Home » » स्त्री को सेतोपानी आउने देखि पुरुको अण्डाकोष सुनिने सम्म अनि सुल,पिसाब रोग र पत्थरी भएमा जिरा प्रयोग गर्नुहोस्

स्त्री को सेतोपानी आउने देखि पुरुको अण्डाकोष सुनिने सम्म अनि सुल,पिसाब रोग र पत्थरी भएमा जिरा प्रयोग गर्नुहोस्

जीरा हामीले भान्सामा तरकारीमा मसलाको रुपमा मात्रै प्रयोग गर्दै आएका छौ । हामीलाई थाहा छैनकि जीरा कुन कुन रोगको औषधीको रुपमा प्रयोग गर्न सकिन्छ भनेर । हामीले यहाँ जीराको औषधीय गुण को विषयमा चर्चा गरेका छौ ।
  • पिसाब रोग र पत्थरी भएमा

जीराको धूलो र काल्चि मिस्रीको धूलो बराबर मिसाएर बिहान्बेलुका १्१ चम्चा पानीसँग खाने गर्नाले पत्थरी हुन लागेको वा पिसाब सम्बन्धी रोग ठिक हुन्छ ।
अमलपित्त भएमा
जीराको धूलो, धनियाँ गेडाको धूलो र काल्चि मिस्री बराबर मिसाएर १्१ चम्चा बिहान्बेलुका पानीसँग खानाले अमलपित्त समन हुन्छ ।
  • शूल उठेमा , धेरै दीसा लागेमा

जीराको धूलो, ५० ग्राम, सिदेनूनको धूलो ५० ग्राम र घ्यूमा फुराएको हिङ १० ग्रामको धूलो सबै मिसाएर मनतातो पानीसँग १्१ चम्चा मह अथवा घ्यूमा मिसाएर दिनको ३्४ पटक रोग अनुसार मात्रा मिलाई खाएमा दीसा धेरै लागेको ठीक हुन्छ ।
  • आँखा पोलेमा, बिजाएमा वा रातो भएमा

जीरा पानी पकाएर मनतातो पारी कपडा भिजाएर सेक्ने गरेमा ठीक हुन्छ ।
  • ज्वरो आएमा

जीरापानी पकाएर सखर हालेर चिया झै दिनमा ३्४ पटक खाएमा ज्वरो चट्टै जान्छ ।
  • कुनैपनि साधारण दुखाईमा

जिरालाई पानीमा पिनेर लेप लगाउने र तताएर दुखेको ठाउँमा लेप गर्नाले ठीक हुन्छ ।
  • अण्डकोष बढेमा

यस प्रकारको रोगमा जिरा र मरिच पानीमा पिनेर लेप बनाएर लगाउने गरेमा बिस्तारै ठिक हुँदै जान्छ ।
  • स्त्री को सेतोपानी आउने रोगमा

जिरा र मिस्री बराबर मिसाएर धूलो पार्ने र चौलानि पानीसँग १्१ चम्चा बिहान्बेलुका खाने गरेमा ठीक हुन्छ ।
  • अजीर्ण खाएको नपच्ने भएमा

छोकडा, मरिच, सिदेनूनको, मुनक्का दाख र जीरा बराबर पिनेर कागति हालेर लेदो अचार बनाउने र सिसीमा राख्ने र बिहानरबेलुका खाना खानु अगाडि १्१ चम्चा चाटेर मात्र खाना खाने गरेमा केही दिनमै अजीर्ण, बान्ता हुने, दीसा लाग्ने जस्ता रोग ठीक हुन्छ र बिस्तारै खाना पनि रुच्दै जान्छ ।
  • मुखमा पोतो वा दाग आएमा

जीरा, बोके जीरा, कालो तिल, सरस्यूँ र रायो सबैको चूर्ण बराबर मिसाएर दूधमा फिटेर बेलुका सुत्ने बेलामा नित्य पोतो वा दागमा लगाउनाले ठीक हुँदै जान्छ ।
  • रुघाखोकीको ज्वरोमा

एक टुक्रा दालचिनी एक चिम्टी सुठोको धूलो ५ वटा ल्वाङ, आधा चम्चा जीरा हालेर बेसरी उमालेर दिनमा तीन पटक काँडा बनाएर पिउने गरेमा ठिक हुन्छ ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf