Home » » नाईजेरीयाको राजधानी अबुजामा बम धमाका/१९ जनाको मृत्यु/६० घाईते ।।।

नाईजेरीयाको राजधानी अबुजामा बम धमाका/१९ जनाको मृत्यु/६० घाईते ।।।

नाईजेरीयाको राजधानी अबुजामा बम धमाका/१९ जनाको मृत्यु/६० घाईते ।।।

१९ बैशाख,लमजुङ्

नाईजेरीयाको राजधानी अबुजामा भएको बम धमाकामा १९ जनाको ज्यान गएको छ । धमाकामा परि अन्य ६० जना गंभिर घाईते भएका छन् । राजधानी अबुजामा अवस्थित न्यान्या बस स्टेशनमा बम धमाका भएको बिबिसिले जनाएको छ । प्रत्यक्षदर्शीले आँफुहरुले घट्नास्थलमा २० शब देखेको बताएका छन् । 
बिबिसिका अनुसार यो धमाकाको लागी आक्रमणकारीहरुले कार बमको प्रयोग गरेका थिए । यसै स्थानमा १४ अप्रिलमा पनि आक्रमण भएको थियो । त्यतिबेला ७० जना सर्बसाधारण मारीएका थिए । यस बम आक्रमणको अहिलेसम्म कुनैपनि बिद्रोही संगठनले जिम्मेवारी लिएको छैन । यद्यपी सरकारले भनेँ चरमपन्थि संगठन बोको हरामले नै आक्रमण गरेको हुन सक्नेँ आशंका गरेका छन् । 
गत १४ अप्रिलमा पनि बोको हरामले नै आक्रमण गरेकाले यस पटक पनि उनिहरुकै हात छ भन्नेमा दुई मत नरहेको बरिष्ठ सरकारी अधिकारीहरुले बताएका छन् । हमला भएको स्थानमा आगामी हप्ता बिश्व आर्थीक मञ्चको बैठक बस्दैछ । जुन बैठकमा बिश्वका कैयौँ बरिष्ठ नेता आउने बताईएको छ । 
नाईजेरीयामा सशस्त्र संघर्षरत कट्टरपन्थि समुह बोको हरामले चलाईरहेको हिंशात्मक गतिबिधिमा परि यो बर्षमात्रै ३ राज्यका १५ हजार भन्दा बढि नागरीकहरु मारीएका छन् । यो समूहले २०१ मा संयूक्त राष्ट्रसंघका पर्यबेक्षकहरुलाई पनि निशाना बनाएको थियो । सरकारले मुलुकको पूर्बौत्तर ईलाका बाहेक सबै ईलाका शान्त रहेको दाबि गर्दै आएको छ ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf