Home » » फेल भएपछि लक्ष्मीले आत्महत्या गरिन्

फेल भएपछि लक्ष्मीले आत्महत्या गरिन्

मोरङ : शुक्रबार सार्वजनिक एसएलसी परीक्षामाको नतिजामा अनुत्तिर्ण भएपछि मोरङमा एक किशोरीले आत्महत्या गरेकी छन् ।


एसएलसीमा फेल भएपछि मोरङको उर्लाबारीकी–७ की १७ वर्षीया लक्ष्मी खड्काले शुक्रबार साँझ झुन्डिएर आत्महत्या गरेकी हुन् ।

स्थानीय सुनपकुवा उच्च माविबाट २०७१ को एसएलसी दिएकी उनी विज्ञान बिषयमा अनुत्तीर्ण भएकी थिइन् ।

विज्ञानमा फेल भएको खबर पाएछि निराश बनेकी उनको शव शुक्रबार साँझ साढे ६ बजे झुण्डिएको अवस्थामा स्थानीयबासीले घरैमा भेटाएका उर्लाबारीबाट स्थानीय पत्रकार तेजन खड्काले जानकारी दिएका छन् ।
खड्काले अस्थायी प्रहरी चौकी उर्लाबारीेका प्रहरी सहायक निरीक्षक भीमबहादुर भुजेललार्इ उधृत गर्दै जानकारी दिए अनुसार उनको शव पोष्टमार्टमका लागि प्राथामिक स्वास्थ्य केन्द्र मंगलबारेमा राखिएको छ ।

पढाइमा तेज दिमागकी लक्ष्मीले यो एसएलसीमा राम्रो अंक ल्याएर पास हुने कुरा साथी र नातागोतालाई बताउँदै आएकी थिइन् । लक्ष्मी हजुरआमासँग बसेर पढ्दै आएकी थिइन् । उनकी आमा गोमा खड्का रोजगारीका लागि विदेशमा छिन् ।

लक्ष्मीका बाबुले भक्तबहादुर खड्काले पनि झण्डै डेढ बर्षअघि आत्यहत्या गरेर मरेको खुल्न आएको छ ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf