Home » » डेनमार्कका राजकुमार फ्रेडरिक लमजुङ आउँदै

डेनमार्कका राजकुमार फ्रेडरिक लमजुङ आउँदै

भाद्र ३१, २०७२- डेनमार्कका राजकुमार फ्रेडरिक लमजुङ आउने भएका छन् । चारदिने भ्रमणमा आज (बिहीबार) उनी लमजुङ आउँदैछन् ।

उनी साँझ गाडीमार्फत लमजुङ आइपुग्ने छन् । बिहीबार काठमाडौं उत्रिएपछि डेनमार्कका राजकुमार फ्रेडरिकलाई परराष्ट्रका उच्च अधिकारीले विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गर्ने कार्यक्रम रहेको बुझिएको छ । भ्रमणको चाँजोपाँजो काठमाडौंस्थित डेसिन दूतावास र अन्तर्राष्ट्रिय रेडक्रसले मिलाएका छन् ।
भूकम्पपछिको अवस्था अवलोकन गर्न लमजुङ आउन लागका डेनिस राजकुमारलले जिल्लाको दुर्गम गाउँ पाचोक पुगेर भूकम्प पछिको अवस्था बुझ्ने र पीडितसंग भेट्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए । डेनिस राजकुमारका साथमा अन्तर्राष्ट्रिय रेडक्रसका प्रतिनिधि, परराष्ट्रका एक अधिकारी र डेनिस दूतावासका कर्मचारी लमजुङ आउने छन् ।
बैशाख १२ को भूकम्प पछिको अवस्था अवलोकन गर्न पश्चिमा मुलुकबाट नेपाल आउने डेनिस राजकुमार नै पहिलो उच्च ओहदाका ब्यक्ति भएको परराष्ट्र स्रोतले जनाएको छ । डेनिस रेडक्रसको. निमन्त्रणामा उनको अनौपचारिक भ्रमण हुन लागेको हो । उनको यो भ्रमण विशुद्ध नीजि हुने हुने छ । डेनिस राजकुमार बिहीबार कोपनहेगनबाट सिधै काठमाडौं आउने कार्यक्रम छ । काठमाडौं नबसी सिधै लमजुङ आउने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताए ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा लमजुङका सभापति नारायणप्रसाद घिमिरेका अनुसार राजकुमार फ्रेडरिकको टोलीले लमजुङमा तीन रात  बिताउने छ । राजकुमारको टिमलाई सदरमुकाम बेसीसहरस्थित होटल गेटवे हिमालय रिसोर्टमा १६ वटा डिलक्स कोठा बुक गरिएको छ ।
डेनिस राजकुमारको टीम बिहीबार बेसीशहर बास बस्ने छ । असोज १ गते शुक्रबार बिहानै पाचोक गाउँ जानेछ । पाचोकमा डेनिस रेडक्रसको सहयोगमा भूकम्प पीडितका लागि सञ्चालन गरिएको परियोजनाको अवलोकन गर्ने कार्यक्रम रहेको सभापति घिमिरेले बताए । भूकम्पपीडितसँग अन्तर्क्रिया गरि एकरात पाचोकमै बस्ने कार्यक्रम रहेको घिमिरेले बताए । २ गते शनिबार राजकुमारको टोली बेसीशहर आएर बस्नेछ । आइतबार बिहानै काठमाडौं गएर डेनमार्क उड्ने कार्यक्रम छ ।
डेनिस रेडक्रसको सहयोगमा रेडक्रस जिल्ला शाखा लमजुङले जिल्लाको पूर्वी भेगका ६ गाविसहरु पाचोक, ढोडेनी, फलेनी, हिलेटक्सार, नौथर र बन्सारका भूकम्प पीडितलाई सहयोग गरेको छ । ती गाविसका १ हजार ८ सय ३० भूकम्पपीडितलाई जस्तापाता, घर निर्माणका सामाग्री, भाँडाकुँडा, खाद्यान्न, ओड्नेओछ्याउने कपडा लगायतको सामग्री वितरण गरिएको रेडक्रस लमजुङले जनाएको छ । प्रति परिवारलाई ४५ हजार बराबरको रकमको सहयोग गरि ४ करोड खर्च गरिएको सभापति घिमिरेले बताए । उक्त परियोजना सञ्चालनका लागि जिल्ला दैवी प्रकोप उद्धार समितिमा राजनीतिक दलहरुबीच विवाद समेत भएको थियो ।
डेनिस राजकुमारको जिल्ला भ्रमणलाई ध्यानमा राखेर स्थानीय प्रशासनले शान्ति सुरक्षालाई मजबुत बनाएको छ । राजकुमारको सुरक्षा र स्कर्टिङका लागि सुरक्षा योजना बनाइएको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताए । भूकम्पले क्षतिविक्षत भएको अवस्थामा डेनिस राजकुमारको लमजुङ भ्रमणले विदेशी पर्यटकका लागि नेपाल सुरक्षित गन्तव्य भएको सन्देश जाने यहाँका पर्यटन व्यवसायीहरुले अपेक्षा गरेका छन् ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf