Home » » चार महिनामा पाँच सय रेनल्ट बिक्री

चार महिनामा पाँच सय रेनल्ट बिक्री

काठमाडौः कार पारखीको आकर्षण कम्प्याक्ट एसयूभी र ह्याचब्याकमा बढ्दो छ । बजारमा यी दुई सेगमेन्टको बिक्री पनि बढ्दै थियो । जुन सेगमेन्टमा ग्राहकको आकर्षण थियो, त्यही सेगमेन्ट भित्रियो । उपभोक्ताले पनि उत्तिकै रुचाइदिए । युरोपेली ब्रान्ड रेनल्टको कम्प्याक्ट एसयूभी डस्टर र ह्याचब्याक क्विड अहिले चर्चामा छन् ।
रेनल्ट नेपाल भित्रिएको चार महिनामात्र भएको छ । यो अवधिमा पाँच सय थान बिक्री भइसकेको एडभान्स अटोमोबाइल्सका महाप्रबन्धक अधिरकुमार श्रेष्ठ बताउँछन् । यसमा डस्टर र क्विडको हिस्सा ६०/४० छ । कम्पनीले यो वर्षभरिमा २५ सय थान रेनल्ट कार बिक्री गर्ने लक्ष्य लिएको छ । नेपालको कार बजारमा रेनल्ट २०१७ भित्रै ‘टप थ्री' बन्ने श्रेष्ठ ठोकुवा गर्छन् ।

डस्टर र क्विड नेपाली सडक सुहाउँदा छन् । ग्राउन्ड क्लियरेन्स डस्टरको २१० मिलिमिटर र क्विडको १८० मिलिमिटर रहेको छ । यसलाई खाल्डाखुल्डी सडकमा सजिलै कुदाउन सकिन्छ । दुवै गाडीको बाहिरी बनावट र भित्री साजसज्जा उत्कृष्ट छ । आधुनिक फिचरले सुसज्जित कारको पर्फमेन्ससमेत राम्रै भैदिँदा छोटो समयमै लोकप्रिय भएको श्रेष्ठ बताउँछन् ।
श्रेष्ठका अनुसार रेनल्ट विश्वकै दोस्रो पुरानो र चौथो ठूलो गाडी उत्पादक कम्पनी हो । युरोपेली बजारमा रेनल्ट लोकप्रिय छ । यसले भारतीय बजारमा पनि उत्तिकै दबदवा कायम राखेको छ । ‘विश्वमै चर्चित रेनल्ट नेपाली उपभोक्ताले कुरेर बसेका थिए, आउने वित्तिकै राम्रै बिक्री भयो' श्रेष्ठ भन्छन्, ‘ब्रान्डमा कन्सस उपभोक्ता बढेकोले पनि रेनल्ट लोकप्रिय बन्यो ।' डस्टर र क्विड नाडा अटो सोमा सवा पाँच सय थान बुकिङ भएका थिए ।
नेपाली सडकमा कुदाउन ग्राउन्ड क्लियरेन्स बढी चाहिन्छ । दुवै कारमा ग्राउन्ड क्लियरेन्स उच्च छ । कारका सौखिनले एसयूभी डिजाइन रुचाइरहेका बेलामा ह्याचब्याक क्विडको बाहिरी बनावटसमेत एसयूभीकै जस्तो छ । यसले क्विडको आकर्षण बढाएको श्रेष्ठको बुझाइ छ ।
यतिमात्र होइन, क्विडको पावर र माइलेजसमेत उच्च छ । कम्पनीका अनुसार क्विडले प्रतिलिटर २५ किलोमिटर माइलेज दिन्छ । मूल्य पनि किफायती छ । १६ लाखमै क्विड कार किन्न पाइन्छ । नेपालमा क्विडको प्रतिस्पर्धा हुन्डाइ इओन, सुजुकी अल्टो, डाटसनसँग छ ।
डस्टरमा सुरक्षाका लागि एयरब्याग राखिएको छ । टचस्क्रिन म्युजिक सिस्टम, बुट स्पेस, स्पिड कन्ट्रोलर, पावर स्टेरिङ, पावर विन्डोज, अटोमेटिक एसी, अल ह्विल ड्राइभलगायतका फिचर डस्टरमा छन् । ‘डस्टर पियोर एसयूभी हो, सिटी र अफरोड दुवै ठाउँमा उपयुक्त छ', श्रेष्ठ भन्छन् ।
श्रेष्ठका अनुसार विश्वमै डस्टर कम्प्याक्ट एसयूभी कारको क्रियटर हो । डस्टर बजारमा आएपछि अरु कारहरू आउन थालेका हुन् । डस्टर पेट्रोल र डिजेल दुवै इन्जिन अप्सनमा उपलब्ध छ । यो १६ सय सीसीको कार हो । डिजेल भर्सनले प्रतिलिटर १९ किलोमिटर र पेट्रोल भर्सनले १५ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । यसको मूल्य ३५ लाखबाट सुरु भई ५६ लाखसम्म पर्छ । ५६ लाखमा अल ह्विल ड्राइभ कार पाइन्छ ।

आधुनिक सर्भिस सेन्टर

अन्तर्राष्ट्रिय ब्रान्ड भित्र्याउँदा सोही अनुरूपको सेवा दिनुपर्छ । सो-रुमदेखि सर्भिस सेन्टर अन्तर्राष्ट्रिय स्तरकै हुनुपर्छ । नत्रभने ब्रान्डको आधिकारिक बिक्रेता बन्न गाह्रो हुन्छ । एडभान्स अटोमोबाइल्सले पनि अत्याधुनिक सो-रुम र सर्भिस सेन्टर खोलेर गाडी बिक्री सुरु गरेको श्रेष्ठ बताउँछन् । रेनल्टको सर्भिस सेन्टर कालोपुलमा खुलिसकेको छ । टेकुमा सञ्चालनमा आउँदै छ ।
काठमाडौं बाहिर नेटवर्क विस्तार गर्ने योजना बनाइएको छ । पूर्वमा विर्तामोडदेखि पश्चिममा धनगढीसम्म डिलर राख्ने योजना छ । नारायणगढ, बुटवल, भैरहवा, पोखरामा डिलर सेलेक्ट गरिसकेको श्रेष्ठ बताउँछन् । ‘नेपालका मुख्य सहरमा २०१७ को मध्यसम्म डिलर खोलिसक्छौं', उनले भने, ‘नेपालभर कारको माग बढिरहेको छ, त्यो बजार हामीले क्याच गर्न चाहान्छौं ।'
कम्पनीले अहिले दुईवटा मोडल बिक्री गर्दै आएको छ । थप मोडल भित्र्याउने योजनामा छ । २०१७ भित्र २÷३ वटा मोडल थप्ने श्रेष्ठले जानकारी दिए । नयाँ थपिने कार ह्याचब्याक, सेडान, सेभेन सिटर सेगमेन्टका हुनेछन् । पछिल्लो समय विभिन्न गाडी कम्पनीले सेभेन सिटर कार भित्र्याइरहेको देखिन्छ ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf