
आँप व्यापारीहरुले यूरोपेली मुलुकहरुमा पठाउनका लागि तयार पारेका आँप ट्रकबाट निकाल्न शुरु गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । प्रतिबन्ध शुरु हुनु अघि नै भारतमा आँपको मुल्यमा १५ प्रतिशतले गिरावट आएको बीबीसीले जनाएको छ ।
यसबाट करिब १ अर्ब भारतीय रुपैयाँ घाटा भएको बताइएको छ । भारतीय अधिकारीहरुले प्रतिबन्ध फुकुवा गर्न यूरोपेली मुलुक सम्वद्ध निकायहरुसंग सम्पर्क गरिरहेको जनाइएको छ ।
सन् २०१३ मा भारतबाट पठाइएका आँप र तरकारीमा युरोपमा नभेटिने जीवाणु फेलाको भन्दै युरोपेली युनियनले गत फेब्रअुरीको अन्त्यतिर आँप र तरकारी आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । उक्त जीवाणुले युरोपको कृषिमा असर पर्नसक्ने ईयूको दाबी रहेको छ ।