(लमजुङ्)– क्यान्सर रिसर्च यूके को एक शोधको आँकडा अनुसार इंगल्याण्ड र वेल्समा अहिले जुन मानिसहरुको क्यान्सरको उपचार भइरहेको छ उनीहरु कम्तिमा पनि एक दशक बाँच्नेछन् । क्यान्सरबाट पिडित मानिसहरुको बाँच्ने दर सन् १९७० को दशकभन्दा करिब दुई गुना बढि रहेको बताइएको छ । क्यान्सर रिसर्च यूको को भनाई अनुसार क्यान्सर पिडितको जिउँदो हुने दरमा भएको प्रगतीले नयाँ र महत्वाकांक्षी लक्ष्य तय गर्न आवश्यक भएको देखाउँछ । अब आउँदो २० वर्षमा यसलाई ७५ प्रतिशत वृद्धि गर्ने लक्ष्य उक्त कम्पनीले राखेको छ । क्यान्सरलाई अब मृत्युको सजाएँको रुपमा हेर्नका लागि आवश्यक नभएको शोधकर्ताहरु बताउँछन् ।