
गरेका दुईजना कर्मचारीलाई जिल्ला अदालत रुपन्देहीले थप अनुसन्धानका लागि दुई दिनको म्याद थपी प्रहरी हिरासतमा राख्न आदेश दिएको छ ।
प्रहरीले तेलको मापदण्ड नाप्ने आयाल निगम अधिकृत स्तरका कर्मचारी रविन्द्रकुमार राउत र दीपेन्द्र बस्नेतलाई आइतबार निगमको क्षेत्रीय कार्यालय भलवारीबाटै अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । दवैजनालाई पक्राउ परेका ट्यांकरका चालक र सहचालकको बयानका आधरमा प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरी स्रोतका अनुसार पक्राउ परेका राउत र बस्नेतले आफ्नो गल्ती प्रहरी सोधपुछमा स्वीकार गरेका छन् । प्रहरीले आधिकारिक रुपमा राउत र बस्नेतसगँ बयान नलिएपनि नियन्त्रणमा लिएपछि सोधपुछको क्रममा प्रहरीसमक्ष उनीहरुले आफनो गल्ती स्वीकारेका हुन् ।
भारतबाट इण्डियन आयल निगमले ट्यांकरमा लगाएको सिल बिचबाटोमा तोडिए पनि आफुहरुले उक्त ट्यांकरमा भएको तेल स्वीकार गर्ने गरेको प्रहरी सोधपुछमा राउत र बस्नेतले बताएको प्रहरी स्रोतले अनलाइनखबरलाई जनाएको छ । स्रोतका अनुसार २ जना कर्मचारीहरु बाहेक तेल चोरीमा निगमका अन्य कर्मचारीहरुको समेत संग्लनता रहेको प्रहरीले आशंका गरेको छ ।
घटना लगत्तै फरार भएका डिजल माफिया भनिएका पडसरी १ का विनोद उप्रेती, रामचन्द्र अधिकारी र मधवलीया ३ का विक्की भन्ने विकास क्षेत्री, पूर्वमन्त्री दानबहादुर चौधरीका छोरा लप्पु चौधरीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं पश्चिमाञ्चल ट्यांकर व्यवसायी संघ बुटवलका प्रमुख सल्लाहकार चोपनारायण श्रेष्ठ, अध्यक्ष राकेशकुमार कशौधन, बरिष्ठ उपाध्यक्ष बालकृष्ण गैरे र निवर्तमान अध्यक्ष हरिबहादुर कुँवरका नाममा शुक्रबारै पक्राउ पुर्जी जारि गरिए पनि उनीहरु अहिले सम्म फरार रहेको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विक्रम सिंह थापाले बताए ।
त्यसैगरी बुटवल २ का दयाशंकर यादव, तौलिहावाका वृजेन्द्र कुमारी चौधरी, प्रेमराज गैरेको, बुटवल ८ कि पि्रती जयसवाल, पिंकी कलवार जयसवाल, राजेश कुमार अग्रवाल, पशुपतिनाथ कशौधन, रुद्र शर्मा, बुटवल मिलनचोकका श्रवणकुमार श्रेष्ठ, पप्पु कुमार कशौधन पनि सम्पर्कमा नआएको प्रहरी उपरीक्षक थापाले बताए ।
उनले भने फरार आरोपीहरुलाई पक्राउ गर्न हामीले २ वटा प्रहरी टोली खटाएका छौ र उनीहरुको खोजीकार्य तिव्ररुपमा जारी छ ।
जनतासँग गद्दारी गदिँन : एसपी थापा
एसपी थापा भन्छन्- “जागिर छोडिदन तयार छु , तर कसैको दबावमा यो विक्रमसिंह थापा आउने छैन ।” उनले भने-”म, मेरो परिवार र जनताले तिरेको करबाट किनिएको तेलमा भएको लुटलाई छुट दिएर म कुनै पनि हालतमा पनि जनतासँग गद्दारी गर्न सक्दिँन । जुन थालमा खायो त्यही थालमा प्वाल पार्न सक्दिँन ।”