
खासगरी खानपिनमा हुने
लापरवाहीको कारण
किड्नी रोगी बढेका छन् ।
पेटभन्दा जिब्रोलाई शान्त पार्ने ध्येयले खाने
गरिएपछि किड्नी रोगले अड्डा जमाउन थालेको हो ।
किड्नी, शरीर संचालनको अभिन्न अङ्ग
।
तर, यही अङ्ग थलिएपछि मानिसले
लाखौं रुपैंयाा खर्चिनुपर्ने बाध्यता आइलागेको छ ।
जीवनभरि कृत्रिम तरिकाले मूत्र विसर्जन गर्ने
डाइलोसिसजस्तो महँगो प्रणाली अपनाउन बाध्य छन्
।
पैसा हुनेहरु डाइलोसिस त गर्छन्, तर नहुनेहरु
किड्नी ‘फेलियर’ बाट जीवन गुमाउन
विवश
छन् ।
चिन्ता नगर्नुस्, किड्नी जोगाउने उपाय छ ।
त्यो पनि घरैमा । भान्सामा धनियाँ पात ल्याउनुस् । नियमित सेवन
गर्नुस् । किड्नी रोगबाट जोगिने भरपर्दो उपाय हो यो ।
किड्नीले शरीरमा भएको विकारजन्य
पदार्थ
प्रशोधन गर्दछ । यसले रगतमा भएको नुन, विष तथा अनावश्यक
फोहोर पदार्थ छान्ने काम गर्दछ । धनियााको नियमित सेवनबाट
किड्नीको संचालन प्रक्रिया सहज बनाउन सकिने
अध्ययनले देखाएको छ । यसको सेवन गर्ने तरिका सरल छ ।
सेवन विधि
पहिले एक मूठा धनियाँको पात लिने, त्यसलाई
सफा पानीले धोएर १०
मिनेटजति पानीमा उमाल्नु पर्दछ । त्यसपछि चिस्याएर
बोतलमा खन्याउनु पर्दछ । अब यो झोल खानयोग्य भयो । हरेक
दिन एक गिलास पिउनोस् । केही साताको सेवनबाट
तपाईंले किड्नीबाट प्रशोधित विकारहरु मूत्र
विसर्जनको माध्यमले निष्काशन भइरहेको महसुस गर्नु हुनेछ
______________________________________________
राम्रो कुरा शेयर गरेर सबैलाई जानकारी गराउनुहोला |