Home
»
नेपाल खबर
»
भारतीय टोलीले टर्किस विमान हटाउन काम थाल्यो फोटोसहित
लमजुङ्, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा दुर्घटनामा परेको टर्किस एयरलाइन्सको विमान हटाउन भारतबाट उपकरणसहित आएको विज्ञ टोलीले काम थालेको छ ।
विमानस्थलको धावन मार्ग नजिकै घाँसे मैदानमा दुर्घटनामा परेको टर्किस जहाज हटाउन विज्ञ टोलीले उपकरणसहित काम थालेको हो । भारतीय वायुसेवाको हर्कुलस जहाजमा ल्याइएको सो उपकरणको प्रयोग गरेर जहाज हटाउन लागिएको हो । भारतीय वायु सेनाको विमान विज्ञ टोली उपकरणसहित बिहीबारै काठमाडौँ आइपुगेको हो । विमान हटाउने उपकरण नहुँदा बुधबार बिहानदेखि प्रस्थान र अवतरण गर्दै आएका ७० अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएको छ । टर्किस एयरलाइन्सको उडान नं टिके ७२६ विमान अवतरण गर्ने क्रममा बुधबार बिहान धावन मार्गको पश्चिमको घाँसे मैदानमा अड्किएर धावन मार्ग अवरुद्ध भएपछि अन्तर्राष्ट्रिय उडान रद्द गरिएको थियो ।विमानस्थलबाट हुने आन्तरिक उडान भने नियमित सञ्चालन भइरहेको छ । रासस दुर्घटनाग्रस्त टर्किस जहाज हटाउन भारतीय वायु सेवाको हर्कुलस विमानमा ल्याइएको मेसिन ।