Home » » पीडितलाई बाँच्ने इच्छा,तमोर नदीमा भेटिए बोक्न नसक्ने माछा 'फोटोसहित'

पीडितलाई बाँच्ने इच्छा,तमोर नदीमा भेटिए बोक्न नसक्ने माछा 'फोटोसहित'

भूकम्पको पीडा सेलाउन नपाउदै बर्षा अगाडि नै ताप्लेजुङका विभिन्न क्षेत्रमा गएको पहिरोको कारण ३५ जनाको मृत्यु भएको छ । पहिरोमा परेर अहिलेसम्म २६ जना घाइते भएका छन् । पहिरोको कारण अहिले पनि धेरै बस्तीहरु जोखिममा रहेका छन् । पहिरोको कारणले गर्दा खोज तथा उद्दारमा समेत कठिनाई भएको छ । पीडितहरुले तत्कालिन सुरक्षित स्थानमा सार्न माग गरेपनि पहिरोको कारण खोजकार्यमा कठिनाई आएको छ । पहिरो पीडितहरुले शुक्रवार मात्र केही राहतको सामग्री पाएका छन् । नेपाली सेनाको हेलिकोप्टार मार्फत राहत पुर्याएपछि पीडितहरुको लागि ठूलो राहतको महशुस गरेका छन् ।
Tamor river fish  (4)
ताप्लेजुङको पहिरोमा परी मृत्यु हने परिवारले शोकमा छन् । हराई रहेकाहरु परिवार अझै पनि जीवितै भेटिने आशामा बसेका छन्। तर पनि दैवी विपतिको अगाडि कसको के लाग्दो रहेछ। खोज तथा उद्दार गर्नको लागि निरन्तरको पहिरो बाधक भएको छ ।
Tamor river fish  (2)
यता तमोर नदीमा बाढी पहिरोका कारण नदी किनारामा भेटिएका माछा बोक्न नसकेर स्थानीयले नाम्लो लगाएर बोकेका छन् । तमोर नदीमा बाक्लो लेदो आएको कारण नदी किनारामा माछा यत्रतत्र छरिएका छन् । नदीको छालले फालेका माछालाई मानिसहरुले डोकोमा बोकेर बजारतर्फ लगेका छन्।
Tamor river fish  (3)
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf