Home » » अनलाइन तथा इन्टरनेट सामाजिक सञ्जालमा भाइरल बनेको समाचारप्रति संगिता वलीको ध्यानाकर्षण

अनलाइन तथा इन्टरनेट सामाजिक सञ्जालमा भाइरल बनेको समाचारप्रति संगिता वलीको ध्यानाकर्षण

विभिन्न अनलाइन मिडिया तथा इन्टरनेट सामाजिक सञ्जालहरुमा भाइरल भएर आएको संगिता वलिको ‘इजरायमा रहनुहुने नेपाली दाज्युभाई दीदी बाहिनिले सङ्गीता वली देखि साबधान रहनु होला’ भन्ने शिर्षकको  समाचारप्रति  आरोपित संगिता वलीले आफ्नो ध्यानाकर्षण भएको जनाउदै समाचार  कपोकल्पित , निराधार, भ्रमपूर्ण र झुटो भएको भन्दै खण्डन गरेकी छिन् ।

अनाधिकारीक अनलाइन व्लगहरु, र  इन्टरनेट सामाजिक सञ्जाल फेसबूकमा इजरायलमा गैरकानूनी रुपमा रहेका नेपालीहरुलाई काम लगाइदिन्छु भन्दै अध्यागमन प्रहरी लगाएर पक्राउने गरेकोले उनीदेखि सावधान रहन नेपालीहरुलाई आह्वान गर्दै  फोटो सहितको  समाचार भाइरल वनेपछि आरोपी संगिता वलीले  विज्ञप्ति जारी गरी प्रचार गरिएका सम्पूर्ण कुराहरु  झुट तथा कपोकल्पित भएको प्रस्ट गरेकी छिन् ।
आरोपित संगिता वलीद्वारा जारी ध्यानकर्षण तथा खण्डनको पूर्ण अंश :

ध्यानकर्षण तथा खण्डन
म संगिता देबी ओली झापा घर भै सन् 2005 देखि हाल सम्म इजरायलमा बस्दै आएको छु । यस अवधिमा मैले गर्दै आएका काममा कसैलाई पनि नराम्रो गरेको जस्तो लाग्दैन । अहिलेसम्म मैले गरेको कामप्रति औला कसैले पनि उठाउने काम भएको थिएँन, तर यति लामो समय पछी मलाई तथ्यहिन आरोप लगाई मेरो इज्जतलाई सामाजिक संजाल फेसबुक लगायत बिभिन्न ब्लग र ग्रुपहरुमा मेरो विरुद्धमा कपोकल्पित इस्टाटस भेटेको छु ।  त्यसप्रर्ति मेरो पूर्ण ध्यानाकर्षण भएको छ । त्यस कुरा को खण्डन गर्दै मलाई चिन्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लाई सो कुरा गलत भएको प्रस्ट पार्दै म सम्बन्धित घटना यहाहरु समक्ष राख्न चाहन्छु ।  म संगीता ओली एजेन्सी को रुपमा 2005 देखि हाल सम्म कामगर्दै आएको हुँदा नेपालबाट दिदिबहिनी दाजुभाइहरु लाइ ल्याउने मात्र नभई यहिँ भएका नेपालि दाजुभाइ दिदिबहिनीहरुलाई कामको समस्या पर्दा मैले निरन्तर रुपमा सहयोग गर्दै आइरहेको छु । यति लामो अवधिमा मैले धेरैलाई काम मा स्थापित गरेको छु । यहिँ क्रममा गत मिति 2015|4|15 … का दिन सिता थापा खनाल बहिनीले मलाई रिलिभर कामको लागि अनुरोध गर्दै फोन गरेको र साथमा अर्को साथी{तारा गिरि }को पनि काम नभएको जानकारी गराउनु भयो  । उहाँहरुलाई हाइफामा काम भएको हुँदा तेलअभिव रेल इस्टेसंनमा भेटी त्यहाँबाट भाडा आफैले तिरी फाइफा लगेको र त्यहाँ पुग्नासाथ काममा जान नमिलेको हुदा केहि समय पर्खनु भन्ने एजेन्सिको जानकारी आएको हुदा मैले उहाँहरुलाई सुरक्षित रूपमा राख्ने गरेको ठाउमा लगे त्यपछि मआफ्नु कामको लागि एजेन्सी गएँ । सोहि समयमा एजेन्सीले इन्सुरेन् को लागि एजेन्सिको मान्छेले भेटेर दुवै जनासंग पासपोर्ट माग्ने क्रममा तारा गिरीले उहाँलाइ इन्सुरेस  चाहिदैन भनेर पासपोर्ट नदेको र सिता खनाल ले दिएको करिब 2 घण्टा पछी तारा गिरीलाई इम्प्लोयर लिन आउने भयो र सिता खनाललाईइ मलाई काममा पुर्याइदिन एजेन्सिले अनुरोध गरेको  र त्यस पछि मैले तारा र सितालाइ फोन गरें उहाँहरुसंग कुरा हुदा उहाँहरुले भोक लागेको कुरा गर्नु भयो म खाजा लिएर आउने क्रममा अचानक एमिग्रेसनको गाडी देखेर म झस्किएँ । उहाँहरु समातिएको कुरा थाहा हुन् आयो सिता थापाले मित्र कार्की आफ्नो दाइ भनेको हुनाले मैले तुरुन्त उहाँ संग कन्ट्याक्ट गरें  र सम्पूर्ण कुरा को जानकारी गराएँ ।  मित्र भाईसंग मेरो पनि राम्रो रिलेसन थियो फोनमा कुरा भइरहन्थ्यो । मित्र भाइले मलाई  टेन्सन नलिन आग्रह गर्दै भन्नुभयो तपाइले पक्राको होइन त्यस्तो हुन् पुग्यो सिता को लोयरको पेपर छ उसलाई अप्ठ्यारो पर्दैन । इजरायलको नियम अनुसार भिसा नभएको व्यक्तिलाइ काममा पुर्याउने ब्याक्ति पनि दोषी ठहरिने हुदा मलाई अप्ठ्यारो पर्ने हुदा म तेलअभिव फर्किएँ । केहि समय पछी पुन मित्र भाइले फोन गर्नुभयो दिदि सीताको पासपोर्ट चाहियो भनेर ।  पासपोट एजेन्सीसंग भएको हुदा मैले तुरुन्त एजेन्सीलाइई कल गरी पासपोट सम्बन्धित मान्छेलाइ दिन अऩुरोध गरें । उनको पासपोर्ट शोभा बिस्ट मार्फत उमेश बोहोरा भाइ लाइ हात लगाएँ  । तर यहिँ कुरा लाइ बढाई चदाइ मलाई तथ्यहिन आरोप लगाइ सिता थापा खनालले बिभिन्न मान्छेहरु लगाई मेरो इज्जत माथि खेलबाड गरियो ष  बास्तबमा यी सिता र तारा मैले चिनेकै ब्याक्ति हरु होइनन उहाँहरुप्रति मेरो व्यक्तिगत रिसइबि हुने कुरै रहेन । आखिर मैले किन त्यस्तो काम गर्थें ? त्यस्तो काम गर्नको लागि भाडा तिरितिरी मैले फाइफा पुर्याउन पर्त्यो र ? यस्तो नियतले मैले एजेन्सिको काम गर्न सक्थें होला त ? यति लामो समयसम्म सफलतापूर्वक काम गर्नु नै यी कुराहरु आरोप मात्र हुन् भन्ने कुरा स्पष्ट हुन्छ ।  यस्तो नियत राखी एजेन्सीको काम गर्न नसकिने कुरा सम्पूर्णमा प्रस्ट पार्दछु । संजोगबस यस्तो घटना घट्न गयो त्यसमा मपनि ढुखी छु ।  कामगर्दै जाँदा सानातिना गल्ति कमजोरीहरु जो कसैको पनि हुन्छ । तर यस्तो निच काम गर्न म कल्पना पनि गर्न सक्दिन । उहाँ अन्यायमा पर्नु भएको हो भने उहाँ राजदुतावास लगायत संघ संस्थाहरुमा जान सक्नुहुन्थ्यो । तर, उहाँ त्यहाँ नगएर मेरो विरुद्धमा जथाभाबी लेख्न थाल्नुभयो ।  त्यसपछी म आफै बिभिन्न संघसंस्था र राजदूतावास गएँ ।  उहाँलाइ राजदूतावासले पटकपटक बोलाउदा पनि उहाँ उपस्थित हुनु भएन, किन ? उहा किन सम्पर्कमा आउनुहुन्न ? त्यसैले यो गलत व्यतिको भ्रममा नपर्नुहुन र साथ नदिनहुन सम्पूर्ण दाजु भाई तथा दिदिबहिनीहरुलाइ अनुरोध गर्दछु । यस्तो प्रकारको प्रचारप्रसार नरोकिएमा म न्यायको ढोका ढकढकाउन बाध्य हुनेछु  ।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf