कोलेस्ट्रोलको मात्रा भनेको के हो ?
कोलेस्ट्रोल रगतमा भएको बोसो ( लिपिड ) को एक प्रकार हो । यसको उत्पादन कलेजोमा हुन्छ र रगतको माध्यमबाट कोषहरू सम्म पुग्दछ । यो आबस्यक छ तर रगतमा आवश्यकता भन्दा बढी मात्रामा कोलेस्टेरोल रहेमा यसले शरीरलाई नराम्रो असर गर्दछ । आबस्यकता भन्दा बढी कोलेस्ट्रोलले मुटुका धमनीको भित्री भित्तामा जम्मा भई नसा साँघुर्याएर रक्तप्रवाहमा अवरोध पुर्याउँछ । यसरी कोलेस्ट्रोलको कारणले धमनी बन्द हुन् गएमा वा साँघुरिएमा त्यसबाट मुटु दुख्ने (ऐँठन हुने ) तथा पक्षघातजस्ता समस्या देखापर्न शुरु गर्दछ । बेलैमा शाबधानी नअपनाउने हो भने जीवन जोखिममा पर्ने वा अपाङ्गसमेत हुन सक्छ । कोलेस्ट्रोल फरक प्रकारका हुन्छन, LDL कोलेस्ट्रोललाई नराम्रों मानिन्छ भने HDL लाई राम्रों मानिन्छ । LDL कोलेस्ट्रोल छ भने हृदयघात तथा स्ट्रोकको जोखिम हुन्छ ।
कोलेस्ट्रोल नाप्न किन जरुरी छ ?
कोलेस्ट्रोल स्वयंमा बिरामीको रुपमा नदेखिने भएता पनि यसको साथमा ब्लडप्रेसर, डायबिटिज, उमेर, लिंग, जात, धुम्रपान गर्ने-नगर्ने जस्ता कुराहरुबाट सम्बंदित व्यक्तिलाई हृदयघात, स्ट्रोकको खतराको स्तर निकाल्नको लागि यसको जाच गर्न जरुरी छ ।
कोलेस्ट्रोलको मात्रा के ले बढाउछ ?
धेरै बोसो, ट्रान्स बोसो तथा कोलेस्ट्रोलको मात्रा खानाले
कसरत नगर्ने गर्नाले वा शारीरिक परिश्रम नपर्ने काम गर्नाले
तौल बढ्दा शरीरमा भएको राम्रों कोलेस्ट्रोल घट्दै जान्छ र नराम्रो बढ्दै जान्छ
पारिवारिक पृष्ठभूमि- यदि तपाइंको परिवारमा कसैलाई कोलेस्ट्रोल छ भने तपाईलाई पनि हुने सम्भावना बढी हुन्छ
साधारणतया २० बर्षको उमेर पश्चात नराम्रो कोलेस्ट्रोल बढ्न सक्दछ
कोलेस्ट्रोलको रिपोर्ट कसरी थाहा पाउन सकिन्छ ?
कोलेस्ट्रोलको स्तर बढेको बिरामीले महसुस गर्दैन । रगत परीक्षण गराउनु नै कोलेस्ट्रोलको स्तर थाह पाउने तरिका हो । रगत परिछण पश्चात आएको रिपोर्टलाई विभिन्न श्रोतमा बताइए अनुसार निम्नानुसार विभाजन गरि बुझ्न सकिन्छ; यस सम्बंदी बिस्तृत निर्क्यौल गर्ने काम भने सम्बंदित डाक्टरले गर्नेछन ।
Total Cholesterol
२०० mg./dl भन्दा कम – सन्तोषजनक अबस्था
२०० देखि २३९ mg/.dl – खतरा शुरु हुन लागेको
२४० mg./dL m वा बढी – खतरनाक अबस्था
LDL Cholesterol
LDL को मात्राले हृदयघातको खतरालाई Total Cholesterol भन्दा राम्रोसँग प्रतिविम्बित गर्छ ।
१०० mg/.dl भन्दा कम - सन्तोषजनक अबस्था
१०० देखि १२९ mg/.dl - खतरा शुरु हुन लागेको
१३० mg/.dl वा बढी - खतरनाक अबस्था
HDL Cholesterol
सामान्यतया महिलामा ५०–६० mg/dl र पुरुषमा ४०–५० mg/dl हुनुपर्ने मान्यता छ। HDL कम भएमा हृदयघातको खतरा बढ्छ।
४० mg./dl भन्दा बढी - सन्तोषजनक अबस्था
४० mg/dl नरमी भन्दा कम - खतरनाक अबस्था
बेलैमा आफ्नो रगत परिछण गराई ढुक्क हुनुहोस । तपाईले दैनिक शारीरिक अभ्यास वा योगा गर्ने, बोसो रहित खाना खाने, धुम्रपान नगर्ने, शरीरको तौल बढ्न नदिई रोकथाम गर्न सक्नु हुन्छ ।