लमजुङ , कार्तिक १० । अफगानिस्तानमा सोमबार गएको ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्पका कारण कम्तिमा ३ सयजनाको मृत्यु भएको छ ।
मृत्यु हुने अधिकांश पाकिस्तान र अफगानिस्तानका रहेका छन् । भूकम्पका कारण दुई हजारभन्दा बढी घाइते भएका छन् । केही घाइतेको अवस्था गम्भीर भएका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । भूकम्पबाट बढी
प्रभाव पारेको दुर्गम क्षेत्रमा उद्धार टोली परिचालन गरिएको अधिकारीहरुले जनाएका छन् । भूकम्प प्रभावित उत्तर पूर्वी बदाख्शान प्रान्त तालिबान लडाकूको नियन्त्रणमा रहेकाले उद्धार टोली पुग्न नसकेको बताइएको छ । अफगान राष्ट्रपति अशरफ घानीले टेलिभिजन सम्बोधनमार्फत् भूकम्प प्रभावितहरुलाई सहयोग गर्न आग्रह गरेका छन् ।
पाकिस्तानमा खैवर पख्तुन्वा र फाटामा ठूलो क्षति भएको छ । थुप्रै बेपत्ता भएको र भत्किएको भवनमा पुरिएकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ ।
भारत, इरानलगायत अफगानिस्तानमा रहेका अमेरिकी सेनाले सहयोग गर्न तयार रहेको जनाए पनि पाकिस्तानले भने सहयोगको आग्रह गरेको छैन ।
भारतका ११ राज्यमा पनि भूकम्पले असर पारेको छ । जम्मु कस्मिरमा पनि केहीको मृत्यु भएको जनाइएको छ ।
अमेरिकी जियोलोजिकल सर्भे (युएसजीएस)ले भूकम्पको केन्द्रबिन्दू जार्म सहरदेखि ७६ किलोमिटर दक्षिण पश्चिम पहाडी क्षेत्रमा जमिनदेखि २ सय किलोमिटर गहिराइमा रहेको जनाएको छ ।
पाकिस्तानी भूकम्प मापन केन्द्रले भने ८ दशमलव १ रेक्टर स्केलको भूकम्प मापन गरेको छ । इस्लामावादमा करिब दुई मिनेटसम्म भवनहरु हल्लिएको थियो । भूकम्पको धक्का नेपालसहित दक्षिण एसियाका विभिन्न देशमा महसुस भएको थियो । (एजेन्सी)