Home » » अमेरिकाको टेक्ससमा सवारी दुर्घटना, एक नेपाली महिलाको मृत्यु

अमेरिकाको टेक्ससमा सवारी दुर्घटना, एक नेपाली महिलाको मृत्यु

लमजुङ, २४ जुन - टेक्सासको ह्युस्टनस्तिथ चिम्नी रकमा  मोटर दुर्घटनामा परि एक नेपाली महिला  इन्द्र कुमारी सुबेदीको  मृत्यु भएको छ साथै उक्त घटनामा दुई नेपालीहरु  समेत  घईते भएका कुरा  ह्युस्टनबाट  नारायण हरि  पाण्डेले बताए।
 बेलुका पख घुम्न निस्केको बेला बस स्टेसनमा अनियन्त्रित मोटर  सडकबाट बाहिर आउदा यस्तो घटना भएको थियो ।  घईते भएका दुई नेपालीको नजिकैको अस्पतालमा उपचार भैरहेको छ र उनीहरूको स्वास्थमा  सुधार भैरहेको जानकारी प्राप्त भएको छ।
 नेपालमा  बाग्लुङ घरभई हाल  झन्डै दुई महिना अघि उनीहरू दुई जना नेपालबाट घुम्न र परिवार भेट्नका लागि  अमेरिका आएका  थिए।  "बसपार्क पुग्दा एक्कासी मोटरले पछाडिबाट हान्यो " - घाईतेका परिवारले भने।
"वृद्ध महिलाको घटना स्थलमै प्रण गयो "- स्थानीयले भने । ह्युस्टनका  स्थानीय प्रहरीले घटनामा संलग्न ड्राइभरलाई नियन्त्रणमा लिई घटनाको छानबिन गरिरहेको छ।  यो दुखत दुर्घटनामा ड्राइभरको गल्ती भएको स्थानीय सञ्चार मध्यमले जनाएका छन्।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf