Home » » प्रताप लामा भए नेपाली तारा,मोटरसाइकल र अढाइ लाख पुरस्कार

प्रताप लामा भए नेपाली तारा,मोटरसाइकल र अढाइ लाख पुरस्कार

फाल्गुन २२ । सांगीतिक रियालिटी शो ‘कोकाकोला नेपाली तारा ३’ को उपाधि प्रताप लामाले चुम्न सफल भएका छन् । निर्णायकबाट प्राप्त अंकमा दर्शकको भोटको आधारमा नेपाली तारा ३ को उपाधि लामाले प्राप्त गरेका हुन् । विजेताले एउटा बजाज डिस्कोभर मोटरसाइकलसहित २ लाख ५० हजाररुपैयाँ र तीनवटा गीत गाउने अवसर पाएका छन् ।
जसको तीनवटा म्युजिक भिडियो बनाइने छ । फाइनलका लागि सुरेश लामा, प्रताप लामा र देबेस राई छानिएका थिए । देवेश फस्ट रनर अप भएका छन् भने सुरेशले तेस्रो स्थानमा चित्त बुझाउनु परेको छ । फाइनलमा उत्कृष्ट तीन प्रतियोगीले आफ्नो अन्तिम प्रदर्शन दिएका थिए । निर्णायकले उनीहरुको प्रदर्शनका आधारमा मूल्यांकबअन गरेका थिए । अन्तिम १० प्रतियोगी प्रत्येकले ११ हजार रुपैयाँ पाउनुका साथै ‘टप टेन” एल्वममा गाउने अवसर पाउने छन् । ‘नेपाली तारा ३”को यात्रा गत भदौ १७ मा धरानबाट सुरु भई नारायणगढ, बुटवल, पोखरा, भक्तपुर हुँदै काठमाडौ आइपुगेको थियो । कोका–कोला प्रमुख प्रायोजक हुनुका साथै यसमा डिसहोम र मास्टरपीसले पनि सहकार्य गरेको थियो ।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf