माया भन्ने चिज यस्तै हुँदो रहेछ, कसैलाई मायाले बचाउने त कसैलाई मायाले मार्दो रहेछ भन्दै उनको मायाले आफूलाई मृत्युको नजिक पुर्याएको उल्लेख छ । सन्तोषले आफ्नो लाशलाई चॉडै नेपाल पुर्याइदिन सुसाइड नोटमा आग्रह समेत गरेका छन् ।



यो जुनीमा त उनको हुन सकिन, अर्को जुनीमा उनको भएर आउनेछु भनी सन्तोसले सुसाइड नोटमा लेखेका छन्, ‘आज म कसैको मायामा पागल भएर टाढा जाँदैछु ।’ सन्तोष मलेसियाको जोहरबारुस्थित एक कम्पनीमा मजदुरका रुपमा काम गर्थे । कमाइ गर्ने छोराको आत्महत्याको कारण निम्न वर्गीय भुजेल परिवारको मानसिक र आर्थिक समस्या उत्पन्न भएको भटराईले बताएका छन् । भुजेल परिवारको सहयोगका लागि यूएईमा रहेका सोही क्षेत्रका बासिन्दाहरुबीच आर्थिक संकलन गरी राहत उपलब्ध गराउने अभियान चलाइएको भट्राईले बताएका छन्। 
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf