Home » » गर्भवती पत्नीलाई आगो लगाउनेविरुद्ध मुद्दा दर्ता

गर्भवती पत्नीलाई आगो लगाउनेविरुद्ध मुद्दा दर्ता


fire victim

बाँके, वैशाख २४– विवाहमा मोटरसाइकल र भैँसी दाइजो नल्याएको भन्दै गर्भवती पत्नीलाई जिउँदै आगो लगाउने फरिद शेखविरुद्ध बाँके प्रहरीले ज्यान मार्ने अभियोगमा मुद्दा चलाएको छ । जिल्लाको विकट क्षेत्र राप्तीपारि लक्ष्मणपुर–८ मियापुरवाका फरिदले श्रीमती रिहाना सेख ढफालीलाई दाइजो नल्याएकै निहुँमा मट्टितेल छर्केर आगो लगाएका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार आरोपित फरिदविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ । घटनामा संग्लन भनिएका सासू–ससुरा र श्रीमान्समेत भारततिर भागेकाले अहिलेसम्म पक्राउ गर्न सकिएको छैन । फरिदले दाइजोको निहुँमा गत चैतमा पत्नी रिहानालाई मट्टितेल खन्याई आगो लगाएका थिए । गम्भीर घाइते रिहानाको काठमाडौँमा उपचार भइरहेको छ । 
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf