Home » » फ्‍लाइट रडार-24 को लाइभ अपडेटमा आइतबार साँझ आठ बजे काठमाडौ आकाशमा देखिएको एयर ट्राफिक जाम। डेढ घन्टा होल्ड गर्दा पनि जहाजले पालो पाएनन्

फ्‍लाइट रडार-24 को लाइभ अपडेटमा आइतबार साँझ आठ बजे काठमाडौ आकाशमा देखिएको एयर ट्राफिक जाम। डेढ घन्टा होल्ड गर्दा पनि जहाजले पालो पाएनन्



 
काठमाडौं : त्रिभुवन विमानस्थलको धावन मार्गमै दुर्घटनाग्रस्त भएको टर्किस जहाज हटाएपछि चार दिनसम्म अवरुद्ध भएको काठमाडौं एयरपोर्ट शनिबार राति खुलेपछि विमानस्थल निकै व्यस्त रहेको छ।
 
आइतबार बिहानदेखि बेलुकासम्म नै काठमाडौंको आकासमा ट्राफिक जाम भयो। अवतरण तथा उडानका लागि चालिस मिनेट देखि डेढ घन्टासम्म जहाजले पालो कुर्नुपर्‍यो। शनिबार रातिदेखि आइतबार साँझ साढे ६ बजेसम्म काठमाडौं विमानस्थलमा चालिस उडान भइसकेका छन्।
 
अवतरणका लागि पालो कुर्नका लागि आकाशमै एक घन्टासम्म जहाजहरु होल्ड गर्दा दिनभर एयर ट्राफिक जाम भएको हो। लामो समय आकाशमा पनि होल्ड गर्दा पालो नपाएपछि तीनवटा जहाज डाइभर्ट गरी भारतको विमानस्थलमा लगिएको थियो। पछि ती विमानलाई काठमाडौं विमानस्थलमा अवतरण गराइएको त्रिभुवन विमानस्थल कार्यलयका प्रबन्धक पूर्ण चुडालले बताए। एयर अरविया र अोमान एयरको जहाजलाई डाइभर्ट गरी लखनउ र एयर एशियाको जहाजलाई कलकत्ता लगेर अवतरण गराइएको थियो।
 
उडान सुचारु भएपछि व्यस्त त्रिभुवन विमानस्थल / तस्बिर : उमा विष्ट
 
अन्तराष्ट्रिय उडानमा पच्चिसवटा बायु सेवा कम्पनी संलग्न छन्। विमानस्थल खुलेपछि नियमित उडानसँगै थप उडानका तालिका पनि निर्धारण गरेपछि एक्कासी चाप बढेको हो। आइतबार मात्रै ७० वटा उडानको तालिका तय गरिएको थियो । सिमित क्षमताको पार्किङका कारण जहाजको उडान र अवतरणमा समस्या भएको छ। एकपटकमा नौवटासम्म ठूला जहाज पार्किङ हुनसक्ने क्षमता छ।
 
चालिस उडान साढे छ बजेसम्म। दिनभर जाम, चालिस मिनेटदेखि डेढ घन्टासम्म आकाशमै होल्ड गर्नुपर्ने । एयर अरेबियाको जहाज धेरैबेर होल्ड गर्दा पनि पालो नपाएपछि डाइभर्ट गरेर लखनउ विमानस्थलमा अवतरण गराइएको थियो। एयरपोर्टमा नौ वटा मात्रै ठूला जहाज पार्किङ गर्न सकिने अवस्था छ। टर्किस जहाजले विमानस्थल ठप्प हुँदा चालिस हजारभन्दा बढी यात्रु प्रभावित भएका थिए भने पचासभन्दा बढी उडान प्रभावित भएका थिए। 

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf