Home » » अफगानिस्तानको संसदमा भीषण आक्रमण, सबै आक्रमणकारी मारिए, १८ जना घाइते

अफगानिस्तानको संसदमा भीषण आक्रमण, सबै आक्रमणकारी मारिए, १८ जना घाइते

लमजुङ, आषाढ ७ । अफगानिस्तानको राजधानी काबुलस्थित संसद भवनमा तालिबान लडाकूले भीषण आक्रमण गरेका छन् ।

संसद बाहिर शक्तिशाली कार बम विस्फोट गराएपछि लडाकूहरु कडा सुरक्षा व्यवस्था रहेको संसद भवनभित्र छिरेका थिए । आक्रमणमा संलग्न सबै ६ जना लडाकू मारिएको अफगान आन्तरिक मन्त्रालयले जनाएको छ ।

प्रहरीले लडाकूविरुद्धकोकारबाही अघि संसद भवन खाली गराएको थियो । घटनामा कम्तिमा १८ जना घाइते भएका छन् ।

संसदबाट अनुमोदनका लागि नयाँ अफगान रक्षामन्त्री मासुम स्टानेक्जाइलाई सांसदहरु माझ परिचय गराउँदै गर्दा तालिबानले आक्रमण गरेको हो ।

अफगानिस्तानमा लामो समयदेखि कुनै पनि नयाँ रक्षामन्त्रीले आफ्नो कार्यकाल पूरा निभाउन सकेका छैनन् । अफगानिस्तानमा गत वर्ष धेरैजसो अमेरिकी सेना र सबै नेटो सेना स्वदेश फिर्ता भएपछि हिंसात्मक घटना बढेको छ । (एजेन्सी)


Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf