रोल्पा : आफुले जन्माएको छोरो देशकै उपराष्ट्रपति पदमा पुगेपछि कुन वुवाको मन खुशीले फुरुङ्ग नहोला । माइलो छोरा (नन्दबहादुर पुनमगर) पासाङ उपराष्ट्रपति पदमा निर्वाचित भएपछि राङ्सी ६ डाँडागाउँमा वस्दै आएका ८४ वर्षिया रामसुर पुनमगरको मुहारमा खुशीको सिमा नै रहेन।
युद्धमा बालबाल वाँचेको छोरा उपराष्ट्रपतिमा विजयी भएपछि पासाङ जन्मिएको र हुर्किएको घरमा परिवार र छिमेकीले दिपावली समेत गरे । ‘सामान्य किसान परिवारमा जन्मिएर, लडाईमा पनि अब्बल कहलिएका दाजु उपराष्ट्रपति पदमा पुगेपछि परिवार र छरछिमेकमा खुशीको सीमा नै छैन ।
पासाङका साईला भाई एवं राङ्सीकै जनसेवा माविका प्राचार्य भिमप्रकाश पुनमगरेले अन्नपुर्णपोष्टसँग भने, ‘दाजुको मिलनसार तर, अन्याय नसहने स्वभाव र युद्धमा कुशल कमान्डिङ गरेकै कारण गरिमामय पदमा पुग्न सक्नु भयो।’युद्धका वेला माओवादीका अध्यक्ष पुष्पकमल दाहालको हेडक्वाटर समेत रहेको पासाङको गाउँमा उनी उपराष्ट्रपति निर्वाचित हुँदै गर्दा चहलपहल वढेको थियो ।
विजयी भएको भोलिपल्ट आफन्त, इष्टमित्र, छिमेकीलाई घरमै वोलाएर भोजको आयोजना गर्ने तयारी समेत गरिएको छ । युद्धका वेला राज्यपक्षका सुरक्षा निकायबाट उनका परिवारले समेत निकै दुःख पाए ।
गिरफ्तारी समेत परेर हप्तै पिच्छे सदरमुकाम स्थित प्रहरी कार्यालयमा तारेख धाएका पासाङका भाई भिमप्रकाशले दाजु उपराष्ट्रपति भएपछि विर्सिएको अनुभव गरे । भिमप्रकाशले स्मरण गरे, ‘दाजुकै कारणले क्यौं दिन भागेर जंगल वसियो, तारेख धाईयो, यातना खेपियो ।
तर, आज खुशीको वयान नै गर्न सक्दैनौं ।’आमा मनसरा र वुवा रामसुरको माईलो छोराको रुपमा पासाङ २०२२ कात्तिक ७ गते जन्मिएका हुन । उनीहरु पाँच भाई हुन् । उनी बाल्यकालमा नन्दबहादु पुनका रुपमा परिचित भए । उनले घर नजिकैको राङखुङ प्राथमिक विद्यालयमा कक्षा तीनसम्म अध्ययन गरे ।

त्यसपछि उनी कक्षा सातसम्म हालको जनसेवा मावि तत्तकालिन नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्याल राङ्सीमा अध्ययन गरे । गाउँमा मावि स्तरको अध्ययन हुने विद्यालय नभएकाले उनी एक दिन हिडेर पुगिने सदरमुकाम लिबाङको बालकल्याणमा माविमा पुगे ।
बालकल्याण माविमा उनले कक्षा ८ सम्ममा मात्र अध्ययन गर्न पाए । कक्षा ६ मा पढ्दै गर्दा मोहनविक्रम सिंहले नेतृत्व गरेको तत्कालिन नेकपा चौंथो महाधिवेशन सम्बद्ध अखिल छैंठौंको इकाई अध्यक्ष भइसकेका उनमा राजनीतिक नसा लागिसकेको थियो।

कक्षा आठमा अध्ययन गर्ने बालकल्याणमा गुरु थिए हालका एमाओवादी महासचिव कृष्णबहादुर महरा। उनलाई त्यहीवेला पञ्चायत प्रशासनले राजनीति गरेको आरोपमा दुःख दिन थालेपछि उनले विद्यालय छाडे । उनको नाममा वारेन्ट नै जारि भएपछि थबाङमा पढ्न गए । बीर वलभद्र माविमा उनले कक्षा ९ बाट अध्ययन सुरु गरे । त्यही विद्यालयबाट २०४२ मा नन्दबहादुरले एसएलसी उत्तिर्ण गरे ।
एसएलसी उत्तिर्ण गरेपछि आफुले निमावी अध्ययन गरेकै राङ्सी माविमा शिक्षण गर्न पुगे। त्यही विद्यालयबाट उनी स्थायी समेत भएको उनका बुबा रामसुर वताउछन । २०४२ मै उनको जंकोटकी हस्तमालीसँग विवाह भयो। उनका दुई छोरा दिपेन्द्र र दिपेश छन ।
दिपेशले वुवाको राजनीतिलाई पछ्याएका छन । अध्यापनसँगै उनले २०४५ सालमा छिमेकी जिल्ला दाङ स्थित महेन्द्र वहुमुखि क्याम्पसबाट उनले आईए गरे । भारतको इलाहावाद विश्वविद्यालयबाट विए उत्तिर्ण गरे । शिक्षणसँगै २०४६ सालमा तत्कालिन नेकपा मशालको सदस्यता लिए।

आफ्नै इलाकाको इन्चार्ज हुँदै पार्टीको जिल्ला सदस्य भएका उनी ‘जनयुद्ध’ को तयारी चरणबाटै सम्बद्ध भए। २०५१ मा जिल्ला वाईसिएल अध्यक्ष भएका उनी युद्धको पहिलो होलेरी प्रहरीचौकी आक्रमणमासंलग्न भए । एमाओवादीका प्रभावशाली नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुनमगर कमाण्डर र पासाङ भाईसकमाण्डर रहेको लडाकु समूहले होलेरीमा आक्रमण गरेको थियो।
त्यसपछिका निरन्तर फौजी आक्रमणमा नन्दबहादुर पुनमगर ‘पासाङ’ को नामले चर्चित वन्यो । शान्ति प्रक्रियापछि नन्दकिशोर पुन ‘पासाङ’ शैन्य कमाण्डर भए । सानोमा नन्दबहादुर पुन रहेका उनी युद्धमा ‘पासाङ’ हुदै शान्तिप्रक्रियामा नन्दकिशोर पुन ‘पासाङ’ भए। उपराष्ट्रपति पद चुम्न पुग्दा उनी फेरी नन्दबहादुर पुन भएका छन ।नेता वर्षमानले पासाङ उपराष्ट्रपति हुँदै गर्दा उनलाई कुशल कमाण्डरको रुपमा सम्झना गरे।
२०५३ सालमा गठित पहिलो स्पेशल टास्कफोर्सका कमाण्डर, उतिवेलै वनेको पहिलो प्लाटुनका कमाण्डर, २०५४ मा वनेको पहिलो कम्पनीका कमाण्डर, २०५५ सालमा निर्माण भएको पहिलो वटालियनका कमाण्डर, २०५७ मा वनेको पहिलो ब्रिगेडका कमाण्डर, २०५८ मा वनेको पहिलो डिभिजनका कमाण्डर भएर काम गरे । तत्कालिन नेकपा माओवादीले जनमुक्ति सेना घोषणा गरेपछि अध्यक्ष प्रचण्डलाई कमाण्डर वनाएपछि पासाङले डेपुटि कमाण्डर भएर काम गरे ।
युद्ध घोषणा नहुँदै चप्कामा उनलाई प्रहरीले गोली हानेको थियो । पैस्यारु नाँच्दै गर्दा उनलाई हानिएको गोली छल्न पुगेका थिए । गोली पाखुरामा लागेको थियो । उनले युद्धमा पनि कहिलै नहारेको उनका सहकर्मी वताउछन ।
उनको नेतृत्वमा २० भन्दा बढी फौजी आक्रमण भएका थिए । होलेरी, झिम्पे, जेलबाङ, महत, घर्तीगाउँ, तकसेरा, पाँचकटिया, दुनै, रुकुमकोट, घोराही, मंगलसेन, लिस्ने गाम, सन्धिखर्क, जुम्ला, बेनी लगायतका फौजी आक्रमणमा उनले प्रत्यक्ष नेतृत्व गरे । उनले फौजी आक्रमणको संस्मरणात्म पुस्तक समेत लेखेका छन ।

२०५४ मा नेकपा –माओवादी) को क्षेत्रीय व्यूरो सदस्य हुदै २०५७ मा केन्द्रिय सदस्य, २०६० मा पोलिटव्यूरो सदस्य र २०६८ यता स्थायी समिति सदस्यको जिम्मेवारीमा रहेका उनी गणतन्त्र नेपालको दोस्रो उपराष्ट्रपति वनेका हुन् ।