Home » » अमेरिकाको टेक्सासमा आफ्नै गोली हानी हत्या गरिएकी नेपाली चेली समिरा शिवाकोटीको हत्यारालाई प्रहरीद्वारा पक्राउ

अमेरिकाको टेक्सासमा आफ्नै गोली हानी हत्या गरिएकी नेपाली चेली समिरा शिवाकोटीको हत्यारालाई प्रहरीद्वारा पक्राउ

टेक्सास, अमेरिका, जुन २० । यहाँको कोलोनी भन्ने ठाउँमा आफ्नै स्टोरमा गोली हानी हत्या गरिएकी नेपाली चेली समिरा शिवाकोटीको हत्यारालाई प्रहरीले पक्राउ गरेको छ । कोलोनी शहरको प्रहरीले आज एक पत्रकार सम्मेलन गरी शिवाकोटीको हत्यारा पक्राउ परेको जानकारी दिएको छ । हत्यारा १९ वर्षको अश्वेत वर्णको डियोन किङ्ग्सटन जुनियर नामको किशोर रहेको प्रहरीले जारी गरेको प्रेस रिलिजमा उल्लेख छ ।


प्रहरीले फोटोसहित समिरालाई गोली हानी हत्या गर्ने हत्याराको विवरण सार्वजनिक गरेको हो । कोलोनी शहरको मेन स्ट्रिटमा रहेको -यापिडो कन्भेनियन्स स्टोरमा गतसाता बुधवार दिउँसो करीब एघार बजेतिर सोही व्यक्तिले स्टोरभित्र पेस्तोल प्रहार गरी शिवाकोटीको हत्या गरेको थियो ।

यो व्यक्तिले अस्ति बुधवार पनि हतियार देखाएर फ़्रिस्को भन्ने ठाउँको अर्को पसल लुटेको थियो । प्रहरीले समिरा हत्याराको शंकास्पद सूचीमा राखेर डियोन किङ्ग्सटनलाई खोजी गरिरहेको थियो । किङ्ग्सटन बुधवार फ़्रिस्को कन्भेनियन्स स्टोरमा पेस्तोल देखाएर लुटपाट गरी फरार थियो । यसैगरी बिहीवार अपरान्ह करीब चार बजेतिर यही व्यक्तिले कोलोनीकै टेक्साको ग्याँस स्टेशनमा हतियार देखाई स्टोर लुटेर भाग्दै गरेको अवस्थामा प्रहरीले तत्काल उसलाई पक्राउ गरेको थियो । सिलसिलावर लुटपाटमा संलग्न किङ्ग्सटन नै समिराको हत्यारा भएको पुष्टी भएको भन्दै प्रहरीले आज यसरी समिरा हत्यारालाई पक्राउ गरेको जानकारी गराएको छ । 

३१ वर्षीया समीराका नौ महिना र दुई वर्षकी दुई नावालिक छोरीहरु छन् भने पति नवराज डेन्टनमा बस्छन् । नवराजले पारिवारिक व्यवसयको रुपमा विगत चार वर्षदेखि विगत चार वर्षदेखि टेक्सासको कोलोनीमा ग्याँस स्टेशन र कन्भेनियन्स स्टोर सन्चालन गर्दै आएका थिए । सोही स्टोरमा काम गर्दै रहेकी समीरालाई जुन १० तारिख बुधवार किङ्ग्सटनले गोली प्रहार गरी हत्या गरेका थिए । हत्या गरिएकी समिराको गत आइतवार दाहसंस्कार गरिएको थियो।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf