Home » » सार्क राष्ट्रकै परिचित पर्यटकीय नमुना गाउँ लमजुङ घलेगाउँ जाऔं,

सार्क राष्ट्रकै परिचित पर्यटकीय नमुना गाउँ लमजुङ घलेगाउँ जाऔं,

लमजुङ, वैशाख २२ -


सार्क भिलेजको रूपमा परिचित पर्यटकीय घलेगाउँमा मंगलबारदेखि घलेगाउँ महोत्सव हुँदैछ । 'सार्क राष्ट्रकै नमुना गाउँ घलेगाउँ जाऔं, प्राकृतिक छटा र गुरुङ सस्कृतिमा रमाऔं,' भन्ने नाराका साथ मनाउन लागिएको महोत्सव वैशाख २५ गतेसम्म चल्नेछ । महोत्सवमा स्थानीय कला संस्कृतिको प्रदर्शन गरिनेछ । यस पटक थप आकर्षणको रूपमा घलेपार्क, गोरखा पार्क र खैमती पार्क निर्माणसमेत भइरहेकाले ऐतिहासिक खोजका लागि पनि टेवा पुग्ने घलेगाउँ पर्यटन व्यवस्थापन समितिले जनाएको छ । पर्यटन विकासका लागि घलेगाउँवासी २०५६ सालदेखि निरन्तर सक्रिय हँुदै आएका छन् । २०६८ सालमा सार्कको नमुना गाउँको रूपमा छनोट भएपछि घलेगाउँले अझ बढी चर्चा पाएको हो । तीन वर्षदेखि मोटरबाटोले जोडेकाले बेंसीसहरबाट झन्डै २ घन्टामा पुग्ने भएपछि पर्यटकलाई सहज भएको छ ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf