Home » » डण्डिफोर,छालाको चाया, आँखा रातो भएमा, चिप्रा लागेमा, आँखा पोलेमा,खोकीमा र दन्त शूलमा : फिटकिरी

डण्डिफोर,छालाको चाया, आँखा रातो भएमा, चिप्रा लागेमा, आँखा पोलेमा,खोकीमा र दन्त शूलमा : फिटकिरी

फिट्कीरी एक औषधीय गुण भएको रसाएनीक पदार्थ हो । आँखाको रोगमा सानो शिशी गुलाफ जलमा २ चिम्टी फिट्कीरीको धूलो मिसाएर राख्नुहोस् र आँखा रातो भएमा, चिप्रा लागेमा, आँखा पोलेमा २ थोपा बिहान बेलुका हाल्नाले ठीक हुन्छ । ज्वरो आएमा दिनदिनै वा ३्४ दिन बिराएर आउने ज्वरोमा ताउमा फुराएको धूलो फिट्किरी २ चिम्टीमा २ चिम्टी चिनी मिसाएर ज्वरो आउनु चार घण्टा अगाडि पानीसंग खानुहोस् र दोस्रो मात्रा दुइ घण्टा पछाडी फेरि खानुहोस् यसरी ज्वरो आउन सक्दैन र आएमा पनि मन्द मात्र आउँछ । यसरी ३्४ दिन नियमित प्रयोग गर्नाले ठीक हुन्छ । मलेरिया ज्वरोमा फुराएको फिट्किरीको धूलो २ चिम्टी, नौशादर दुइ चिम्टी, गेरु दुइ चिम्टीको मात्रा मिलाएर दिनको चार पटक पानीसँग खाएमा मलेरिया ज्वरो निको हुँदै जान्छ । दम खोकीमा दूधे बालकलाई खोकी लागेमा फुराएको फिट्किरी १ चिम्टी हालेर पानीमा फिटेर आमाको थुनमा लगाउनाले खोकी कम हुन्छ । जब बच्चाले दूध खान्छ सँगसँगै फिट्किरीको पानीले पनि काम गर्छ । पेट बटारिएर दुख्ने रोगमा फुराएको फिट्कीरीको चूर्ण १ चिम्टी २ वटा दाखभित्र हालेर बिहानरबेलुका पानीसँग खाने गरेमा केही दिनमै दुखेको पेट ठीक हुन्छ । दन्त शूलमा सिमालीको जरा फिट्किरी पानीमा पिनेर दाँत माझ्नाले दाँत सम्बन्धी रोगहरु निको हुन्छन् । डण्डिफोर र छालाको चायामा फिट्कीरी पानीमा सुपारी घोटेर बेलुका सुत्नु अगाडि लगाउने गरेमा डण्डिफोर र छालाको चाया ठिक हुन्छ ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf