Home » » मनकामना मन्दिरको गजुर निकालियो, मन्दिर भत्काइँदै (भिडियोसहित)

मनकामना मन्दिरको गजुर निकालियो, मन्दिर भत्काइँदै (भिडियोसहित)

गोरखा, जेष्ठ २५ । दैनिक हजारौँ भक्तजनको घुइँचो लाग्ने गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको जिर्णोद्धार कार्य सुरु गरिएको छ ।

धार्मिक विधिअनुसार सोमबार बिहान ९ बजे गजुर पूजा गरी बिहान ११ः३० बजेको साइतमा मन्दिरको गजुर निकालेर जिर्णोद्धार सुरु गरिएको हो

मन्दिरमा रहेको सुनको गजुर निकालेर भजनमन्डलीमा ‘सेफ’भित्रराखिएको छ ।

गोर्खाका प्रमुख जिल्ला अधिकारी, स्थानीय पिकास अधिकारी, पुरातत्वका कर्मचारी र स्थानीयको रोहबरमा गजुर झिकेर मुचुल्का गरिएको थियो ।

गत वैशाख १९ गतेबाट सुरु गर्ने भनिएको जिर्णोद्धारको काम भूकम्पका कारण ढिलो भएको हो । पहिले नै ६ इन्च दक्षिण पश्चिम दिशातर्फ ढल्किएको मनकामना मन्दिर शक्तिशाली भूकम्पले गर्दा १४ इन्च ढल्केको छ ।

मन्दिर जिर्णाेद्धार गर्न करिब १३ करोड रुपैयाँ लाग्ने समितिले जनाएको छ । मंगलबारदेखि नै मन्दिर भत्काउने काम हुने जीर्णोद्धार समितिले जनाएको छ ।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf