परिवारतामाङ वेबसाइट तपाईलाई कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला! धन्यवाद, तामाङ परिवार लाइक पेजमा गएर प्रतिक्रिया,सुझाब सल्लाह दिनुहोला! ''सम्पर्क''०५००८४०८२४

SELLING PAGE

SELLING PAGE
Latest Post
Showing posts with label स्वास्थ्य. Show all posts
Showing posts with label स्वास्थ्य. Show all posts

शरीर तातो हुने, टाउको दुख्ने, पेटमा अप्ठ्यारो महसुस र झमझम किन हुन्छ ?

पुस २८, २०७३  

यो यस्तो रोग हो जसमा बिरामीहरूले विभिन्न रोगको लक्षण अनुभव गर्छन् । बिरामीहरू वर्षौंसम्म अनौठो लक्षणले ग्रसित हुन्छन् । रोग निको नहुँदा बिरामीहरू डाक्टरकहाँ जान्छन् र एक्सरे, इन्डोस्कोपी आदि गराउँछन् । कतिपय बिरामी क्यान्सर भएको शंका गर्छन् भने कतिपय बिरामी एड्स भयो भनेर चिन्तित हुन्छन् । यस्ता बिरामीहरू डाक्टरकहाँ जान्छन् तर समस्या भने मनोवैज्ञानिक हुन्छ । कसै–कसैमा वंशानुगत रूपमा यो रोग पाइन्छ । कतिपय टाउको दुख्ने, पेट दुख्ने, हात–खुट्टा नीलो भएको, सुन्निएको महसुस गर्छन् तर वास्तविक रूपमा त्यस्तो भएको पाइँदैन । कोही नाक, मुख आदिमा गडबडी भएको वा बिग्रिएको महसुस गर्छन् भने कोही आन्द्रा कुहिएको शंका गरी चिकित्सककहाँ पुग्छन् । 
शरीरका विभिन्न अंगमा रोगका लक्षण देखिए पनि परीक्षण गर्दा कुनै रोग देखिँदैन । यस्ता रोगका लक्षण अनौठा हुन्छन्, देब्रे खुट्टामा हानेको सिर्का दाहिने हातसम्म पुग्छ । शरीरभरि तातो महसुस हुन्छ । गुप्ताङ्गमा गडबडी भएको त तातो अनुभव भएको, झमझम गर्ने र शारीरिक सम्पर्क कम भएको महसुस हुन्छ । बिरामीहरू यस्ता लक्षण देखिएपछि चिकित्सककहाँ जान्छन् । कोही एड्स भएको र कोही क्यान्सर भएको शंका गर्छन् । अपच भएको महसुस गर्छन् ।  पेट पोलेको वा पेटमा अप्ठ्यारो महसुस गर्छन् । टाउको दुख्छ । मुटुको ढुकढुकी बढ्छ । ढाड दुख्छ । पखाला लागेको वा कब्जियत भएको अनुभव बारम्बार गर्छन् । कसै–कसैले शरीरका अंग बिग्रिएको महसुस गर्छन् । पेटमा हावा भरिएको अनुभूति हुन्छ । मुटु ढुकढुक गर्छ । छिटो–छिटो सास फेर्छन् ।
 यो रोग कसरी छुट्याउने ?
यो रोगको लक्षण एकपटक मात्र देखिँदैन । यो बारम्बार दोहोरिन्छ र बिरामी उपचारबाट सन्तोष मान्दैनन् । रगत परीक्षण एवं एक्सरे गराउँदा पनि रोग पत्ता लाग्दैन ।
 कुन उमेरमा यो रोग बढी पाइन्छ ?
यो रोग प्राय: ३५ वर्षअघि नै सुरु हुन्छ र वर्षौंसम्म रहन सक्छ । 
 किन यस्तो रोग देखा पर्छ ?
यो रोगका धेरै कारण छन् । यद्यपि मनोवैज्ञानिक समस्या नै यसको प्रमुख कारण हो । दिनहुँ हुने नराम्रा घटनाहरू, चिन्ता, रोगका सम्बन्धमा थोरै जानकारी आदिले गर्दा हाम्रो बेहोसी मस्तिष्कमा यस्ता नकारात्मक कुरा सञ्चित भएर बसेका हुन्छन् जसले गर्दा यस्ता लक्षण आएको विश्वास गरिन्छ । त्यसबाहेक हाम्रो मस्तिष्कको नसामा न्युरोट्रान्समिटर भन्ने वस्तुमा गडबडी हुन्छ जसलाई सिटी स्क्यान एवं एम. आर. आई.जस्ता आधुनिक परीक्षणले पनि देखाउन सक्दैनन् । 
 यो रोग निको हुन्छ ?
राम्रोसँग उपचार गरे यो रोग निको हुन्छ । 
 उपचार कसरी गरिन्छ ?
बिरामीलाई सर्पोटिभ साइकोथेरापी दिइन्छ । बिरामीलाई समस्या अवगत गराइन्छ र बेहोसी मस्तिष्कमा रहेको ट्रेसलाई निराकरण गरिन्छ । विभिन्न किसिमका औषधि प्रयोग गरिन्छ । 
 मानसिक रूपमा कसरी स्वस्थ रहने ?
अनावश्यक कुरामा बारम्बार एकोहोरो गहिरो सोच नलिने । अर्काको उपलब्धिलाई सजिलै ग्रहण गर्ने र खुसी हुने । पुराना कुरामा विश्वास नगर्ने । हरेक काममा खुसी, सन्तुष्ट र सुखी हुन सिक्ने । जे छ त्यसमा सन्तुष्ट हुने तर परिश्रम गर्न नछाड्ने । लागूपदार्थ एवं रक्सी सेवन गर्दा मानसिक रोग लाग्ने सम्भावना धेरै हुने भएकाले ती वस्तुबाट टाढै रहने। दैनिक जीवनमा स्वस्थ प्रतिस्पर्धा गर्ने । समाज वा घरपरिवारबाट नकारात्मक वातावरण अन्त्य गर्ने । अति नैतिकवान् नबन्ने र अरूबाट पनि त्यस्तो आशा नगर्ने ।
आफ्ना समस्या आफ्नो परिवार तथा साथीभाइहरूलाई भन्ने बानी बसाल्ने जसबाट मनको चिन्ता कम हुन्छ । मनलाई सधै शान्त राख्ने । अति सानादेखि ठूला मानसिक समस्या हुन्छन् जसमा यस्तो समस्या छ उसले आवश्यक सरसल्लाह लिनुपर्छ ।
 बिरामीले जान्नैपर्ने कुरा 
शरीरका विभिन्न अंगको समस्या एकैपटक आउने हुनाले यो नसाको समस्या हो भन्ने बुझ्नुपर्छ । बिरामी उपचारका लागि सम्बन्धित ठाउँमा जानुपर्छ ।  रोगका बारेमा अनावश्यक शंका गर्नुहुँदैन । खानामा खासै बार्नु पर्दैन, सामान्य मानिसले खाने खाना खानुपर्छ । सम्बन्धित विशेषज्ञको रायअनुसार औषधि सेवन गर्नुपर्छ । यस्ता बिरामीले औषधि सेवन गरेको एक हप्तापछि मात्र समस्या समाधान भएको महसुस गर्छन् । कतिपय बिरामी घरायसी, जागिर, अध्ययन आदि समस्याबाट पीडित हुन्छन् । यस्ता बिरामी यी समस्याबाट निकै चिन्तित हुन्छन् तर त्यसरी आत्तिनु पर्दैन । कतिपय बिरामी शरीर पोल्ने हुनाले नुहाउँछन् । पाठेघरको शल्यक्रियापछि धेरै महिलामा यस्तो समस्या देखा पर्नसक्छ ।
यो रोगका बारेमा राम्रो जानकारी नहुँदा बिरामी धेरै उपचार केन्द्रमा पुग्छन् तर रोग निको हुँदैन । बिरामीहरूले नशा पोल्यो, नशा दुख्यो, क्यान्सर भयो र एड्स लाग्यो आदि भन्ने गरेको पाइएको छ ।
(नशा तथा मनोरोग विशेषज्ञ डा. सी. पी. सेडाईंसँगको कुराकानीमा आधारित  समाग्री 

अब उपत्यकाको ढलको पानीले नुहाउन पाइने व्यवस्था



काठमाडौं, पुस १० । उपत्यकाको ढलको पानी प्रशोधन गरेर नुहाउन मिल्ने बनाइने भएको छ । आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)ले ढलको पानी सफा बनाउन काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा ढल प्रशोधन केन्द्र स्थापना गर्ने तयारी गरेको छ ।

ढलको पानी प्रशोधन गर्न पशुपतिको गुह्येश्वरी, भक्तपुरको सल्लाघारी, ललितपुरको बालकुमारी काड्कु र धोबीघाटमा केन्द्र सञ्चालन गरिन लागेको हो ।
अत्याधुनिक प्रविधिको प्रयोग गरी ढलको पानी नुहाउन मिल्ने गरी प्रशोधन गर्ने तयारी गरिएको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले बताए । उनका अनुसार प्रशोधित पानीलाई बागमतीमा पठाइनेछ ।
ढल प्रशोधन केन्द्रमा नेपाल सरकारको ४० प्रतिशत र एसियाली विकास बैँक (एडिबी)लगायत अन्य दातृनिकायको ६० प्रतिशत लगानी रहेको छ ।
प्रशोधन केन्द्र हरियाली बनाइने
प्रशोधन केन्द्र्रमा आधुनिक प्रविधिद्वारा कभरले ढाकिने भएकाले वरिपरिको वातावरणमा कुनै असर नपर्ने निर्देशनालयले जनाएको छ । छेउछाउमा रूख–बिरुवा रोपेर प्रशोधन केन्द्र हरियाली बनाइने ढकालले बताए ।
गुह्येश्वरी केन्द्र डेढ वर्षभित्रै सञ्चालनमा आउने
उपत्यकाका चार ढल प्रशोधन केन्द्रमध्ये गुह्येश्वरीको डेढ वर्षभित्र पूरा भई सञ्चालनमा आउने भएको छ । त्यसका लागि टेन्डर जारी भइसकेको छ । अरू तीन प्रशोधन केन्द्रको सबै प्रक्रिया पूरा भइसकेकाले टेन्डरको प्रक्रियामा रहेको ढकालले बताए ।
‘ढल प्रशोधन केन्द्र निर्माणका लागि एक चाइनिज कम्पनीसँग छलफल भइरहेको छ, सम्झौताको अन्तिम चरणमा छौँ,’ उनले भने । आगामी ०७६ पुसभित्र तीन प्रशोधनको काम पूरा गर्ने लक्ष्य राखिएको छ ।
दैनिक १० करोड लिटर प्रशोधन हुने राजधानीमा दैनिक १६ करोड लिटर पानी खपत हुँदै आएको छ । कुल खपत पानीको ८० प्रतिशत अर्थात् १२ करोड ८० लाख लिटर पानी ढल बन्ने निर्देशनालयको अनुमान छ ।
चार ठाउँमा ढल प्रशोधन केन्द्र स्थापना भई सञ्चालन भएमा दैनिक १० करोड लिटर ढल प्रशोधन हुनेछ । लक्ष्यअनुसार प्रशोधन हुन नसकेमा ललितपुरको खोकनामा ६ सय रोपनी जग्गा लिई पानी प्रशोधन गर्ने निर्देशनालयले योजना बनाएको छ ।

पाइल्सको घरेलु उपचार

घिउ कुमारीको गुदी पाइल्सका रोगीका लागि धेरै उपयोगी हुन्छ । पाइल्सका कारण मलद्वार दुख्ने वा पोल्ने हुन्छ । त्यसैले विस्तारै घिउकुमारीको गुदी लगाउने जसले शीतलता प्रदान गर्छ ।  बदामको तेल अर्थात् बदाम रोगन पनि लगाउन सकिन्छ । एक दिनमा ३–४ पटक मलद्वारमा बदामको शुद्ध तेल लगाए आराम मिल्छ । 

  पाइल्सका रोगीले तारेको–भुटेको तथा रेशारहित खाना खानु हुँदैन ।  कब्जियत हुन नदिन रेसायुक्त (फाइबर) खाना प्रशस्त खानुपर्छ । अलिभको तेल लगाउँदा पनि आराम प्राप्त हुन्छ । मूलाको रस बिहान बेलुका खाँदा पाइल्सका रोगीलाई फाइदा हुन्छ । काँचो केरा उसिनेर बिहान–बेलुका खाँदा फाइदा मिल्छ । आँपको कोयाको गुदीको चूर्ण महसँग मिसाएर खान सकिन्छ ।

उमेरअनुसार डाइटमा गरौं परिवर्तन

किशोरावस्था 

 किशोरावस्थादेखि ३० वर्षसम्मको उमेरसम्म पाचन क्षमता बलियो हुन्छ । मेटाबोलिक रेट तीव्र हुन्छ र गरिष्ठ  भोजन पनि चा“डै पच्छ । परौंठा, पुरी, खिर, हलुवा आदि कहिलेकाही“ खान सकिन्छ । 
 किशोरावस्थामा जोकोही आफ्ना मित्रजनबाट बढी प्रभावित हुन्छन् र जंकफुडमा बढी रुचि देखाउ“छन् ।    कतिपय किशोर भने आफ्नो तौललाई लिएर बढी सजग हुन्छन् । बालबालिकालाई घरमा बनेको स्वस्थकर      खाना ख्वाउनुपर्छ, जसका कारण उनीहरूमा पोषणको कमी नहोस् । 

  • हाम्रो उमेर बढ्छ, तर हाम्रो खानपानको व्यवहार परिवर्तन हु“दैन । त्यही परौंठा र पुरी जुन हामी २० वर्षको उमेरमा खान्छौं, ४० मा पनि त्यही खान्छौं र ६० मा पनि । परिणाम हामी बिरामी हुन्छौं र कतिपय शारीरिक एवं मानसिक समस्याले सताउ“छ । 
  • उमेरको वृद्धिस“गै पाचन क्षमता घट्दै जान्छ र गरिष्ठ भोजन पचाउन कठिन हुन्छ । 

        तीस वर्षपछि 
  • डाइटिसियनहरूका अनुसार ३० वर्षपछि मेटाबोलिज्म घट्दै जाने हु“दा डाइटमा पर्याप्त पोषकतत्व हुनुपर्छ । 
  • डाइटमा  ५ पोर्सन्स फल र तरकारी हुनुपर्छ ।
  • क्याल्सियमयुक्त आहार पनि आवश्यक छ, विशेषगरी महिलाका लागि, कारण ३५ वर्षपछि महिलाहरूको हड्डी कमजोर हुन्छ । क्याल्सियम इनटेकको ख्याल गरिएन भने अस्टियोपोरोसिसको शिकार बन्न सकिन्छ । 
           चालीस वर्षपछि 
  • ४० वर्षपछि प्रायःजसोको कोलेस्ट्रोल र ब्लड प्रेसर बढ्छ । यो उमेरका मानिसले सातामा एकपटक ओयली फिस जस्तै ताजा टुना, सोलमन, मेकेरेल, किपर्स तथा सार्डिनको एउटा वा दुईवटा पोर्सन खानुपर्छ । यसले ओमेगा थ्री फेरि एसिड्स प्रदान गरी ह्दयलाई स्वस्थ राख्न मद्दत गर्छ । 
  • यो उमेरमा निद्रा नआउने समस्या उत्पन्न हुनुका साथै तनाव, हड्बडाउने र थकान बढ्न सक्छ । यसबाट जोगिन क्याल्सियम र मेग्रिसियम चाहिन्छ जुन हरियो सागपात, ओखर तथा अन्य ड्राइफुटबाट प्राप्त हुन्छ । 
  • ४० वर्षपछि मानिसको रूप–रंगमा पनि परिवर्तन आउन थाल्छ । शरीर क्रमशः कमजोर हु“दै जान्छ । त्यसैले पूर्णरूपमा स्वस्थ रहन हरेक रंगका फलफूल एवं तरकारी खानुपर्छ । फलफूल  एवं तरकारीको रंग जति गाढा हुन्छ, एन्टिअक्सिडेन्ट्सको मात्रा त्यति नै बढी हुन्छ । बेरिज र रातो भेंडेखुर्सानीलाई पनि आफ्नो डाइटमा समावेश गर्नुपर्छ । 
  • जब महिलाहरूमा मेनोपज हुन्छ तब फाइटोएस्ट्रोजेनको मात्रा बढ्छ । सोयाबिन्स, बदाम र फ्लेक सिड्समा तथा भिटामिन ईको मात्रा बढाउ“दा पनि मेनोपजको साइड इफेक्टस“ग लड्न मद्दत मिल्छ । 

          पचास वर्षपछि
  • ५० वर्षपछि सबैभन्दा बढी समस्या हुन्छ । नुनको मात्रा एकदम कम गर्नुपर्छ । बढीभन्दा बढी दिनभरिमा ६ ग्रामसम्म मात्र नुन सेवन गर्न सकिन्छ । नुनको साटो स्वस्थकर मसला तथा जडीबुटी सेवन गर्नु उपयुक्त हुन्छ ।
  • शरीरमा बोसो बढ्न दिनु हु“दैन । विशेष रूपमा पेट र कम्मर वरपर होइन भने डाइबिटिजको सम्भावना वृद्धि हुन्छ । कारण ती स्थानमा बढेको बोसोले इन्सुलिनलाई राम्रोस“ग काम गर्न दि“दैन । अतः बढी स्टार्ची कार्बोहाइडे«ट्स प्रयोग गर्नु हु“दैन । 
  • खानामा लापरबाही गर्नु हु“दैन, खानपानको मात्रा पनि कम गर्नु ठीक होइन । दिनमा तीन पटक भोजनको आवश्यकता हुन्छ । होलग्रेन ब्रेड, पास्ता तथा चामल आदिले लामो समयसम्म पेट भरिएको अवस्थामा राख्छ । 
  • पुरुषहरूले यो उमेरमा टमाटर, तरबुजा र मेवा बढी सेवन गर्नुपर्छ । कारण यिनमा भएको लाइकोपिन प्रोस्टेटले क्यान्सरको सम्भावना कम गर्छ । 

        साठी वर्षपछि 
  • ६० वर्षपछि शरीरमा मिनरल्स र भिटामिनलाई पचाउने क्षमता पनि कम हुन्छ । 
  • आफ्नो डाइटमा रातो मासु समावेश गर्नु लाभदायक हुन्छ, कारण यसमा माइक्रो न्युट्रियन्ट्स हुन्छ । भिटामिन ‘बी’ टु अत्यन्त महत्वपूर्ण हुन्छ तर यो तरकारीबाट प्राप्त हु“दैन । 
  • ६० वर्षपछि रोगप्रतिरोधक तन्त्र पनि कमजोर हुन्छ, । आफ्नो डाइटबाट यसलाई बलियो बनाउन सकिन्छ । भिटामिन सीको मात्रा बढाउनुपर्छ । यसका लागि फ्रुट जुस पिउनुपर्छ । भिटामिन सीले कोलाजन बढाउ“छ ।
  • कोलाजनले कोशिका, छाला, हड्डी, दा“त र कनेक्टिभ टिस्युजको आकार तथा बनावटलाई कायम राख्न मद्दत गर्छ । यसले घाउ–चोट आदिलाई चा“डै ठीक गर्न सहायता गर्छ । 
  • ६० वर्षसम्म आउ“दा मानिसहरू पानी पनि कम पिउन थाल्छन् जसबाट डिहाइड्रेसन, कब्जियत तथा युरिनरी ट्रेकट इन्फेक्सन हुन सक्छ । त्यसैले दिनहु“ डेढदेखि दुई लिटर पानी पिउनुपर्छ । 
  • सेचुरेटेड फ्याटको मात्रा कम गर्नुपर्छ । बिस्कुट, केक तथा तयारी फुडबाट जोगिनुपर्छ । 

        सत्तरी र त्यसभन्दा बढी उमेरमा 
  • यो उमेरमा एनर्जी र प्रोटिनको आवश्यकता कम हुन्छ । यो उमेरमा २० वा ३० को उमेरको जस्तो डाइट उपयुक्त हु“दैन । 
  • टेस्ट बड्स कम हुनु र उमेर बढ्नुका कारण भोक पनि कम लाग्छ अनि तौल पनि कम हुन्छ । यस्तोमा मोनोअनसेचुरेटेड फ्याट लिनुपर्छ । आलुलाई उसिनेर मुछेपछि त्यसमा ओलिभ ओयल मिसाएर खानुपर्छ । यसले एनर्जी प्रदान गर्छ । दूध तथा दूधबाट बनेका परिकार पनि खान सकिन्छ ।
  • यो उमेरमा रोगप्रतिरोधक शक्ति कम हुन्छ तसर्थ सूप र सलादको मात्रा बढाउनुपर्छ । यो पचाउउन सहज हुनुका साथै एन्टी अक्सिडेट्सयुक्त समेत हुन्छ । 
  • यतिबेला पाचनसम्बन्धी समस्या पनि बढ्छ, जसबाट कब्जियत तथा पाइल्स हुन्छ । अतः फाइबरयुक्त आहारका साथ प्रशस्त मात्रामा पानी पिउनुपर्छ । 


प्लाष्टिकको बोतल/गिलासमा पानी पिउनु घातक !

एजेन्सी: प्राय मानिसहरु बोतलमा या त प्लास्टिकको गिलासमा पानी पिउने गर्दछन्। अहिले त झन बोतल र गिलासमा पानी पिउने फेशनकै रुपमा आएको छ। तर अब तपाईले यस्तो गरिरहनु भएको छ भने सावधान हुनुस्। बोतल र गिलासमा पानी पिउनु मानव स्वाथ्यको लागि घातक मानिएको छ। 
 
एक अध्ययनका अनुसार बोतल र प्लास्टिकको गिलासमा राखिएको पानीमा बिसफेनोल ए (BPA) नामक रसायन मिसिएको हुन्छ जसले मानिसको स्वास्थ्यको लागि हानिकारक मानिएको छ। यसबाट बच्न तपाईले बिसफेनोल ए मुक्त बोतल वा प्लाष्टिकको गिलास छान्नु पर्ने हुन्छ। 
 
यस्तै सिसाको बोतललाई प्राकृतिक वस्तुबाट बनाइएको हुँदा यो स्वाथ्यको लागि सबैभन्दा फाइदाजनक हुन्छ। 
 
सूर्यको किरणबाट प्लास्टिकको बोतल वा गिलासमा रहेको बिसफेनोल ए रसायन पानीमा मिल्न जान्छ।यसले मानव स्वास्थ्यलाई नोक्सानी पुर्याउने भएकाले तपाईले प्लास्टिकको बोतल वा गिलासलाई सूर्यको करणबाट बचाउनु पर्ने हुन्छ। 
 
यदि तपाई स्वादिस्ट पानी पिउन चाहनुहुन्छ भने सिसाको बोतलको प्रयोग गर्नुस् किनकी यसमा प्लास्टिकको बोतलले निबुवा वा अन्य अमिलो चिजबाट आउने स्वादले परिवर्तन गरिदिने गर्दछ। यति मात्रै नभएर यदि ठीकसँग प्लास्टिकको बोतल वा गिलासलाई सफा नगरिए किटाणु समेत फैलने सम्भावना धेरै हुन्छ। 
 
यदि तपाईको घरमा बालबालिका छन् भने प्लास्टिकको बोतल वा गिलासको साट्टा सिसाको गिलास वा बोतल प्रयोग गर्नुस्। सिसा बालबालिकाले फुटाउने सम्भावना धेरै भएकाले सिलिकनको एक पत्रले बनेको गिलास वा बोतल किन्नु जुन हतपत्त फुट्दैन्। 
 
प्लास्टिकको बोतल वा गिलासलाई कडा चीजले सफा नगर्नुस्।किनकी गिलास वा बोतलमा रहेको पोलीकार्बोनेट चाडैँ फुट्छ। 
 
तातो पानी वा अन्य तरल पदार्थ प्लाष्टिकको बोतल वा गिलासमा नराख्नुस् किनकी यसमा भएको हानिकारक रसायन मिल्न सक्ने सम्भावना धेरै रहन्छ र यसबाट मानवीय स्वास्थ्यमा हानी पुर्याउने आशंका हुन्छ। 
 
सबै प्रकारको प्लास्टिकको बोतल वा गिलास एक पटकभन्दा बढी प्रयोग नगर्नुस्। जस्तोकी कोल्ड ड्रिंक्स को बोतल, मिनरल पानीको बोतल, चियाको गिलास आदि। यदि तपाईले पुन: दोस्रो पटक प्रयोग गर्नुभयो भने बोतलमा रहेको कारसिनोजेनिक नामक पदार्थ पानीमा मिल्न जान्छ र स्वाथ्यको लागि हानिकारक हुन्छ। 

एउटा यस्तो सागः जसले क्यान्सरदेखि कपाल फुल्नेसम्म करिब ५० रोग ठिक पार्छ !!

एजेन्सी । सागसब्जीमा बेथे ‘चौलाई’ (एक प्रकारको तरकारी) को छुट्टै स्थान छ । दुनियाँभरका मानिस यसको उपयोग तरकारी र खानाका रुपमा स्वास्थ्य लाभका रुपमा गर्छन् । यो अनेकौ औषधीय गुणहरुले भरिएको हुन्छ । बेथे (एक प्रकारको तरकारी) दुई किसिमका हुन्छ, एक सामान्य हरियो पात भएको र अर्को रातो पात भएको हुन्छ । यसले खोकी लाग्ने समस्या र पित्तको नाश गर्छ जसले रक्त विकार टाढा हुन्छ । पेट र कब्जियतका लागि चौलाईको तरकारी एकदमै उत्तम मानिन्छ । बेथेको तरकारी नियमित सेवन गरेमा वाथ ९ युरिक एसिड०, रक्त र त्वचा विकार टाढा हुन्छ । सबैभन्दा ठूलो गुण भनेको शरीरमा भएक सबै प्रकारका विषहरुको निवारण गर्नु हो । यसकारण यसलाई विषदन नाम दिइएको छ । यसको डाठ र पातमा पौष्टिक तत्वहरुको प्रचुर मात्रा पाइन्छ । पेट र कब्जियतका लागि चौलाई एकदमै उत्तम मानिन्छ । बेथेमा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम र भिटामिन ए, मिनिरल्स र आइरन प्रचुर मात्रामा पाइन्छ । यसमा सोना धातु पनि पाइन्छ जो कुनै अन्य सागसब्जीमा पाइँदैन । औषधिका रुपमा बेथेका पंचागं अर्थात पाँच अंग जरा, डाठ, पात, फल र फूललाई प्रयोग गरिन्छ । यसको डाठ र पातमा प्रोटीन, खनिज, भिटामिन ए, सी प्रचुर मात्रामा हुन्छ । भनिन्छ कुनै प्रकारको पनि छाला रोग यसको पात पिसेर २१ दिनसम्म लेप लगाउँदा ठिक हुन्छ । शरीरमा यदि कतै पनि रगत बगिरहेको छ र रोकिएको छैन् भने रातो पात भएको बेथेको जरालाई पानीमा पिसेर पिएमा रगत बग्न रोकिन्छ । एकपटक पिउँदा रोकिएन भने १२ घण्टापछि दोस्रोपटक पिउनुपर्छ । पाठेघर होस् वा मलद्वारबाट रगत बग्नु र रुघा लागेर सिगान बग्ने समस्याका लागि यो उपयोगी हुन्छ । गर्भवतीबाट रगत बग्दा तुरुन्तै जरालाई पानीमा पिसेको रस पिएमा झर्न लागेको गर्भ रोकिन्छ । जसलाई गर्भ खस्ने समस्या छ ती महिलाहरुले मासिक धर्म (रजस्वला)को समयमा हरेक जरालाई पानीमा पिसेर चामलको पानीसँग पिउँदा ठिक हुन्छ । 
सुजनलाई कम गर्छः
ऐमरैन्थ अर्थात बेथेको तेल र पेप्टाइडमा एन्टी इफ्लेमेन्टरी गुण हुन्छ जसले दुःखाई र सुजन कम गर्नमा मद्दत गर्छ । यो पुरानो स्थितीका लागि एकदमै महत्वपूर्ण हुन्छ जहाँ सुजनले स्वास्थ्यलाई प्रभावित गरिरहेको हुन्छ । 
फोडा (पिलो) र डण्डिफोर
फोडा र डण्डिफोरमा बेथेका पातहरुको पुल्टिस बनाएर लगाउँदा चाँडै पाकेर फुट्छ । सुजन भएमा त्यो ठाउँमा यसको लेप लगाउँदा सुजन टाढा हुन्छ । 
तौल घटाउन मद्दत गर्छः
प्रोटीन रक्तमा इन्सुलिनको स्तर कम गरेर हार्मोन बढाएर भोकलाई दबाउँछ जसकारण भोकको महसुस कम हुन्छ । लगभग १५ प्रतिशत बेथेमा प्रोटीन हुन्छ जो तौल घटाउन मद्दतगार छ । 
रक्तचाप कम गर्छः
अध्ययनका अनुसार ऐमरेन्थमा रहेको फाइबर र फिटोन्यूट्रीएन्ट्स नामक तत्वले रक्तचापलाई कम गर्नमा मद्दत गर्छ । जसकारण यो कोलेस्ट्रल, सुजन र रक्तचापसँग प्रभावकारी ढंगबाट लड्छ र मुटु स्वस्थ राख्छ । 
शरीरमा रगत बढाउँछः
औषधिका रुपमा बेथेको जरा, पात र विउ सबै प्रयोग गरिन्छ । यसका पाताहरु र विउमा प्रोटीन, भिटामिन ए र सी प्रचुर मात्रामा हुन्छ । ऐमरैन्थ अर्थात बेथेको साग एनिमिया रोगसँग लड्ने सबैभन्दा उत्तम उपाय हो । यसको सेवनबाट शरीरमा रगतको कमीलाई हटाउँछ । शरीरमा रगतको कमी दुर गर्नका लागि यसको सेवन सब्जी वा सुप (झोल)का रुपमा गर्नुपर्छ । 
क्यान्सरको रोकथामः
एमरैन्थमा भएको पेप्टाइड्स शरीरमा सुजनलाई हटाउने र क्यान्सरको विकास रोक्नमा पनि एकदमै मद्दतगार हुन्छ । यसमा रहेको एन्टी अक्सीडेट कोशिकाहरुलाई क्षतिग्रस्त हुनबाट बचाउँछ । जसले क्यान्सर रोक्न मद्दत गर्छ । 
पाचनमा सहजता (पचाउने सजिलो)
ऐमरैन्थमा रहेको फाइबर र अमिनो एसिडका कारण यसले पचाउनमा एकदमै सहज हुन्छ । यसमा रहेको फाइबरका कारण यसले आन्दामा चिप्कएको मल९दिशा०लाई निकालेर बाहिर धकेल्नमा मद्दत गर्छ जसले पेट सफा हुन्छ र पचाउने शक्ति मिल्छ । यसैकारण यसलाई पारम्परिक रुपमा रोगसँग लडिरहेका विरामीलाई दिइन्छ । 
पिसाबमा जलनः
पिशाबमा हुने जलन रोक्नका लागि बेथेको रसको केही दिनसम्म सेवन गर्दा मुत्रवृद्धि हुन्छ र जलन ठिक हुन्छ । 
रक्त बवासीरः
रक्त बवासीर वा मूत्र (पिशाब)मा रगत आउने समस्या, बेथेको पात पिसेर मिश्री मिलाएर शर्बत बनाएर ३ दिनसम्म लगातार पिएमा ठिक हुन्छ । 
प्रतिरक्षा प्रणाली बोलियो बनाउँछः
ऐमरैन्थको एउटा अर्को स्वास्थ्य लाभ पनि छ जसमा रहेको भिटामिन, खनिज र शक्तिशाली एन्टी अक्सिडेन्टले हाम्रो शरीरको प्रतिरक्षा प्रणाली ठिक राख्न मद्दत गर्छ । यसकारण यदि तपाईको प्रतिरक्षा प्रणाली कमजोर छ भने तपाई बेथे सागको प्रयोग गर्नुस् । 
स्तनको आकार बढाउका लागिः
महिलाहरुले आफ्नो स्तन बढाउन चाँहेमा रहरको दालसँग बेथेको साग पकाएर ४० दिनसम्म लगातार खानुपर्छ । जरा काटेर फाल्नु हुँदैन यो पनि पकाउनुपर्छ । 
एनर्जी बुस्टरः
केही सब्जिहरु र अनाजहरुमा आवश्यक अमीनो एसिडको मात्रा कम हुन्छ । तर, बेथेमा लाइसिन एकदमै धेरै मात्रा हुने भएका कारण यो क्याल्सियमको अवशोषित गर्नका लागि शरीरलाई मद्दत गर्छ । यसकारण बेथे मांसपेशिको निर्माण र उर्जा उत्पादनका लागि एकदमै उपयोगी छ । 
कपाल फुल्ने र सेतो हुन रोक्छः
यदि तपाईको कपाल समय नपुगेरै युवाअवस्थामै फुल्ने समस्या छ भने बेथे सागले समाधान गर्नसक्छ । यो कपाल असमयमा सेतो हुनबाट रोक्न एकदमै प्रभावी उपाय हो । बेथेलाई आफ्नो आहार ९खाना०मा समावेश गरे तपाई यो समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ । 
पत्थरीः
रिपोर्टअनुसार पत्थरी भएको छ भने बेथेको साग ४० दिनसम्म प्रतिदिन खाएमा पत्थरी गल्छ ।

पखाला (अङ्ग्रेजी:डायरिया)

पखाला (अङ्ग्रेजी:डायरिया) दिनभरमा कम्तिमा तीन पटक पातलो दिसा लाग्ने अवस्था हो। पखाला प्रायजसो केही दिनसम्म लाग्ने गर्दछ जसका कारणले शरीरमा रहेको तरल पदार्थको क्षति भइजलवियोजन हुन सक्छ। छालाको लचकतामा कमी आउने तथा मानिसको व्यक्तित्वमा परिवर्तन जलवियोजनको सुरुवातका लक्षणहरू हुन्। पछि बढ्दै गएर पिसाब कम हुने, छालाको रङ्ग परिवर्तन हुने, मुटुको गति तिब्र हुने तथा प्रतिकृया दिन ढिलाइ गर्ने जस्ता लक्षणहरू थपिन सक्छन्। आमाको दूध चुस्ने बालकले सामान्यभन्दा धेरै गिलो तर पानी जस्तो पातलो नभएको दिसा गर्नु पनि सामान्य नै हुन सक्छ।[१]

आन्द्राको सङ्क्रमण गराउने सबैभन्दा प्रमुख कारकहरू भाइरसब्याक्टेरिया वा परजीवी हुनसक्छन्। यस्तो अवस्थालाई ग्यास्ट्रोएन्टराइटिस भनिन्छ। यस्ता सङ्क्रमणहरू प्रायजसो दिसाको संसर्गमा आएर प्रदुषित खाना वा पानीबाट, वा सङ्क्रमित मानिसबाट सिधै सर्ने गर्दछ। पखाला मुख्यतया तीन प्रकारको हुन्छ: छोटो अवधिको पानी-जस्तो पखाला, छोटो अवधिको रगतसहितको पखाला र दुई हप्ताभन्दा लामो अवधिसम्म रहिरहने स्थायी पखाला। यीमध्ये छोटो अवधिको पानी-जस्तो पखाला हैजाको सङ्क्रमणका कारणले भएको हुन सक्छ। यद्यपी विकसित देशहरूमा यस्तो अवस्था विरलै भेटिन्छ। यदि पखालामा रगत मिसिएको छ भने यस्तो अवस्थालाई आउँ परेको भनिन्छ।[१] अन्य केही कारणहरू पनि छन् जसमा कुनै सङ्क्रमणबिना पनि पखाला लाग्ने गर्दछ। जस्तै: हाइपरथाइरोडिजम, ल्याक्टोज इन्टोलरेन्स, इन्फ्लेमेटरी बावेल सिन्ड्रोम, केही औषधोपचारहरू र इरिटेबल बावेल सिन्ड्रोम।[२] प्राय अवस्थाहरूमा वास्तविक कारण पहिचान गर्न दिसाको कल्चर (प्रयोगशाला परीक्षण) गरिरहनु आवस्यक छैन।[३]
सङ्क्रामक पखालाबाट बच्न सरसफाइ, सफा पिउने पानी तथा साबुन पानीले हात धुने जस्ता कुरामा ध्यान दिनु जरुरी छ। विशेषज्ञहरूले बालबालिकाहरूलाई कम्तिमा छ महिना आमाको दूध चुसाउन तथा रोटाभाइरसको विरुद्धमा खोप लगाउन सुझाब दिएका छन्। यसको उपचारमा सफा पानीमा तयार पारिएका जीवनजल वा नुन-चिनी-पानी जस्ता ओरल रिहाइड्रेसन सोलुसनहरू लाभदायक हुन्छन्। जिङ्क चक्कीको प्रयोग पनि सिफारिस गरिएको छ।[१] यस्ता उपचारहरूले विगत २५ वर्षमा ५ करोडभन्दा बढी बालबालिकाहरूको ज्यान जोगाइसकेको छ।[४] जब कसैलाई पखाला लाग्छ तब स्वस्थ खाना नियमित रूपमा खान र बच्चालाई निरन्तर दूध चुसाउन सुझाब दिइएको छ।[१] यदि बजारमा पाइने ओरल रिहाइड्रेसन सोलुसनहरू उपलब्ध छैनन् भने घरमै पनि नुन-चिनी-पानी बनाउन सकिन्छ।[५] अत्यन्त गम्भीर जलवियोजन भएकाहरूलाई नसाबाट दिइने तरल पदार्थहरूको आवस्यकता पनि पर्न सक्छ।[१] यद्यपी प्राय धेरै पखालामा मुखबाट दिइने झोल खानेकुरा नै पर्याप्त हुन्छ।[६] पखाला लागेको बेलामा एन्टिबायोटिक औषधिको प्रयोग अत्यन्तै कम गरिन्छ। रगतसहितको पखालासँगै उच्च ज्वरो आएका, यात्राको लगत्तै गम्भीर पखाला लागेका र दिसामा विशेष प्रकारका ब्याक्टेरिया वा परजीवी भेटिएका मानिसहरूलाई एन्टिबायोटिक औषधिको सिफारिस गरिन्छ।[३] लोपेरामाइडले पातलो दिसा कम गराउन सघाउन सक्छ तर गम्भीर अवस्थामा पुगेका बिरामीहरूलाई यो औषधि प्रयोग गर्न हुँदैन।[३]
विश्वभर प्रत्येक वर्ष करीब १ अर्ब ७ करोडदेखि ५ अर्ब पखालाका बिरामी भेटिन्छन्।[१][२] पखाला प्रायजसो विकासोन्मुख देशहरूमा देखा पर्छ। त्यस्ता देशका बालबालिकाहरू वर्षमा तीन पटकसम्म पखालाको सिकार हुन्छन्।[१] पखालाका कारण सन् २०१३ मा करीब १२ लाख ६० हजारको मृत्यु भयो जुन सन् १९९० को मृतक सङ्ख्या(२५ लाख ८० हजार)भन्दा कम हो।[७] सन् २०१२ मा यो रोग पाँच वर्षमुनिका बालबालिकाको मृत्युको लागि दोस्रो प्रमुख कारणको रूपमा रह्यो (७ लाख ६० हजार वा ११%)।[१][८] पटक-पटक पखाला लाग्यो भने यसले कुपोषण निम्त्याउन सक्छ। पाँच वर्षमुनिका बालबालिकाहरूमा हुने कुपोषणको प्रमुख कारण पखाला नै हो।[१]पखालाकै कारणले शारीरिक वृद्धि नहुने तथा बौद्धिक विकास पनि कमजोर हुने समस्या देखा पर्छ।[८]

हेपाटाइटिस


हेपाटाइटिस भाइरस द्वारा हुने सरुवा रोग हो।यस रोगले मानिसको कलेजोमा असर गर्दछ।अन्य मौसम भन्दा बर्षातको समयमा बढी देखा पर्दछ।यसको बेलैमा उपचार भएन भने लिभर क्यान्सर तथा सिरोसिस अफ लिभर हुने संभावना हुन्छ । यसलाई एड्स भन्दा पनि खतरनाक मानिन्छ । हेपाटाइटिस बाट मर्नेको संख्या एड्स बाट मर्नेको संख्या भन्दा १०गुणा बढी हुन्छ । मानव शरीरमाकलेजो महत्वपूर्ण अङ्ग हो । यो सुन्निएको अवस्था नै हेपाटाइटिस हो । विभिन्न विषाणुको संक्रमण, औषधिको प्रयोग, क्यान्सर आदि हेपाटाइटिसका कारण हुन् । मुख्य रुपमा हेपाटाइटिस भाइरस ए.बी, सी, डी र ई पर्दछन् । संसारमा १४ लाख व्यक्तिलाई प्रत्येक वर्ष हेपाटाइटिस ‘ए’ ले आक्रमण गर्दछ भने २ करोड हेपाटाइटिस ‘बी’ को शिकार भएको पाइन्छ । हेपाटाइटिस ‘सी’ ले भने १५ करोडलाई आक्रमण गरिसकेको छ । प्रत्येक वर्ष करिब १० लाखको मृत्यु हेपाटाइटिसबाट भइरहेको छ भने ७८ प्रतिशत कलेजोको क्यान्सरको कारण हेपाटाइटिस बी र सी देखिएको छ ।

हेपाटाइटिस ए र ई

दिसाको माध्यमबाट सर्ने यस रोगले विद्यालय जाने बालबालिका, जवान, वृद्धवृद्धा सबैलाई आक्रमण गरेको पाइन्छ । यी दुई महामारीमूलक हेपाटाइटिस गर्मी मौसममा बढी देखिन्छन् । ढलनलको उचित प्रबन्ध नहुनु, शुद्ध खानेपानीको अभाव, अशुद्ध खाना, स्वास्थ्य चेतनाको अभाव आदि यसका प्रमुख कारण हुन् । शरीरमा हेपाटाइटिस ए विषाणु प्रवेश गरेको २–४ हप्तामा र हेपाटाइटिस ई विषाणु प्रवेश गरेको २–८ हप्तामा जन्डिसलगायतका लक्षण तथा चिह्नहरुदेखिन थाल्दछ । सरसफाइ राम्रो नभएको विकासोन्मुख देशका ९० प्रतिशत बालबालिका दश वर्षको उमेर नपुग्दै संक्रमित भएको पाइन्छ । [१]

लक्षणहरु तथा चिन्हहरू

पहिलो अवस्था (१ देखि २ हप्ता) खानामा रुचि घट्दै जानु, वाकवाकी लाग्न थाल्नु, ज्वरो आउनु, दिसा तारन्तार हुनु,पेटको दायाँ कोखा दुख्नु आदि पर्दछन् । दोस्रो अवस्थाः पहिलो अवस्था देखिएको एक हप्तापछि यो अवस्था देखिएको पाइन्छ ।यसका प्रमुख लक्षणमा दिसा तथा पिसाबमा पहेंलोपना, आँखा, नङ, मुख र शरीरमा क्रमशः पहेंलोपना बढ्दै जान्छ ।तेस्रो अवस्थाः दोस्रो अवस्थाका लक्षणहरु हराएर जान्छन्, बिरामी कमजोर हुन्छ तर सन्चो महसुस गर्दछ । 

उपचार तथा सजगता

बिरामीले प्रशस्त झोल तथा सफा र ताजा खानेकुरा खानुपर्छ, बिरामीलाई आराम अत्यन्तै आवश्यक हुन्छ, जथाभावी जडीबुटी तथा एलोपेथीका औषधिले ज्यान जानसक्छ किनकि कमजोर कलेजो थप कमजोर भई काम गर्न नसक्ने हुन सक्दछ । तपार्इंहरुलाई यो अवगत नै छ कि हामीले प्रयोग गर्ने प्रायः औषधिहरु कलोजोको माध्यमबाट पच्ने हुन्छ । व्यक्तिगत शुद्धता र सरसफाइ विशेष गरी खाना खानुअघि र खाना खाएपछि साबुनपानीले राम्ररी हात धुनुपर्दछ । उमालेर र जीवाणुनाशक औषधि प्रयोग गरेर पानी खानुपर्दछ । राम्ररी पकाएको खानेकुरा खानुपर्दछ । बिरामीले प्रयोग गरेका कपडाहरु राम्ररी घाममा सुकाएरमात्र प्रयोग गर्नुपर्दछ । सबैले चर्पीमा दिसापिसाब गर्ने बानी बसाल्ने र बालबच्चाको दिसा पनि चर्पीमा विसर्जन गर्ने गर्नुपर्दछ । घरवरिपरिको ढल निकासलाई व्यवस्थित पार्दै जानुपर्दछ । बिरामी शिथिल हुँदै गएमा तुरुन्त स्वास्थ्य संस्थामा लानुपर्दछ । गाउँघरमा जन्डिस झार्ने भनेर टाउकोमा काँसको बटुका राखी अण्डा घोलेर मन्त्र पढेजस्तो गर्ने अनि घोलिएको अण्डा देखाएर जन्डिस झर्यो भन्ने कुसँस्कार एकदमै गलत हो ।

हेपाटाइटिस बी

हेपाटाइटिस बी भाइरसले कलेजोमा संक्रमण गर्दछ । संसारभर करिब २ करोड जनसंख्यालाई यसले आक्रमण गरिसकेको छ भने यसका विभिन्न असरबाट प्रत्येक वर्ष ६ लाखले ज्यान गुमाइरहेको विकराल अवस्था छ । एउटा मननयोग्य कुरा के छ भने एचआईभीभन्दा ५० देखि सय गुणा बढी खतरनाक यो भाइरसको संक्रमण सुरक्षित व्यवहार, सचेतना र भ्याक्सीनबाट रोक्न सकिन्छ । संक्रमित व्यक्तिको रगत तथा रगतजन्य पदार्थ ग्रहण गर्दा, असुरक्षित यौन सम्पर्कको माध्यमबाट अङ्गग प्रत्यारोपण गर्दा, आमाबाट बच्चा जन्मँदा, लागूऔषधको लागि सुईको असुरक्षित प्रयोग आदिबाट यो सर्दछ । स्वास्थ्यकर्मीहरु जस्तैः सर्जन, ल्याबमा काम गर्ने व्यक्तिहरु उच्च जोखिममा पर्दछन् । खाना तथा पानीको माध्यमबाट हेपाटाइटिस बी सरेको पाइएको छैन । शरीरमा विषाणु पसेको करिब ३० देखि १ सय ८० दिनमा यसले लक्षण तथा चिह्नहरु देखाउन थाल्दछ ।

लक्षण तथा चिह्नहरु

प्रायः व्यक्तिमा पहिलो चरणमा कुनै लक्षण तथा चिह्नहरु देखिँदैन । कसै–कसैले जन्डिस, वाकवाकी लाग्ने, खाना मन नलाग्ने, पेट दुख्ने, उल्टी गर्ने आदि लक्षणहरु देखाउँछन् तर केही व्यक्तिमा भने दीर्घ रुपमा कलेजोको संक्रमण भई कलेजोको सिरोशिस तथा क्यान्सर हुन्छ । मुख्यतः ९० प्रतिशत दीर्घ संक्रमण चाहिँ नवजात शिशुमा देखिएको छ । हेपाटाइटिस बी बाट संक्रमित ९० प्रतिशत स्वस्थ्य जवान व्यक्ति छ महिनामा आपैंm निको हुन्छ ।

उपचार

हेपाटाइटिस बी को उपचार यही हो भनेर भन्न नसकिए पनि पौष्टिक खानपान, झोलिलो खानेकुरा र स्वस्थ्यकर आनीबानी अपनाउनुपर्दछ । हेपाटाइटिस बी बाट संक्रमित दीर्घरोगीहरुलाई इन्टरफेरोन, एन्टीभाइरल औषधिहरु प्रयोग गरिन्छ । अल्पविकसित देशहरुमा यो रोग पत्ता लाग्दा कलेजोको क्यान्सर भइसकेको पाइन्छ, जसले गर्दा रोग पहिचान गरेको केही महिनामै बिरामीको मृत्यु हुने गर्दछ । विकसित देशहरुमा अप्रेशन तथा केमोथेरापीबाट केही वर्ष बढी बाँच्न सक्ने उपचारहरु गरिन्छ । कहिलेकाहीँ कलेजो प्रत्यारोपणबाट नयाँ जीवन प्राप्त गर्न पनि सकिन्छ ।

सजगता

हेपाटाइटिस बी को भ्याक्सिन प्रयोग गर्नु उपयुक्त हुन्छ । हिजोआज नेपाल सरकारले आप्mनो खोप कार्यक्रममै यो भ्याक्सिन समावेश गरेको छ । सन् १९८२ देखि १ करोडभन्दा बढी हेपाटाइटिस बी भ्याक्सिन प्रयोग भइसकेको पाइन्छ ।

हेपाटाइटिस सी

झन्डै–झन्डै हेपाटाइटिस बी को जस्तै अवस्था देखाउँदछ । यो संक्रमण सामान्यभन्दा अत्यन्तै खतरनाक हुन्छ । करिब १ करोड मानिस हेपाटाइटिस सी को शिकार भइसकेका छन् भने ३ लाख ५० हजार प्रत्येक वर्ष मर्ने गर्दछन् । यसको रोकथामको लागि अहिले कुनै भ्याक्सिन प्रयोग नभए पनि यसको उपचार सम्भव छ । रगत तथा रगतजन्य पदार्थको प्रयोग, अङ्ग प्रत्यारोपण र सुई मार्फत लागूऔषध प्रयोगबाट तथा जन्मिको क्रममा आमाबाट बच्चामा यो भाइरस सर्न सक्दछ । यो खाना तथापानीबाट सर्दैन ।

लक्षण तथा चिह्नहरु

शरीरमा विषाणु प्रवेश गरेको करिब २ हप्तादेखि ६ महिनामा लक्षणहरु देखिन्छन् ।करिब ८० प्रतिशतमा भने लक्षणहरु नै देखिँदैनन् । जस्तोः ज्वरो आउनु, थकान महसुस हुनु, खान मन नलाग्नु, वाकवाक लाग्नु, उल्टी हुनु, पेट दुख्नु, गाढा रङ्गको पिसाब हुनु, खैरो रङ्गको दिसा हुनु, जोर्नी दुख्नु र जन्डिस देखिनु आदि पर्दछन् ।

उपचार तथा सजकता

सबै हेपाटाइटिस सी को उपचार नचाहिन पनि सक्दछ । इन्टरफेरोन र रिवाभिरिन नामक एन्टीभाइरल ओषधिको प्रयोग गरिन्छ । नयाँ औषधि टेलाप्रिभिर र बोसीप्रभिर आदि प्रयोग हुन थालेका छन् तर सबैको उपचार सम्भव नहुन सक्दछ किनकि यी औषधिहरु सहजै र सहजै प्राप्त गर्न कठिन हुन्छ भने कतिपय अवस्थामा विरामीमा प्रयोग गर्न सकिन्न । यसको आप्mनो भ्याक्सिन नभएकोले सचेतना अपनाउनुपर्दछ । आवश्यकताविना र असुरक्षित रुपमा सुई प्रयोग गर्नु हुँदैन । हेपाटाइटिस सी जन्य फोहोरमैलाको उचित व्यवस्थापन गर्नुपर्दछ । लागूऔषध प्रयोग त्याग्नुपर्दछ । असुरक्षित यौन सम्पर्क राख्नु हुँदैन । असुरक्षित रगत तथा रगतजन्य पदार्थहरुको प्रयोग गर्नु हुँदैन । ट्याटु खोप्ने,एक्युपन्चर, नाक–कान छेंड्नेमा विशेष ध्यान पुयाउनुपर्दछ । [२]

हेपाटाइटिस भनेको के हो जान्नै पर्ने कुराहरु

हेपाटाइटिस ए (पहिले संक्रामक हेपाटाइटिसको रूपमा परिचित) एक जीर्ण संक्रामक रोग हो जुन हेपाटाइटिस ए भाइरस (HAV) को कारणले गर्दाकलेजो मा हुने गर्छ।[१] धेरै मामिलाहरूमा केही मात्र लक्षणहरू देखिन गर्छ वा नदेखिन समेत सक्छ, विशेषगरी भर्खरका बच्चाहरूमा।[२] लक्षण देखिने व्यक्तिहरूमा, संक्रमण भएको दुई देखि छ हप्ताको बीचमा लक्षण देखा पर्ने गर्छ।[३] लक्षण देखिँदा सामान्यतया तिनीहरू आठ हप्तासम्म देखा परिरहन्छन् जसमा निम्न पर्न सक्छन्: वाकवाकी लाग्ने, वान्ता हुने, पखाला लाग्ने, छाला पहेँलो हुने, ज्वरो आउने, र पेट दुख्ने।[२] लगभग 10–15% मानिसहरूले प्रारम्भिक संक्रमणपछि छ महिनासम्म यी लक्षणहरू बारम्बार अनुभव गर्ने गर्छन्।[२] जीर्ण कलेजो खराबी (कलेजोले काम गर्न छाडेको अवस्था) पनि हुन सक्छ तर यो बिरलै रूपमा हुने गर्छ र प्राय: वृद्धवृद्धाहरूलाई हुने गर्छ।[२]
यो सामान्यतया संक्रमित दिसा (विष्ठा) मिश्रित खानेकुरा खानाले वा त्यस्तो पानी पिउनाले फैलने गर्छ।[२] पर्याप्त रूपमा नपकाइएका शीपदार माछा तुलनात्मक रूपमा यसको सामान्य स्रोत हो।[४] यो संक्रमित व्यक्तिसँग नजिकबाट सम्पर्क गर्नाले पनि फैलन सक्छ।[२] संक्रमित बालबालिकाहरूमा प्राय: लक्षणहरू नदेखिने भए तापनि, उनीहरूबाट यो संक्रमण अन्यहरूमा सर्न सक्छ।[२] एकपटक संक्रमित भएपछि उक्त व्यक्ति जीवनभर यसबाट फेरि संक्रमित हुँदैन।[५] यो रोग लागेको पत्ता लगाउनको लागि रगत परीक्षण गर्न आवश्यक हुन्छ किनभने यसका लक्षणहरू अन्य केही रोगहरू लाग्दा देखिने लक्षणहरू जस्तै हुन्छन्।[२] यो पाँचवटा ज्ञात हेपाटाइटिस भाइरस मध्ये एक हो: ए, बि, सि, डि, र इ।
रोकथामको लागि हेपाटाइटिस ए खोप प्रभावकारी हुन्छ।[२][६] केही देशहरूमा पहिले खोप नलगाएका बालबालिकाहरू र उच्च जोखिममा रहेकाहरूको लागि यसलाई नियमत: सिफारिस गरिएको हुन्छ।[२][७] यो जीवनभरको लागि प्रभावकारी रहेको देखिएको छ।[२] रोकथामका अन्य उपायहरूमा हात धुने र खानेकुरालाई राम्ररी पकाउने पर्दछन्।[२] यसको कुनै निश्चित उपचार छैन, र वाकवाकी वा पखाला को लागि आवश्यकता अनुसार विश्राम र औषधिहरू सिफारिस गरिन्छ।[२] संक्रमणहरू सामान्यतया कलेजोको रोग जारी रहे बिना पूर्ण रूपमा निको हुन्छन्।[२] जीर्ण कलेजो खराबी भएको अवस्थामा, यसको उपचार भनेको कलेजो प्रत्यारोपणहो।[२]
प्रत्येक वर्ष विश्वभर लगभग 15 लाख लक्षणात्मक मामिला देखिने गर्छ[२] र समग्रमा सम्भवत: सयौँ लाख संक्रमण हुने गर्छ।[८] यो विश्वका ती क्षेत्रहरूमा बढी हुने गर्छ जहाँ सरसफाइको अवस्था एकदमै नाजुक हुन्छ र पर्याप्त रूपमा सुरक्षित पिउने पानी उपलब्ध हुँदैन।[७] विकासशील मुलुकहरू मा लगभग 90% बालबालिकाहरू 10 वर्षको उमेरसम्ममा यसबाट संक्रमित भइसकेका हुन्छन् र त्यसकारण वयस्क हुँदासम्ममा उनीहरू यसबाट प्रतिरक्षित भइसकेका हुन्छन्।[७] सामान्य रूपमा विकसित देशहरूमा यसले प्रकोपको रूप लिने गर्छ जहाँ बालबालिकहरू सानै छँदा यसको सम्पर्कमा आउँदैनन् र व्यापक रूपमा खोप लगाइएको पनि हुँदैन।[७] सन् 2010 मा, जीर्ण हेपाटाइटिस ए को कारणले गर्दा 1,02,000 जनाको मृत्यु भएको थियो।[९] भाइरल हेपाटाइटिस को बारेमा जागरुकता फैलाउन प्रत्येक वर्ष जुलाई 28 का दिन विश्व हेपाटाइटिस दिवसपर्ने गर्छ।[७]

नेपाली Mp3 गीतहरु

Slideshow Pictures

धेरैले मन पराएको

बिज्ञापन

nepalipatro-nagarik

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf