भारतको नागाल्याण्डमा स्थानीयले एक बलात्कारका अभियुक्तलाई जेलबाट निकालेर कुटी कुटी हत्या गरेका छन् । नागाल्याण्डको राजधानी दिमापुरमा यस्तो घटना भएको डेली मेलले जनाएको छ ।
यसरी मारिने फरिद खान स्थानीय कार ब्यापारी भएको बताइएको छ । भिडले जेल तोडेर फरिदलाई जेल बाहिर निकालेपछि जम्मा भएका स्थानीयले उनलाई मरणान्त हुने गरी कुटेका थिए ।
पटक पटक बलात्कारको आरोपमा पक्राउ परेका फरिद पछिल्लो पटक पनि एक कलेज पढाउने महिलालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका थिए ।
हजारौंको संख्यामा जेलमा पुगेका स्थानीयलाई जेल तोडेर उनलाई घिसार्दै बाहिर निकालेका थिए । उनलाई मारेपछि समेत शवलाई चौवाटोमा राखेर पर्दर्शन गरिएको थियो ।
भारतमा बलात्कारका घटना बढ्दै गएपछि त्यहाँ पटक पटक ठूला ठूला विरोध प्रदर्शन भएका छन् । यसरी सडकमै कुटी कुटी मान्छेको प्राण लिएका घटना भारतमा नयाँ होइन ।