Home » » पुरूषको पहिलो नजर रातो पहिरन लगाउने युवतीमा

पुरूषको पहिलो नजर रातो पहिरन लगाउने युवतीमा

एक अध्ययनबाट पत्ता लागेको छ कि पुरुषलाई रातो पहिरन पहिरिने युवती बढी आर्कषक लाग्छन् । एक शोधका अनुसार पुरुष महिलालाई रातो पहिरनमा देख्न ज्यादा इच्छुक हुन्छन् ।

शोधका अनुसार रातो रङ्गको पहिरन लगाउने युवतीलाई पुरुषले पहिल्यै डेटमा नजिक सम्झिन्छन् । यस्तो शोध गर्ने व्यक्तिहरुले शोधको सिलसिलामा १८ देखि २१ वर्षका १ सय २० पुरुष छात्रहरुप्रति गरिएको अध्ययनले यस्तो नतीजा देखाएको हो ।

शोधकर्ताहरुले उक्त १ सय २० छात्रहरुलाई ४ समूहमा विभाजित गरे । त्यसपछि छात्रहरुलाई अलग–अलग रङ्गको कपडा लगाएका महिलाहरुका फोटो दिइयो । त्यसपछि ती छात्रहरुलाई उक्त तस्वीरमा अंक दिन भनियो र साथै पहिल्यै डेटमा कुन रङ्गको कपडा पहिरिएका युवतीलाई सेक्सको नजरले हेरिन्छ भनी सोधियो ।

ती छात्रहरु मध्ये अधिकतमले रातो रङ्गको कपडा पहिरिएको महिलाहरुसँग यौन सम्बन्धको इच्छा देखाए । शोधमा अन्य रङ्गको तुलनामा छात्रहरुले रातो रङ्ग लगाएका युवतीहरुलाई रुचाएका थिए ।

शोधका अनुसार रातो रङ्ग वासना, रोमान्स र महिला प्रजननसँग जोडिने देखिएको छ ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf