Home » » बादल भन्छ : हतियार उठाउने अन्तिम् तयारीमा पुग्यो

बादल भन्छ : हतियार उठाउने अन्तिम् तयारीमा पुग्यो

नेकपा माओवादीका केन्द्रिय महासचिव रामबहादुर थापा वादलले, प्रतिगामी शक्तिले जनताको शान्तिपुर्ण आन्दोलनलाई दवाउन खोज्यो भने, स्वाधिनताका लागि जनताको तर्फबाट अतियार पनि उठ्न सक्ने कुरा बताए।

नेता वादलले भने, 'अहिले हामी जनताका पक्षमा लडिरहेका छौं, त्यसैले हाम्रो आन्दोलन जनताको आन्दोलन हो, यदि प्रतिक्रियावादी सत्तापक्षले हाम्रो आन्दोलनप्रति वेवास्ता गरेर हतियार र सत्ताको आडमा बल प्रयोग गर्न खोजे, हामी पनि हतियार उठाउन वाध्य हुने अवस्था आउन सक्छ,'

प्रतिक्रियाबादीले जनताको आन्दोलन दवाउने बहानामा दमन गर्ने तरिकाले संसदवादी लागिपरेको स्मरण गराउँदै, जनता आन्दोलनमा उत्रेपछि, राज्य पक्षले दमन गर्छ, यो दमन भए लगत्तै जनताले पनि हतियार उठाउँछन्, त्यतिबेला हामी जनतालाई साथ दिन वाध्य हुनेछौं, थापाले भने।

प्रतिक्रियावादी शक्ति ले नेकपा माओवादीलाई फुटाउन खोजी रहेको आशंका गर्दै, आफ्नो पार्टीभित्र कुनै पनि गुटउपगुट नरहेकोले एक ढिक्का भएर जनताका पक्षमा आन्दोलन गर्ने कार्यक्रम रहेको पनि थापाले बताए। उनले, दुई माओवादी बीच एकताको प्रयास पनि जारी रहन्छ, एकता, देखाउनका लागिभन्दा पनि नीति र कार्यगत रुपमा भए, आफूहरूलाई मान्य हुनसक्ने अवस्था रहन्छ,उनले भने।

नेपाली जनताले विभिन्न कालखण्डमा गरेका आन्दोलनबाट प्राप्त उपलव्धीको रक्षा गर्ने काममा एमाओवादी पछि परेका कारणका कारण पार्टी फुटेको स्मरण गर्दै, प्रतिगामी शक्ति को इशाराले पार्टी फुटेका कारण एकिकरणको संम्भावना अन्यात्यै न्युन रहेको पनि उनले दावी गरे।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf