


लिलामी प्रक्रिया सकिने अझै एक साता बाँकी छ । अहिलेसम्म सबैभन्दा बढी तीन करोड ३१ लाख ९८ हजार रुपैयाँसम्म तिर्ने भेटिएका छन् । वेभसाइटका अनुसार जुन युवतीले आफ्नो कुमारीत्व लिलामीमा राखेकी छन् उनको नाम एलिजाबेथ राइने हो । २७ वर्षीया राइने मेडिकलकी छात्रा हुन् । लिलामीका लागि राखिएको तस्वीरमा भने उनको अनुहार छोपिएको छ।
बढी पैसा कमाउन पछि उनले अनुहार देखाएकी थिइन् । उनले आफ्नो अनुहार देखाएपछि उनको मूल्य करिब पौने दुई करोड बढेको थियो । राइनेका अनुसार उनी कुमारीत्व लिलामीका लागि विगत ६ वर्षदेखि सोचिरहेकी थिइन् । यसक्रममा उनले देहव्यापार, भर्जिनिटीका मारेमा अध्ययन गरिन् । उनका अनुसारयो सबै उनी भर्जिनिटीसँग सम्बन्धित आदर्शलाई चुनौति दिन गरेकी हुन् ।
अमेरिकामा वेश्यवृत्ति कानुनी रुपमा अपराध हो । त्यसैले लिलामीसँग सम्बन्धित लेनदेन अस्ट्रेलियामा पूरा गरिनेछ । लिलामी जित्ने व्यक्ति र एलिजाबेथबीच कानुनी सम्झौता हुनेछ । एजेन्सी