Home » » ६ प्रदेशमा सहमति, यस्तो छ सीमांकनको खाका ल पढ्नुहोस्

६ प्रदेशमा सहमति, यस्तो छ सीमांकनको खाका ल पढ्नुहोस्

लमजुङ , श्रावण २३ । संघीय प्रदेशहरुको सीमांकनको विषयमा दलहरुबीच सहमति भएको छ । दलहरुबीचको सहमतिसँगै संविधान जारी हुने आधार पनि तयार भएको छ ।

६ प्रदेश रहने गरी प्रदेशहरुको सीमांकनको विषयमा दलहरुबीच सहमति बनेको हो ।

दलहरुबीच सेती, महाकाली र कर्णाली अन्चलका सबै तथा भेरीअन्चलका सुर्खेत, दैलेख र जाजरकोट जिल्लालाई समेटेर एउटा प्रदेश निर्माण गर्ने सहमति भएको बुझिएको छ ।

यस्तै, राप्तीका सबै, भेरीका बाँके, बर्दिया, लुम्बिनीका सबै, तर नवलपरासीको दाउन्ने पश्चिमको क्षेत्रलाई समेटेर एउटा प्रदेश बनाउने सहमति बनेको छ ।

यसैगरी, गन्डकी र धौलागिरि अन्चल तथा नवलपरासीको दाउन्ने पूर्वको क्षेत्र समेटिएको प्रदेश बनाउने विषयमा पनि दलहरुबीच सहमति बनेको जनाइएको छ ।

बाग्मती अन्चलका सबै जिल्ला तथा नारायणी अन्चलका मकवानपुर र चितवन तथा जनकपुरका सिन्धुली, दोलखा र रामेछाप जिल्लालाई समेटेर प्रदेश बनाउन दलहरु सहमत भएका छन् ।

दलहरुबीच पर्सादेखि सप्तरीसम्मका ८ ओटा जिल्लालाई समेटेर प्रदेश बनाउने विषयमा पनि सहमति जुटेको बुझिएको छ ।

मेची र कोशी अन्चलका सबै तथा सगरमाथाका उदयपुर, सोलुखुम्बु, ओखलढुंगा र खोटाङलाई समेटेर प्रदेश बनाउन पनि दलहरु सहमत भएका छन् ।

दलहरुबीच विशेष समितिमा प्रदेशको संख्या र सीमांकनको विषयमा बनेको सहमतिबारे संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको बैठकमा छलफल हुनेछ ।

संवाद समितिबाट अनुमोदन गरेर परिमार्जित मस्यौदा प्रतिवेदन संविधानसभामा बुभाउने तयारी गरिएको छ । शनिबारको संविधानसभा बैठक स्थगित गरी अर्को बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf