Home » » बलात्कार अभियोगमा प्रहरी नै पक्राऊ

बलात्कार अभियोगमा प्रहरी नै पक्राऊ

आषाढ १ । पांचथरको अमरपुरस्थित इलाका प्रहरी चौकी भालुचोकमा कार्यरत प्रहरी जवान दिपेश चौधरीलाई बलात्कार अभियोगमा नियन्त्रणमा लिइएको छ ।
स्थानीय ५७ वर्षीया महिलालाई बलात्कारको प्रयास गरेको अभियोगमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुखदिपक पोखरेलका अनुसार चौधरीले बलात्कारको प्रयास गरेको जानकारी पाउनासाथ प्रहरी निरिक्षक टोलीले नियन्त्रणमा लिएको हो ।
चौधरी घरमा पैसा पठाउँछु भन्दै चौकीबाट बाहिरिएका थिए । त्यसपछि गाँउमा मदिरा सेवन गरी अन्य दुईजना महिलामाथि पनि हातपात गरेको स्थानीयले बताए ।
गाँउभर वितण्डा मच्चाउदै हिँडेको भन्दै स्थानीयले कारवाहीको माग गर्दै अमरपुर बजारमा प्रदर्शन समेत गरेका थिए ।
चौधरीलाई जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा राखी अनुसन्धान शुरु गरिएको प्रहरी नायव उपरिक्षक  पोख्रेलले बताए ।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf