Home » » ल हेर्नुस त मकैले गर्छ औषधिको काम

ल हेर्नुस त मकैले गर्छ औषधिको काम

मकै लोकप्रिय अन्न हो। अधिकांश एसियाली देशमा मकैको खेती हुन्छ। मकै भुटेर खाँदा पनि स्वादिष्ट हुनुका साथै यसमा भरपूर पौष्टिक तत्त्व पनि हुन्छ। कुनै बिरामी वा कमजोरी भयो अथवा रगतसँग सम्बन्धित स्वास्थ्य समस्या समाधानका लागि पनि मकै उपयोगी हुन्छ। मकैको उपयोगिता यस्तो छ : क्षयरोगीका लागि क्षयरोग लागेका व्यक्तिलाई मकैको रोटी सेवन गराए लाभ हुन्छ।
ज्वरोले ग्रस्त भएको व्यक्तिलाई मकै खुवाउँदा राम्रो हुन्छ। मकैले एक पूर्ण आहाराको काम गर्नुका साथै शरीरलाई ऊर्जा प्रदान गर्छ। रगत बढाउँछ मकैको दाना उमालेर खाँदा आमाशय मजबुत हुन्छ। किनकि मकैमा रगत बढाउने तत्त्व हुन्छ। रक्तअल्पताको समस्या भएकाले एक महिनासम्म लगातार मकै उमालेर खाए रक्तअल्पतासम्बन्धी समस्या समाधान हुन्छ। मिर्गौलालाई राम्रो गर्छ मकैलाई सफा गरेर पिउने पानीमा उमाल्नुहोस्। मकै उमालिएको एक गिलास पानीमा मह मिसाएर राख्नुस्। त्यसपछि मकैको दाना चपाउनुस् र अन्तिममा पानी पिउनुस्।

यसले मिर्गौला तथा मूत्रप्रणाली राम्रो बनाउँछ। मिर्गौला सफा राख्ने उत्तम उपाय हो। बच्चाले ओछ्यानमा पिसाब फेर्दैन २० ग्राम मकै पिसेर त्यसलाई एक गिलास पानीमा राखेर एक चम्चा मह राखी दिनमा तीनपटक बच्चालाई खुवाए बच्चाले ओछ्यानमा पिसाब फेर्न छाड्छ। रुघा लागेको बेला आराम मकै भुटेर त्यसको सातु बनाउनुस्। त्यसमा आफ्नो स्वादअनुसार सिधेनुन हाली एक दिनमा चारपटक एक चम्चाको दरले फाँको खानुस्।
यसले रुघाखोकीबाट मुक्ति दिन्छ। लहरे खोकी निको हुन्छ मकैको दाना निकालेर त्यसलाई डढाई खरानी बनाउनुपर्छ। त्यसमा एक चिम्टी महमा राखेर दिनको दुई/तीनपटक खाँदा लहरे खोकी निको हुन्छ। यसैगरी मुटुको कमजोरी हटाउन पनि मकै उपयोगी हुन्छ। त्यसका लागि मकैको खरानी महमा नभई मक्खनमा मिसाएर खानुपर्छ। मिर्गौलाको कमजोरी हटाउँछ ताजा मकै पानीमा उमालेर त्यसमा मिश्री मिसाई नियमित पिउँदा पिसाब पोल्ने र मिर्गौलाको कमजोरी ठीक हुन्छ।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf