परिवारतामाङ वेबसाइट तपाईलाई कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला! धन्यवाद, तामाङ परिवार लाइक पेजमा गएर प्रतिक्रिया,सुझाब सल्लाह दिनुहोला! ''सम्पर्क''०५००८४०८२४

SELLING PAGE

SELLING PAGE
Latest Post
Showing posts with label music. Show all posts
Showing posts with label music. Show all posts

बहु चर्तित गायिका कला राइको नयाँ यल्बम ( इशारा ) को तयारीमा


युवापुस्ताका चर्चित गायिका कला राईको अहिले सम्म वजारमा “ कला ”, “अफर ” र “लुक्स ” म्युजिकल एल्वमहरु सार्वजनिक भइसकेको छ ।
अधिराज्यव्यापी लोकगीत प्रतियोगितमा उनी प्रथम भएकी थिइन् । अधिराज्यव्यापी आधुनिक गीत प्रतियोगितामा भने दोस्रो। त्यतिमात्रै होइन, उनी केएटीएच संगीत प्रतियोगितामा पहिलो र ब्राइटर तिम्रो सुर मेरो गीतमा दोस्रो भएकी थिइन् |
साङितिक क्षेत्रमा लागेर राइले सम्पुर्ण दर्शक तथा स्रोताको अपार माया पाएकी छिन । यो माया र सद्भाव जिबनको अन्त्य सम्म पाइरहने आशाका साथ अगाडि बढिरहेकी छिन।कला भन्छिन मेरो दर्शकस्रोता नै मैले कमाएको मुल्यबान सम्पती हुन् । कला अहिले विभिन्न स्टेज प्रोग्राम,आफ्नो एल्बम प्रोमोसन र गित रेकर्डिङमा नै समय बिताउछिन् । देश बिदेशमा हुने कन्सर्ट्ले गर्दा यस क्षेत्रमा बाच्ने आधार बनाइदियको गायिका राई बताउछिन्।
भरखरै हङकङको सांगीतिक कार्यक्रम सकेर नेपाल आएकी कलाले एकल एल्बम “इशारा” बजारमा लिएर आउने भएकी छिन । “इशारा ” उनको चौथो एल्बम हो । ” इशारा ” एल्बममा  आधुनिक लोक र पप गितहरु समेटिएका छन् । सो एल्बममा ६ वटा गितहरु छन् । जुन एल्बममा ” इशाराले बोलाउने” , ” बिनायो मुर्चुङ्गा” , ” धेरै रोय” , “लाग्छ माया” , “फुल फुल्यो चमेली ” र “साकेला नाचौ” रहेको बताएकी छिन । गायिका कला भन्छिन अहिले सबै गित रेकर्ड भैसक्यो अब म्युजिक भिडियोको तयारिमा छु ।

उदाउँदै छन् गीतकार खड्का, हाल साउदीमा कार्यरत उनी अबको केही समयपछि नै आफ्नो एकल रचना रहने एल्वमका गीतहरुको रेकर्ड कार्यको तयारीमा जुटेका छन् ।

लमजुङ,१२,वैशाख, नेपाली गीत सङ्गीतको मोह बढ्दो छ । बढ्दो यो मोहमा मरिमेट्ने उत्तिकै मात्रामा पाइन्छन् । चाहे त्यो गायनमा होस् या त सङ्गीत श्रृजनामा अथवा गीत रचनामा नै किन नहोस्, पछिल्लो पुस्तामा यसको क्रेज बढेको पाईन्छ । समय परिस्थिति अनि भोगाईहरुलाई उत्कृष्ट रचना मार्फत गीतमा उतार्न तल्लीन गीतकारहरु मध्येका एक हुन् मोरङ टाँडीस्थित किरात चौकका दिपेन्द्र खड्का । बाल्यअवास्थाबाट नै कथा, गीत, नाटक र गजलहरुको रचनामा सक्रिय उनी पछिल्ला केही वर्ष यता विषेश गरेर गीत रचनामा लागि परेका छन् । उनले यसअघि अधुरो जिन्दगी नामक नाटक सङ्ग्रह गाउँले दर्शक माझ पस्किसकेका छन् । यसलाई राष्ट्रिय स्तरसम्म चिनाउने लक्ष्य समेत उनको छ ।
हाल साउदीमा कार्यरत उनी अबको केही समयपछि नै आफ्नो एकल रचना रहने एल्वमका गीतहरुको रेकर्ड कार्यको तयारीमा जुटेका छन् । 'जहाँ ईच्छा त्यहाँ उपाय' भने झै आफू देश वाहिर रहेपनि आफ्नो श्रृजनालाई पूर्णता दिन उनी लागी परिरहेका छन् यतिबेला । उनको यस कदमलाई सदैव सङ्गीत क्षेत्रमा लाग्न हौसला दिने उनकी सहयात्री रेखा तुम्सा खड्का गीतकार तथा गायक नरेन्द्र घर्ति र सङ्गीतकार बि. बि. अनुरागीको सहयोगमा उनको पहिलो गीत 'तिमी मेरो जीवनमा आयौ र हाँस्न सिके...' बोलको गीतको केही दिन अघि मात्र प्रिजम स्टुडियोमा रेकर्ड सकिएको छ । यस गीतमा गायक अर्जून सुनामको स्वर रहेको छ भने सङ्गीत बि.बि. अनुरागीको रहेको छ । यस्तै 'कल्पनामा डुबी हेर म तिम्रै समीपमा हुन्छु...' बोलको अर्को गीत केही दिनमै रेकर्डिङ सम्पन्न गर्ने सोच रहेको र उक्त गीतमा मिलन अमात्य र बि.बि. अनुरागीको स्वर रहने छ भने सङ्गीत बि.बि. अनुरागीको रहने रचनाकार खड्काले जानकारी गराए ।
आफूले करीव सय भन्दा बढी गीतहरु रचना गरिसकेको भएपनि बल्ल आएर गीत रेकर्डिङ गर्न सफल भएकोमा हर्षित भएको उनले बताए । उनले भने 'मेरो लागि सङ्गीत सम्पूर्ण कुरा हो र म मेरोे जीवन रहुनजेलसम्म यस क्षेत्रबाट टाढा रहन सक्दिन । आफू यस क्षेत्रको विकासलागि जुनसुकै हिसाबबाट सदैव लागि परिरहने कुरामा पनि उनले जोड् दिए ।

फागुपुर्निमा को दिनमा सेक्सी डान्स गर्दै लोकदोहोरी गायिका ज्योति मगर भिडियो सहित्


प्रताप लामा भए नेपाली तारा,मोटरसाइकल र अढाइ लाख पुरस्कार

फाल्गुन २२ । सांगीतिक रियालिटी शो ‘कोकाकोला नेपाली तारा ३’ को उपाधि प्रताप लामाले चुम्न सफल भएका छन् । निर्णायकबाट प्राप्त अंकमा दर्शकको भोटको आधारमा नेपाली तारा ३ को उपाधि लामाले प्राप्त गरेका हुन् । विजेताले एउटा बजाज डिस्कोभर मोटरसाइकलसहित २ लाख ५० हजाररुपैयाँ र तीनवटा गीत गाउने अवसर पाएका छन् ।
जसको तीनवटा म्युजिक भिडियो बनाइने छ । फाइनलका लागि सुरेश लामा, प्रताप लामा र देबेस राई छानिएका थिए । देवेश फस्ट रनर अप भएका छन् भने सुरेशले तेस्रो स्थानमा चित्त बुझाउनु परेको छ । फाइनलमा उत्कृष्ट तीन प्रतियोगीले आफ्नो अन्तिम प्रदर्शन दिएका थिए । निर्णायकले उनीहरुको प्रदर्शनका आधारमा मूल्यांकबअन गरेका थिए । अन्तिम १० प्रतियोगी प्रत्येकले ११ हजार रुपैयाँ पाउनुका साथै ‘टप टेन” एल्वममा गाउने अवसर पाउने छन् । ‘नेपाली तारा ३”को यात्रा गत भदौ १७ मा धरानबाट सुरु भई नारायणगढ, बुटवल, पोखरा, भक्तपुर हुँदै काठमाडौ आइपुगेको थियो । कोका–कोला प्रमुख प्रायोजक हुनुका साथै यसमा डिसहोम र मास्टरपीसले पनि सहकार्य गरेको थियो ।

नेपाली Mp3 गीतहरु

Slideshow Pictures

धेरैले मन पराएको

बिज्ञापन

nepalipatro-nagarik

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf